नवराज पोखरेल

नवराज पोखरेल। मेरो जन्म खोटाङ जिल्लाको सावा कटहरे गाविस–४ दुर्गम गाउँ सावा मझुवामा बि.स.२०१९ साल चैतमा भएतापनि १५ बर्षको उमेरमा SLC परीक्षामा सामेल हुन् उमेर नपुगेकाले तत्कालिन बीरेन्द्र मा.बि. चन्द्रगढीका श्रद्देय प्र.अ. डिल्लीप्रसाद भट्टराईका हिसाब अनुसार म र मेरा साथी डा. गुणराज सुबेदी एकै दिन अर्थात् विसं २०१८ साल फागुन १५ गते जन्मिएका छौ।

प्राथमिक ५ कक्षा सम्मको पढाई गाउँमै सकेपछि ६ कक्षा पढ्न सबैभन्दा नजिकको स्कूल खोटांग बजारसम्म पुग्न टाढा भएको कारण बुबा आमाले ठूलीआमाका घर मादी (संखुवासभा जिल्ला) मा पठाउने निर्णय गर्नुभयो। त्यहाँ पठाउनुको मुख्य कारण के थियोभनें – ठूलीआमाको घर र स्कूल ज्यादै नजिक थियोभने अर्कातर्फ मादी मा.बि.का हेडसर ठूलीआमाका छोरा मुक्ति दाहाल। पछि, उहाँ बिभिन्न जिल्लामा जिशिअ पनि हुनुभयो। मादी जानेक्रममा चैनपुरमा बास बस्नु प-यो। त्यही साँझ मैले एउटा धान कुट्ने मिलमा पहिलो पटक बिजुली बत्ति देखेको थिएँ। बिभिन्न कारणले मैले मादीमा पढिन।

मेरो ६ कक्षाको पढ़ाई भोजपुर मा.बि. मा भयो। दशैंमा घर आए, घरमा १० – १५ बटा गाईभैसी थिए। हामीले केहि पनि काम गर्नु पर्ने आबश्यकता थिएन। बुबा, गाँउका मुखिया हुनुहुन्थ्यो। दाजुभाईको मान्यक्रम अनुसार म कान्छो छोरो भएकोले गाँउमा कान्छो मुखियाँ थिएँ।

छोराले दूधभात खाओस भनि मलाई भोजपुरमा मेरो बुबाले एउटा लैनो भैसी पठाईदिनु भएको थियो। नातेदारकै घरमा बसेको भएता पनि मैले दैनिक भैसीको गोबर सफा गर्नुपर्ने, घाँस काट्नु पर्ने र आफ्नो र ठूला दाईहरूका थालहरू पनि माझ्नु पर्दथ्यो। भैसीको दूधभने परिवारका सबै सदस्यहरूका लागि थियो।

भैसीको हेरचाह मैले गर्नुपर्ने कारण – मेरो भैसी हो। हो त, त्यतिबेला सम्म मेरा नातेदारले बजारबाट दूध किन्ने गर्नु हुन्थ्यो। भैसी त्यही रह्यो, आजसम्म पनि त्यो भैसीको बारेमा केहि थाहा छैन। त्यसताका मलाई बुबाले पकेट खर्च भनेर २५ रुपैया पठाई दिनु भएको थियो, जसमध्ये ५ रूपैयाँमात्र मलाई दिईयो। भोजपुरका अनुभबहरू बुबाआमालाई सुनाउँदा उहाँहरू धुरुधुरु रुनुभयो।

नजिकै भएको कारणले भोजपुरमा हुँदा पोखरेमा कहिलेकाहीँ म सुशील अंकल (उहाँकी आमा र मेरी हजुरआमा  दिदीबहिनी हुनुहुन्थ्यो) का घरमा गई खाना खाने गर्थे। उहाँहरुले त्यसबेला म प्रति देखाउनु भएको प्रेम र स्नेहलाई आजसम्म पनि बिर्सन सक्दिन। सुशील अंकल, सुशील कोईराला, रेडियो नेपालका पूर्व महाप्रवन्धक र आज गोरखा पत्र संस्थानका महाप्रवन्धक हुनुहुन्छ। अंकल, तपाईलाई यो सम्झना आँउछ?

बुबाआमाले मलाई भोजपुर फर्कन दिनु भएन। छोराछोरीलाई शिक्षा दिलाउनु उहाँहरुले मुख्य कर्तब्य ठान्नु भएको थियो। सात कक्षामा पढ्न दिक्तेल गएँ, त्यहाँ पनि बस्ने अवसर मिलेन। अन्त्यमा, सामल, खाजा गरि भरिया लगाएर खोटांग बजार नजिकै एउटा डेरा र भान्सेको समेत बन्दोबस्त गरि बुबाले मलाई त्यहाँ पु-याई गाँउ फर्कनु भयो। सात कक्षा भगवती मा.बि. खोटांगमा पढें। त्यसताका सुनिल (नाताले भतिज) र म क्लासमेट नै थियौं। खोटांग नौलामा जन्मेका ती सुनिल, अहिलेका नेपालका बरिष्ठ रंगकर्मी, नाटककार, अभिनेता सुनिल पोखरेल हुन्। त्यसैबेला स्कूलमा मैले एक मित्रसँग मित लगाएँ। मेरा मित सुबासचन्द्र राई आज नेपालका बरिष्ठ न्यायाधीश हुनुहुन्छ।

मेरा दाजु लेखनाथ पोखरेल (हाल गृह मन्त्रालयबाट रिटायर – बिभिन्न समयमा नेपालका बिभिन्न जिल्लाका प्र.जि.अ.) त्यसबेला झापाको चन्द्रगढीमा मामा ओमनाथ कोईरालाका घरमा बसी बीरेन्द्र मा.बि. मा पढ्नु हुन्थ्यो। बुबाले भन्नुभयो – “पहाडमा बसेर तिमीहरूको भविष्य बिग्रिन्छ। हिड्, आउने हप्ता सबै परिवार मदेश जाऔ, तिमीहरुले पढेर ठूलो मानिस बन्नुपर्छ।“ एक्कासी बुबाको यो निर्णयले हामी २०३१ सालमा मदेश झ-यौ। मेरो उमेर १२ बर्षको थियो। पहिलो पटक मैले र बैनी शकुनले  बेल्टारमा गोरूगाड़ा र फत्तेपुरमा बस देखेंका थियौ।

पहाडमा भएको सबै जग्गाजमिन, घर, खेतीपती, गाईबस्तु आदि बुबाले सानो रकममा बेच्नु भएको कुरा पछि मैले थाहा पाएँ। बुबाको ईच्छा थियो छोराछोरी पढाउने।

चन्द्रगढीमा हामीले घर जगायौ। आठ कक्षामा भर्ना भएँ। स्कूलको यूनिफर्म सेतो सर्ट र नीलो हाफ पेन्ट थियो। बुबाले मलाई, महिलो दाजु दुर्गालाई र बैनी शकुनलाई स्कूलको यूनिफर्म (सर्ट र हाफपेन्ट) का साथै एकएक जोर सेता कपडाका जुत्ता किनिदिनु भयो। मैले बुबालाई “हाफपेन्ट र जुत्तामात्र लगाउँदा अलिक अप्ठारो लाग्ने हुँदा मोजा पनि किनिदिनु न” भन्दा बुबाले पछि किनौला भन्नुभयो।

यसैगरि मैले २०३४ सालमा SLC दिएँ। रिजल्ट निस्केको थिएन, बुबा र ठूलो दाजुले घरपरिवार चलाउनु हुन्थ्यो। मैले पनि यो रिजल्ट नआएसम्म कहिँ काम गर्ने ईच्छा राखेको थिएँ। तत्कालिन जिल्ला पंचायत कार्यालयले सडकमा ढाट तान्ने बहिदार खोजेको थियो। मैले पनि निबेदन दिएँ, खै के कारणले हो, मलाई मलाई अन्तर्वार्तामा बोलाईएन्। म बाहेक सबैले अन्तर्वार्तामा भाग लिए। त्यहाँ संयोगबश त्यही दिन जिल्ला पंचायत कार्यालयमा जिल्ला प्रमुख अधिकारीहरूको बैठक रहेछ। तत्कालिन झापा जिल्लाका प्र.जि.अ. दानबहादुर शाही (पछि राजा बीरेन्द्रबाट कोशी अन्चलाधिश पदमा नियुक्ति, लामो समय नेपालका गृहमन्त्री) पनि त्यहाँ हुनुहुन्ध्यो। म उहाँलाई व्यक्तिगतरुपमा चिन्दथे। किनकी उहाँका छोराछोरीलाई म ट्यूसन पढाउथें। बैठक सकेर उहाँहरु बाहिरिदै गरेको बेलामा मलाई अन्तर्वार्तामा नबोलाईएको दु:ख व्यक्त गरें। दानबहादुर शाहीले भन्नुभयो – “चिन्ता नगर ! भोलि मेरो अफिसमा आऊ, मेरो निजी सचिवको पद खाली छ, त्यसमा तिमीलाई नियुक्ति दिन्छु”। यसरी म १५ बर्षको उमेरमा झापा जिल्लाका प्रमुख जिल्ला अघिकारीको निजी सचिब जस्तो गहन पद सम्हाल्न पुगें।

निजी सचिब हुँदा झापा जिल्लाका सबै गाउँहरुको भ्रमण गर्ने मौका मिल्यो। चन्द्रगढीमा भएका सबै सरकारी कार्यालय प्रमुखहरुसंग परिचित भएँ। भद्रपुरमा घुम्न जाँदा त्यहाँका ब्यापारी माडबारीहरूले सानो सिडियो साहेब आउनुभयो भन्दै आफ्नो महालको बैठक कोठामा निम्त्याई रेफ्रिजरेटरबाट चिसो कोक र फान्टा पिलाउथे। पेप्सीको शुरुवात अझै नेपालमा भएको थिएन।

भद्रपुर, भारतको सिमानामा नै पर्ने शहर भएकाले धेरै हिन्दी सिनेमाहरू रिलिज भएकै एक दुई हप्ता भित्रमा पद्मचित्र मन्दिर (भद्रपुरको एकमात्र सिनेमाहल) मा प्रदर्शन हुने गर्थे। कुनै पनि हिन्दी सिनेमा नेपालको कुनै पनि ठाउँमा प्रथम पटक प्रदर्शन गर्नु पर्दा नेपाल सरकारले सेन्सर गरि प्रदर्शन गर्न पाउने अनुमति दिईने चलन थियो।

यसैक्रममा जिल्ला प्रहरी निरीक्षक, नगर पालिकाका अध्यक्षका साथ मलाई सेन्सर बोर्डमा बसेर धेरै हिन्दी सिनेमाहरूको सेन्सर गर्ने मौका मिल्यो। ती मध्येका निकै सिनेमाहरू आज पनि नेपालमा प्रदर्शन हुँदै आएकाछन। सेन्सर गर्ने भनेको – सिनेमा हलमा १५-२० जना बोर्डका सदस्यहरूलाई सोफामा बसाई चियापानको समेत बन्दोबस्त गरि सिनेमा देखाई बोर्डले सिनेमा पास भयो भनि सहि गरेपछि अन्त्यमा सानो रकम समेत दिइने चलन थियो।

एसएलसीको रिजल्ट भएको थिएन। सरकारी गाडीको आगाडि सिटमा बसेर हिड्दा एसएलसीको रिजल्ट पर्खेर बसेका मेरा स्कूलका साथीहरू चन्द्रगढीका चौकहरुमा अझै गुच्छा खेल्दै गरेको देख्थे। कहिलेकाँही सिनेमा हलका मालिक रामदाईलाई सानो चिठ्ठी लेखि साथीहरूलाई सिट मिलाई दिनुहोला भनी पैसा नतिरी सिनेमा हेर्न पठाउथें। मलाई झापा जिल्लाभर सबै यातायात साधनमा नि:शुल्क यात्रा गर्न पाउने सुबिधा थियो।

२०३४ सालमा बीरेन्द्र मा.बि.बाट हामी ४८ जनाले एसएलसी दिएका थियौ। रिजल्ट भएको खबर आयो। चालिस जना फेल भए, सात जना पास र एउटाको रिजल्ट रोकिएको (withheld) छ रे। रिजल्ट भएको दुई तिन दिनमा चन्द्रगढीमा गोरखापत्र आईपुग्यो। रोकिएको रिजल्ट मेरो रहेछ। अब के गर्ने?

त्यसबेला परीक्षा निरीक्षण केन्द्र, कमलपोखरी,काठमाण्डौमा महानिर्देशकको पदमा कथाकार परशु प्रधान हुनुहुन्थ्यो। नाताले उहाँ हाम्रो भिनाजु पर्नुहुन्छ। धेरै पटक झापाबाट फोन गरेर उहाँलाई मेरो रिजल्ट रोकिएको जानकारी गराउदै “किन यसो भएको हो“ बुझिदिनु हुन अनुरोध गरें। उहाँले “हुन्छ, बाबु” त भन्नुभयो तर मेरो रिजल्टको बारेमा बुझ्ने संयोग अनि समय पनि मिलेन होला उहांलाई। पास भएका साथीहरू कलेजमा नाम लेखाउन थालेभनें फेल भएकाहरु आउने परीक्षाको तयारीमा। मभनें – न त   यता न त उता ।

२०३५ सालको भदौ, असोज महिनाको कुरा हो। पूर्व राज्यमन्त्री तथा जिल्ला सभापति प्रकाशचन्द्र मुखियाले एकदिन मलाई बोलाएर भन्नुभयो “पर्सि म काठमाण्डौ जादैछु, शिक्षा सहायकमन्त्री मेरा साथीछन, मसंगै आऊ, तिम्रो रिजल्टको बारेमा बुझौला”। जीवनमा पहिलो पटक भद्रपुर – काठमाण्डौ यात्रा हवाईजहाजबाट गरें। तीन दिन पछि केशरमहलमा शिक्षा सहायकमन्त्रीज्यूको कार्यालयमा पुग्यौ। ढोकामा उहाँको नाम पढें – माननीय हीरालाल विश्वकर्मा । उहाँसंग व्यक्तिगतरुपमा परिचय पनि भयो।

केहि समयमा मेरो रोकिएको एसएलसीको रिजल्ट भयो। मेरो ईतिहासको उत्तर कापी हराएको रहेछ। पास भएँ, तृतीय श्रेणीमा। कलेजमा भर्ना हुने समय बितिसकेको थियो। त्यसैताका दानबहादुर शाहीको सरुवा पनि स्याङ्गजामा भयो। मलाई निजी सचिवबाट फरेष्टरको पदमा नियुक्ति दिलाईयो। मेरो ठूलो दाजु लेखनाथ केहि समयदेखि काठमाण्डौ पुगिसक्नु भएको थियो। म पनि केहि महिनामा काठमाण्डौ पुगें।

एक बर्षको मेरो पढाई बिग्रियो। विश्वभाषा क्याम्पसमा जापानिज भाषा पढ्न थाले। जागिर खोज्ने दौडधुप जारी रह्यो। नेपाली र अंग्रेजी टाईपिंगमा म खप्पिस थिएँ। जहाँ टाईपिष्टको माग हुन्थ्यो, त्यहाँ मेरो नाम एक नम्बरमा निस्कन्थ्यो। मलाई कसैको सोर्स फोर्सको आबश्यकता थिएन। क्याम्पसमा भर्ना हुने समय आयो, दाजुले भनाई थियो “हाम्रो परिवारमा तैले डाक्टर हुनुपर्छ”। मैले त्रि-चन्द्र क्याम्पसको बिहानी समूहमा बायोलोजी ग्रुपमा नाम निकालें। सुनमा सुगन्ध नै भई हाल्यो नि। बिहानको क्याम्पस – दिउँसोको जागिर। वास्तबमा त्यो हुन् सकेन। किनकी डाक्टर नै बन्ने ईच्छा छभनें धेरै मेहनत गर्नुपर्ने रहेछ। त्यो कुरा मबाट हुन् सकेन। बल्लतल्ल मेरा साथी टी.पी. तिम्सिना (हाल त्रि.बि. मा बोटानिकल डिपार्टमेन्टमा प्रोफेसर) को सहयोगबाट फिजिक्स पास गरि आईएस्सी सकें। टी.पी.ले मलाई नि:शुल्क फिजिक्सको ट्युसन दिन्थे। हामी त्यसताका क्लासमेट थियौ।

आइएस्सीको पढ़ाईकै बेलामा राम्रो जागिर खोज्ने क्रममा एउटा  कार्यालयमा ६ जना टाईपिष्टको माग गरियो। मलाई आफूमा यति बिश्वास थियो कि यहाँ पनि म एक नम्बरमा नाम निकाल्छु। हो ! यसै भयो।

यहाँ सानो सन्दर्भ अगाडि सार्नु आबश्यक ठान्दछु। एउटा कोठामा हामी झन्डै २० जना टाईपिष्टहरु नेपालीमा टाईप गर्दै जांच दिदै थियौ। हाम्रो सुपरिवेक्षक (पछि थाहा पाएँ कि उनी नायब सुब्बा रहेछन) मैले गरेको टाईपको आवाज सुनी अचम्म मान्दै मलाई टुलुटुलु हेर्न थाले। किनकी पाँच मिनेटमा गर्नुपर्ने टाईप मैले दुई मिनेटमा नै सकेको थिएँ। मलाई उनको हेराई असह्य भयो र भने “के तपाईले टाईप गरेको देख्नुभएको छैन? किन यसरि मलाई टुलुटुलु हेर्नु भाको?” एकशब्द नबोली उनी त्यहाँबाट हिडे।

मलाई महेन्द्र युवालय, जावलाखेलको अफिसमा पठाईयो कारण त्यहाँका सभापतिको आकांक्षा के रहेछ भने – एक नम्बरमा नाम निकाल्ने टाइपिष्टसंग काम गर्ने। पहिलो दिन समयमै अफिस पुगें। म नै त्यस कार्यालयको पहिलो र एक्लो कर्मचारी थिए। मानिसहरूको आवत जावत हुन् थाल्यो। एकैछिनमा मैले प्रतीक्षा गरिरहेका सभापतिज्यूको आगमन हुन्छ। पहिलो पटकको भेट – नमस्कार ! म नवराज पोखरेल। यहाको कर्मचारी। उहाँले खुशीसाथ भन्नुभयो “ए, तपाई नै हो, टाईपिंग टेष्टमा सुब्बा सापलाई गाली गर्ने? ल, तपाईलाई स्वागत छ – म कमल थापा (हो, उनै कमल थापा जो आज नेपालको उप प्रधानमन्त्रि हुनुहुन्छ)।

संयुक्त राष्ट्र संघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवा बर्ष घोषणा गरेको थियो। सोहि क्रममा राजा बीरेन्द्रको प्रमुख संरक्षकत्वमा अधिराजकुमार धीरेन्द्रको अध्यक्षतामा अन्तर्राष्ट्रिय युबा बर्ष राष्ट्रिय समिति नेपालको गठन भयो। जसको सदस्य सचिबमा कमल थापा रहनु भएको थियो। म नेपाली लेखन शैलीमा सानो उमेरदेखि नै तिखो थिएँ, जसको कारण म पछि रेडियो नेपाल र नेपाल टेलिभिजनमा समेत पुगें।

टाइपिष्टको पदमा मेरो त्यहा प्रवेश मात्र थियो। म रोमानिया आउनु अघिसम्म म उहाँको निजी सचिब थिएँ। पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्म मलाई भ्रमण गर्ने अवसर मिल्यो। तत्कालिन नेपालका विभिन्न स्तरमा रहेका उच्चस्तरीय महानुभावहरुसंग नजिकबाट चिन्ने अवसर पाएँ। यहाँ सम्म कि राजा बीरेन्द्रले बर्षेनी गर्ने नेपालको क्षेत्रीय भ्रमणहरु मध्येको सुदुर पश्चिमान्चल भ्रमणको अवसरमा सहभागी समेत भएको थिएँ।

त्रि-चन्द्र क्याम्पसमा आइएस्सी गर्दाका केहि सन्दर्भहरू ज्यादै अविस्मरणीय छन्। साथीहरुमा नबराज काफ्ले (सल्यान बन कार्यालयमा हाकिम; लक्ष्मण न्यौपाने (कैलालीको टिकापुरमा थरूहट पक्षधर आन्दोलनकारीद्वारा दुई बर्षअघि हत्या गरिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने); ओबिराज खनाल (न्यूजिलैंडको Northland Regional Council Air Quality Specialist);    रामचन्द्र गौतम (अर्घाखाँचीमा शिक्षक); डा. रमेशकुमार दाहाल आदि थियौ।

 

रेडियो नेपालका बरिष्ठ नेपाली समाचार बाचक ध्रुब थापाका साथ प्रत्येक हप्ता युवा बर्ष रेडियो कार्यक्रम संचालन गरें। त्यसैताका दिनेशराज भुजु (हाल  an academician at the NAST and an independent researcher, trainer and campaigner on reducing climate change impacts) का साथ रेडियो नेपालबाटै बिज्ञान र प्रबिधि कार्यक्रम प्रसारण गर्थे। २६ अप्रिल १९८६ का दिन युक्रेनमा भएको Chernobyl nuclear accident का बारेमा जानकारी हामीले पहिलो पटक रेडियो नेपालबाट बिज्ञान र प्रबिधि कार्यक्रममा प्रसारण गरेका थियौ।

सन १९८५ मा तत्कालिन विभिन्न उच्च ओहदामा रहनु भएका व्यक्तिहरूका अन्तर्वार्ताको संयोजक भई मधुपर्कमा प्रकाशित गर्ने क्रममा एकदिन गोरखापत्र पत्रका प्रधान सम्पादक गोकुल पोखरेलसंग वार्ता भयो। मेरो उमेर सोध्नुहुदै उहाँले भन्नुभयो “भाई, तिमी अझै कलिलै छौ, ठूला मान्छेहरुका अन्तर्वार्तामा यसको गहन जिम्मेवारी लिनुपर्दछ।“ उहाँ हचकचाउनु भयो। मलाई एउटा अवसर प्रदान गर्ने मेरो अनुरोधलाई “ठीक छ, छाप्नु अघि म हेरौला र आबश्यक परे थपघट गर्छु” भन्दै हाम्रो वार्तालाप समाप्त भएको थियो। एकशब्द पनि थपघट नगरी बर्षभर मधुपर्कमा विभिन्न उच्च ओहदामा रहनु भएका व्यक्तिहरूका अन्तर्वार्ता मेरो संयोजनमा प्रकाशित भए। यतिमात्र होईन, त्यसबेला गोरखापत्रका बिशेष अंकहरुमा मेरा थुप्रै लेख रचनाहरु छापिने गर्थे। नवराज पोखरेलको नाम गोरखापत्रमा परिचित भई सकेको कारणले अरु पनि मेरा लेख रचना प्रकाशित गर्ने उद्देश्यले मैले ‘नरापो’ र ‘सुश्रुत गुन्जन’ को नामबाट पनि लेख रचनाहरू गोरखापत्र र मधुपर्कमा छपाउन सफल भएँ।

युवाबर्ष नेपाली बुलेटिनको संचालक; ;   ‘नव कबिता’ त्रैमासिकको अतिथि संपादक (सम्पादक चाहि पाटन क्याम्पसका अंग्रेजी डिपार्टमेन्टका प्रमुख प्राध्यापक हरिप्रसाद शर्मा हुनुहुन्थो); ‘नव प्रभात’ र ‘कहिरन’ साहित्यिक संकलनको सम्पादक हुनुका साथै अन्य क्षेत्रमा पनि संलग्न थिएँ। गीत, कविताहरु लेख्ने गर्थे। रेडियो नेपालबाट प्रसारण हुने नेपाली आधुनिक गीतको गीतकारको रुपमा आफ्नो नाम सुन्न मलाई औधि ईच्छा थियो।

कहिले कहिँ रेडियो नेपालको सेन्सर बोर्डमा गीत पास गराउन त्यहाँ आफ्ना गीतहरु पठाउथे। ताना शर्मा, दीपक जंगम, दीपक खरेल जस्ता साहित्य क्षेत्रका अग्रजहरू सेन्सर बोर्डमा हुनुहुन्थ्यो। मेरा गीतले त्यहाँ कसरी स्थान पाउने? लामो समयसम्म पनि मेरा एउटा पनि गीत पास भएनन। मलाई ज्यादै झोंक चल्यो, मैले झन्डै पचास साठी वटा आधुनिक गीतहरु लेखि एकै पटक सेन्सर बोर्डमा पास गराउन पठाएँ। गीतहरु राम्रा थिए, भाषा र छन्दको त कुरै नगरौ। दस, बाह्र वटा गीतहरु पास भएछन्। त्यसताका सेन्सर बोर्डले पास नगरेका गीतहरु रेडियोमा रेकर्ड पनि हुँदैनथे। केहि समयमा नै मेरा केहि गीतलाई संगीतकार तथा लोकगित गायक स्व. राम थापाले संगीत दिएभने गायिका ज्ञानु राणाले स्वर। धेरैलाई यो कुरा थाहा छैन होला गायिका ज्ञानु राणा, कवि धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ।

कहिले कहिँ रेडियो नेपालको सेन्सर बोर्डमा गीत पास गराउन त्यहाँ आफ्ना गीतहरु पठाउथे। ताना शर्मा, दीपक जंगम, दीपक खरेल जस्ता साहित्य क्षेत्रका अग्रजहरू सेन्सर बोर्डमा हुनुहुन्थ्यो। मेरा गीतले त्यहाँ कसरी स्थान पाउने? लामो समयसम्म पनि मेरा एउटा पनि गीत पास भएनन। मलाई ज्यादै झोंक चल्यो, मैले झन्डै पचास साठी वटा आधुनिक गीतहरु लेखि एकै पटक सेन्सर बोर्डमा पास गराउन पठाएँ।

गीतहरु राम्रा थिए, भाषा र छन्दको त कुरै नगरौ। दस, बाह्र वटा गीतहरु पास भएछन्। त्यसताका सेन्सर बोर्डले पास गरेका गीतहरु मात्रै रेडियोमा रेकर्ड हुन्थे। केहि समयमा नै मेरा केहि गीतलाई संगीतकार तथा लोकगित गायक स्व. राम थापाले संगीत दिएभने गायिका ज्ञानु राणाले स्वर। हामी धेरैलाई यो कुरा थाहा छैन, गायिका ज्ञानु राणा, राष्ट्रकवि माधब घिमिरेकी सुपुत्री हुनुहुन्छ। गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली… जय जय जय नेपाल, सुन्दर र शान्त विशाल …’ गीतका रचनाकार राष्ट्रकवि माधब घिमिरेको उमेर हाल ९९ बर्ष पुगेको छ।

अमृत साइन्स क्याम्पसबाट विएस्सी गर्ने क्रममा सन् १९८६ मा पत्रकारिता बिषयमा छात्रवृत्ति कोटा पाएपछि रोमानिया आई पुगें। त्यसताका म नेपाल टेलिभिजनको सम्बाददाता पनि थिए। अध्ययनका लागि रोमानिया पुगेपछि पत्रकारिता विषयमा स्नातक गर्दा प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरे। बुखारेस्टमै पर्यावरणीय विज्ञानमा स्नातकोत्तर गर्दा पनि प्रथम श्रेणीमा प्रथम भएँ।

यसका अतिरिक्त सन् १९८८ मा फिनल्याण्डको राजधानी हेलसिन्कीमा फिनिस  कमर्सियल टेलिभिजनको बैदेशिक समाचारदाता,  जेनेभामा बाटा जुत्ता कम्पनीको म्यानेजर, बुखारेस्टमा एल.जी. इलेक्ट्रोनिक्स  र मायामी  इलेक्ट्रोनिक्स अन्तर्गत  सेल्स डिपार्टमेन्टको प्रमुख पनि थिएँ। मातृ भाषा नेपाली बाहेक अग्रेजी, फ्रेन्च, जापानिज, रोमानियनका साथ हिन्दी र उर्दु भाषामा समेत परिचितछु। हाल रोमानियाको बुखारेस्ट स्थित एक अन्तर्राष्ट्रिय नर्वेजियन रियल इस्टेड कम्पनीको पार्टनर हुनुका साथै कम्पनीको म्यानेजरको रुपमा कार्यतरत छु। रोमानियाको कानून मन्त्रालयबाट अंग्रेजी, रोमानियाली र नेपाली भाषाहरुमा अनुवाद गर्न पाउने लाईसेन्स प्राप्त एक्लो नेपाली पनि हुँ।

रोमानियामा रहेका नेपालीका समस्या समाधानदेखि एकृकित गर्नका लागि सन् २००९ मा रोमानियामा एनआरएनएको स्थापना गरें। स्थापना कालदेखि २०१७ सम्म अध्यक्ष र अहिले आईसीसीको सदस्य छु। एनआरएनए आइसीसी अन्तर्गतको मिडिया टाक्सफोर्सको सदस्य र विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखाको अध्यक्ष समेतछु।

यसका अतिरिक्त सन् १९८८ मा फिनल्याण्डको राजधानी हेलसिन्कीमा फिनिस  कमर्सियल टेलिभिजनको बैदेशिक समाचारदाता,  बुखारेस्टमा एलजी  इलेक्ट्रोनिक्स  र मायामी  इलेक्ट्रोनिक्स अन्तर्गत  सेल्स डिपार्टमेन्टको प्रमुखको  रुपमा काम गरे। म मातृ भाषा नेपाली बाहेक अग्रेजी, फ्रेन्च, जापानिज, रोमानियनका साथ हिन्दी र उर्दु भाषामा समेत परिचित छन। चाँदनी शाहका नेपाली गीति रचनाको रोमानियाली भाषामा अनुबाद पनि गरेकोछु। जसकालागि सन् १९८८ मा रानी एश्वर्यबाट स्वीकृति पाएको थिएँ।

सन् २००७ सालमा यूरोपियन यूनियनको सदस्यता प्राप्त गरेको रोमानियामा अध्ययन, रोजगार तथा ब्यापारको लागि आउने नेपालीहरूको संख्यादिन प्रति दिन बढी रहेको थियो। त्यसताका करिब २ सय नेपालीहरूले रोमानिया प्रबेश गरेका थिए।

नेपाली दलालहरूको ठगीमा परि बिचल्लीमा परेका करिब ८० जना नेपाली कामदारहरूलाई रोमानियाबाट सकुशल नेपाल फर्काउन सफल भएको थिएँ। यस घटनालाई मध्यनजर राखी त्यसबेलादेखि कुनै पनि नेपालीहरु रोजगारीको लागि रोमानिया आउनु अघि नेपाली राजददूताबास र रोमानियाली सरकारले मेरो सल्लाह लिने र मेरो लिखित रिपोर्टको आधारमा मात्रै स्वीकति दिने परम्परा चलि आएकोछ। यो परम्पराले एकातिर नेपाली कामदारहरूलाई नेपाली दलालहरूको ठगबाट सुरक्षित गरिएको छ भनें अर्कोतिर रोमालियाली सरकारले मलाई यी सबै कामको जिम्मेबारी सुम्पेकोछ।

धन्यबाद।

तपाईहरुकै –

नवराज पोखरेल

रोमानिया

 

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*