नरापो

clip_image002

नवराज पोखरेल (नरापो)

मैले आफ्नो उच्च शिक्षाको अध्ययन रोमानियाको बुखारेस्ट स्थित  Polytechnic विश्व बिद्यालयको Faculty of Energy अन्तर्गत  Hydraulic Machinery and Environmental Engineering विभागमा  Environmental Management (पर्यावरण संचालन) बिषय लिई   प्रथम श्रेणीमा प्रथम स्थान  ल्याई  स्नातकोत्तर उत्तीर्ण  गरेको छु । यसैगरी सन १९८९ मा रोमानियाकै अकडेमी अफ सोसियो – पोलिटिकल स्टडिज शैक्षिक संस्थाको अन्तर्राष्ट्रिय पत्रकारिता विभागमा पत्रकारिता  बिषयमा पनि प्रथम श्रेणीमा प्रथम स्थान  ल्याई स्नातक तह उत्तीर्ण गरेको छु ।

मैले नेपालमा रहंदा त्रि – चन्द्र क्याम्पस काठमाडौँबाट I.Sc. र वीरेन्द्र मा.वि. चन्द्रगढी, झापाबाट  S.L.C.परीक्षा उत्तीर्ण  गरेको छु। मेरो जन्म  सन् १९६३ मा  खोटांग जिल्लाको  सावा मझुवा  गाउमा भएको  हो।

रोमानियाली भाषासँग राम्रो परिचित भएको कारणले मैले यहां पनि नेपालमा झैँ बिभिन्न समयमा नेपाल सम्बन्धि लेख रचना प्रकाशन गराउनका साथै रोमानियाबाट  नेपाली भाषामा प्रकाशित हुने एक मात्र नेपाली अन लाइन  वेभ साईट नेपाल ~ रोमानिया डट कमको समेत संचालन गर्दै आएको छु। मैले पत्रकारिता क्षेत्रलाई अघि बढाउने क्रममा  नरापो न्यूज नेटवर्कको  समेत स्थापना गरेको छु।

रोमानियाका बिभिन्न शहरहरूमा अध्ययन र कामको खोजीमा आउनु भएका नेपालीहरू समेटी केहि बर्ष अघि मैले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको स्थापना गर्न सफल भएं । यस संस्थालाई मैले केवल स्थापनामा मात्र सिमित नराखी  नेपाली एकताको सन्देशहरू अघि बढाउन सदा अग्रज भएको कुरा उल्लेख गर्दै यसको स्थापना कालदेखि नै अध्यक्ष पद सम्हाल्दै आएको छु। म  गैरआवासीय गतिविधिमा समेत संलग्न छु । म  अहिले एनआरएनको अन्तराष्टिय समिति अन्तरगतको मिडिया टाक्सफोर्सको  केन्द्रीय सदस्य समेत छु ।

मैले सन १९९० को जनवरीमा  रोमानियामा विवाहगरेको छु। यो  बिबाह गर्न पाउन मैले रोमानियाका तत्कालिन कट्टर  शासक निकोलाए चौसेस्कु समक्ष  निबेदन दिएको एक बर्ष पछि स्वीकृति पाएको थिए।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*

Comments are closed.