सम्पादकीय

image

नया बर्ष  २०७२ को  उपलक्ष्यमा

हाम्रा सबै पाठक बर्गहरूका साथै

रोमानियामा

हुनु भएका सबै नेपाली साथीहरूमा

सु-स्वास्थ्य, प्रगति एबं सुख सम्वृद्धिको 

हार्दिक मंगलमय शुभकामना !

नवराज पोखरेल अध्यक्ष ,
NRNA रोमानिया NCC

तथा

नरापो न्यूज रोमानिया परिवार

——————————————————————————————————

रोमानियामा नेपालीको आगवंन कसरी भयो ?

                                                                 O नवराज पोखरेल

आजभन्दा ठीक ६० वर्षअघि सर्वप्रथम बुखारेष्ट्र पुग्ने नेपालीहरुमध्ये हाम्रा विख्यात कवित्रय लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ तथा बालकृष्ण समको नाम सम्झना आउँछ। नेपालमा सात सालको जनक्रान्तिको विजय पश्चात् उन्मुक्त वातावरणमा सूर्यबहादुर एम.ए.को नेतृत्वमा १०सदस्यीय नेपाली प्रतिनिधि मण्डलले त्यतिखेर समाजवादी व्यवस्थामा बामे सरिरहेको रोमानियामा आयोजित चतुर्थ विश्व युवा महोत्सवमा भाग लिने सुअवसर पाएको थियो। रोमानियाबाट नेपाली प्रतिनिधिमण्डल चेकोस्लोभाकिया हुँदै ९ सेप्टेम्बर (सन् १९५३) का दिन तत्कालीन सोभियत संघको राजधानी मस्को पुगेको थियो। त्यसै समयमा मेरो मन उड्छ बुखारेष्टतिरशीर्षकको कविता मास्कोमा लेखिएको थियो भन्ने सहजै अनुमानगर्न सकिन्छ ।

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूका साथ

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूका साथ

सन् १९५३ मै रूस (तत्कालीन सोभियत संघ) को यात्रा गर्ने पहिला तीनजना लब्धप्रतिष्ठित  नेपाली साहित्य स्रष्टाहरू मध्ये एकजना बालकृष्ण सम थिए । यस सम्मेलनको सन्दर्भमा उनले मस्कोमा रचना गरेको कविता मेरो मन बुखारेष्टतिर उड्छभन्ने शीर्षकमा त्यसै वेला रूसी भाषामा अक्टोबर’ (ई.सं. १९५३, पुस्तक १२, पृ. ४) मा छापिएको थियो र नेपाल र रुस (सोभियत संघ) बीच सन्१९५६ मा कूटनैतिक सम्बन्ध स्थापनाको लगत्तैपछि सन् १९५७ मा एशियाकाकविहरुभन्ने शीर्षकमा मस्कोबाट प्रकाशित कवितासंग्रह (पृ. ७२४७२५) मापनि पुनः मुद्रित गरिएको थियो ।

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा र  रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कू

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा र रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कू

यसै गरि सन १९८५ मा अन्तर्राष्ट्रिय युवा बर्षको अवसरमा रोमानियाले आयोजना गरेको विश्व युवा महोत्सवमा भाग लिन नेपालका तर्फबाट अन्तर्राष्ट्रिय युवा बर्ष राष्ट्रिय समितिका तत्कालिन अध्यक्ष कमल थापाको नेतृत्वमा एक नेपाली युवा टोलीले रोमानियाको भ्रमण गरेको थियो ।

हाल नेपालका बिभिन्न अस्पतालहरूमा कार्यरत चिकित्सकहरू मध्येका डा. ईश्वर श्रेष्ठ, डा. शैलेश कुमार भगत, डा. अमित रिजाल पत्रकार नवराज पोखरेल,सरला खड्गी, आङकर्मा शेर्पा, ईन्जिनियर तुमुल जंग बहादुर सिंह, श्रीकृष्ण पुरी, आलोक साह, खुमलाल भुसाल, माया लोप्चन, खगेन्द्र अधिकारी तथा अन्य धेरैको नाम रोमानियाका बिभिन्न विश्व विद्यालयहरु र ब्यापारिक क्षेत्रहरूमा जोडिएका छन ।

रोमानियाका विभिन्न क्षेत्रमा कार्यरत हामी सबै नेपालीले आफ्नो देशको ईज्जत राखी आफूलाई नेपालीको पहिचान गौरबकासाथ   दिदै आएका छौ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको अध्यक्षका हैसियतले यस संस्थालाई  केवल स्थापनामा मात्र सिमित नराखी  नेपाली एकताको सन्देशहरू अघि बढाउन सदा अग्रज भएको कुरा उल्लेख गर्दछु। रोमानियामा हाल लगभग ७० जना नेपालीहरूको औपचारिक तथा अनौपचारिक रूपमा बसोबास छ।

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा र  रोमानियाका शिष्टाचार महापाल

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा र रोमानियाका शिष्टाचार महापाल

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानिया मार्फत रोमानियामा हामीहरूलाई विभिन्न समयमा आई परेका समस्याहरूको  समाधान गर्न मस्को स्थित नेपाली राजदूताबासमा सम्पर्ग राख्न म सधै अग्रसर रहको छु । सन् २००७ सालमा यूरोपियन यूनियनको सदस्यता प्राप्त गरेको रोमानियामा अध्ययन, रोजगार तथा ब्यापारको  लागि आउने नेपालीहरूको संख्यादिन प्रति दिन बढी रहेको छ। यसै सिलसिलामा सन् २०१०-११ मा करिब २०० जना नेपालीहरूले रोमानिया प्रबेश गरेका थिए। नेपाली दलालहरूको ठगीमा परि बिचल्लीमा परेका करिब ८० जना नेपाली कामदारहरूलाई रोमानियाबाट सकुशल नेपाल फर्काउन मस्को स्थित नेपाली राजदूताबासका तत्कालिन महामहिम  राजदूत सूर्यकिरण गुरूङज्यूको सहयोग बिना असंभब नै थियो।यस कार्यको सफलताका  लागि म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको अध्यक्षको नाताले महामहिम  राजदूत श्री गुरूङज्यू प्रति हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु। चार वर्षको उहाँको मस्को बसाइ कालमा नेपाली राजदूतावासमा सम्पन्न गरिएका विभिन्न कार्यक्रमहरूका साथ साथै उहाले रोमानियाको बस्तु स्थिति अध्ययनका  लागि बिभिन्न समयमा उप नियोग प्रमुखज्यूहरू प्रह्लाद प्रसाई र  गहेन्द्र राजभण्डारीलाई रोमानिया पठाई यहाँ रहेका नेपालीहरूको हितको निमित्त पहलगर्ने कार्यमा निरन्तर प्रयासरत् रहनु भएको कुरा ज्यादै प्रशंसनीय छ। यसका अतिरिक्त बिदेशमा बस्ने नेपालीहरूका सुरक्षा तथा सुबिधालाई मध्यनजर राख्दै महामहिम राजदूतज्यूले दूताबासबाट सह प्रमाणीकरण भएका बिभिन्न मुलुकहरूमा अवैतनिक नेपाली वाणिज्य दूताबासहरूको स्थापना गर्न नेपाल सरकारप्रति अनुरोध गर्नु  भएको थियो।

हालका महामहिम  राजदूत डा. रबिमोहन सापकोटाज्यूले पनि रूस महासंघलाई मात्र आफ्नो कार्यस्थल नठानी दूताबासबाट सह प्रमाणीकरण भएका मुलुकहरू तथा आबश्यक परेको समयमा हेर्ने भनिएका  छिमेकी मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षा तथा सुबिधाका लागि सम्बन्धित मुलुकहरूसंग रहि आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ, मजबुत तथा समय सापेक्ष बनाई देशको अत्याधिक हितमा उपयोग गर्नु अति आबश्यक रहेको कुरा ठान्नु भएको जानकारी  प्रस्ट देखिएको छ। साथै यी मुलुकहरूमा अवैतनिक नेपाली वाणिज्य दूताबासहरूको स्थापना गर्न नेपाल सरकारप्रति अनुरोध गर्दै आउनु भएको कुरा ज्यादै सर्हानिय  छ। महामहिम राजदूत डा. रबिमोहन सापकोटाले रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कू समक्ष बुखारेस्ट स्थित राष्ट्रपति भवन कोत्रोचेनमा एक विशेष समारोहवीच हालै आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भएको थियो।सो अवसरमा श्रीमती सुलोचना सापकोटा तथा राजदूताबासकी  उप नियोग प्रमुख ईन्दिरा अर्यालको पनि उपस्थित थियो। यस अघि सन् १९८६ मा नेपाली राजदूतबाट रोमानियाका तत्कालिन राष्ट्रपति कट्टरशासक निकोलाए चौसेस्कु समक्ष बुखारेस्टमा ओहदाको प्रमाणपत्र पेश गरिएको थियो।

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा र  श्रीमति सापकोटा रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूका साथमा

नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा र श्रीमति सापकोटा रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूका साथमा

रोमानियन परराष्ट्र सचिब डा. मिहाईल दोब्रेसंगको शिष्टाचार भेटघाटमा नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा ,द्दितीय सचिब ईन्दिरा अर्याल, र NRN रोमानियाका अध्यक्ष नवराज पोखरेल

रोमानियन परराष्ट्र सचिब डा. मिहाईल दोब्रेसंगको शिष्टाचार भेटघाटमा नेपाली राजदूत महामहिम डा​.​ रबि मोहन सापकोटा ,द्दितीय सचिब ईन्दिरा अर्याल, र NRN रोमानियाका अध्यक्ष नवराज पोखरेल

रूस महासंघको मस्को स्थित नेपाली राजदूताबासले सह प्रमाणीकरण भएका मुलुकहरू तथा आबश्यक परेको समयमा हेर्ने भनिएका छिमेकी मुलुकहरू मध्ये रोमानिया पनि एक हो। नेपाल र रोमानिया बिचको मैत्री सम्बन्ध सन १९६८ को अप्रिल २० तारेखदेखि शुरू भएको हो। हाल सम्म दुबै राष्ट्रहरू बीच मैत्रीसम्बन्ध कायम भएता पनि कुटनैतिक संस्थाको स्थापना नभएको कारणले मस्को स्थित नेपाली राजदूताबास मार्फत नेपाल रोमानिया बीचको मैत्री सम्बन्ध कायम हुदै आएको छ भने नयाँ दिल्ली स्थित रोमानियाली राजदूताबास मार्फत रोमानिया नेपालबीचको मैत्री सम्बन्ध कायम हुदै आएको छ।

(कृष्णप्रकाश श्रेष्ठ ज्यूको मस्कोमा तन, बुखारेष्टतिर मन शीर्षकको लेखसंग आधारित)

faviconico Flag Romania animated gif 240x180

 

[contact-form][contact-field label=’Name’ type=’name’ required=’1’/][contact-field label=’Email’ type=’email’ required=’1’/][contact-field label=’Website’ type=’url’/][contact-field label=’Comment’ type=’textarea’ required=’1’/][/contact-form]

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*

Comments are closed.