डा. मन मुर्ति भुर्त्याल (भुर्तेल)।

डा. मन मुर्ति भुर्त्याल (भुर्तेल)। उनको जन्म शिवनगर, चितवनमा भएको थियो। नेपालमा स्थायी ठेगाना कावासोती, नवलपुर ,नवलपरासी जिल्ला हो। उनी बिगत २७ बर्ष देखि रसियाको मस्कोमा बस्छन्।

सन १९९० मा अमृत साइन्स क्याम्पस काठमाडौबाट बायोलोजीमा उत्कृस्टअंक ल्याई सरकारी छात्रवृतिमा बायोटेक्नोलोजी
अफ फूड प्रोडक्ट्स पढ्न रसिया (तत्कालिन सोभियत संघ) आएका थिए।

अध्ययन गर्ने क्रममा सन् २००१ मा मस्को युनिभर्सिटी अफ फूड टेक्नोलोजीबाट बायोटेक्नोलोजी अफ फ़र्मेन्टेसन बिषयमा Ph.D. गर्ने नेपालीको रूपमा चिनिन्छन्।

बिध्यार्थीकाल बाटै कविता गित लेखनमा सक्रिय भुर्तेल कविता संग्रह प्रकाशनको तयारीमा छन्। बिगत चार बर्षदेखि विश्व नेपाली साहित्य महासंघ रुस शाखाका महासचिब रहेका मन मुर्ति भुर्तेलले सन् २०१४ डिसेम्बरमा लुम्बिनी-कपिलबस्तु महोत्सवको उपलक्ष्यमा आयोजित अन्तर्राष्ट्रीय कविता प्रतियोगितामा “बुद्ध जन्मेको देशमा आजका स्वर लहरीहरू” शिर्षकमा प्रथम पुरस्कार प्राप्त गरेका थिए।

बिगत ८ बर्ष देखि मस्कोको ग्लोबल प्रोडक्ट्स कम्पनीमा डाइरेक्टर पदमा कार्यरत भुर्तेलले हामी सबै नेपालीलाई गौरब बनाएका छन्।
गैर आबासीय नेपाली संघ रसियामा स्थापना कालदेखि नै सक्रिय भुर्तेल बिगतमा युवा संयोजक, प्रबक्ता, महासचिब थिए भने हाल लेखा समिति संयोजक छन्।

एकता, सहयोग र सहमतिको पछ्यधर भुर्तेलका अनुसार गैर आबासीय नेपाली संघ रसियामा हालसम्म सधै सहमति मै नेतृत्व चयन गर्ने क्रम छ।

उनले गैर आबासीय नेपाली संघको पछिल्ला सातौं र आठौं महाधिबेसनमा केन्द्रिय नेतृत्व चयनमा सक्रिय भूमिका निभाएका थिए।

साथै, विभिन्न रुसी संगठनहरु संग सहकार्य गर्दै रुसमा नेपाल प्रोमोसनमा सदा सक्रिय डा. मन मुर्ति भुर्तेललाई हार्दिक शुभेच्छा सहित-

तपाईंहरूकै-
नवराज पोखरेल

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*