महेन्द्र लम्साल

महेन्द्र लम्साल। सन १९६८ मा स्याङ्जा जिल्ला स्थित ज्याग्दी खोलाको सेरोफेरोमा आफ्नो बाल्यकाल बिताएका महेन्द्र लम्साल आज भन्दा करिब २२ बर्ष अगाडि उच्च शिक्षा हासिल गर्ने क्रममा अष्ट्रेलिया झरेका थिए।

२०४७/४८ मा भएको नेपालको राजनैतिक परिवर्तनमा आफ्नो भूमिका निभाएका लम्साललाई विदेशमा रहदा पनि राजनैतिक/सामाजिक रुपमा निस्क्रिय रहन सकेनन।

लम्साल नेपालमा प्राप्त प्रजातन्त्र संस्थागत विकासका लागि बिदेशमा रहेर पनि आफूले सकेसम्म सहयोग पु-याउने उद्देश्यले सन् १९९८ मा स्थापित नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मंच [NADF] को संस्थापक सदस्य हुन्।

एनआरएनए आइसीसीका निबर्तमान ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मंचका पूर्व अध्यक्ष हुन्। उनले सन २००७ देखि एनआरएनए अष्ट्रेलियाको विभिन्न पदमा रहेर सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । पेशाले ट्राभल ब्यबसायी उनी अष्ट्रेलियाबाट प्रकाशन हुने पहिलो र निक्कै लोकप्रिय मासिक पत्रिका “द नेपाली टाइम्स अष्ट्रेलिया” का संस्थापक र प्रकाशक पनि हुन् जुन सन् २००८ देखि संचालित छ ।

समजिक सेवा र अष्ट्रेलिया जस्तो बहुसांस्कृतिक समाजमा सूचना तथा संचारमा उनले खेलेको अहम भूमिकाको कदर गर्दै अष्ट्रेलिया सरकारले महेन्द्र लम्साललाई सन् २०१२ मा अष्ट्रेलिया सरकारकालागि मन्त्रिस्तरीय सुझाव समितिको सदस्यमा मनोनित गरेको थियो। नेपालीको नाताले हामी सबै गौरवान्वित छौ।

महेन्द्र लम्साल, नेपाली समुदायबाट यस्तो उच्चस्तरीय मनोनयनमा पर्ने पहिलो र हाल सम्म एक मात्र नेपाली हुन् |

समाजमा एउटा स्वच्छ छबी बनाएका प्रखर र प्रष्ट बक्ता महेन्द्र लम्सालले गएको आठौ विश्व सम्मेलनमा एनआरएनए आइसीसी सचिबमा आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए। तर धेरै साथीहरुको चाहना देखेर चुनाब अगावै आफ्नो घोषणा फिर्ता गर्दै बचेको रकमको एक लाख रुपिया काठमाडौँ नैकाप स्थित श्रीजनशिल अपांग बालबालिकाहरुको बिशेष शिक्षाका लागि सहयोग गरेका थिए।

आउदा दिनहरुमा पनि निजी ब्यबसाय, समाज सेवा तथा परोपकारी कार्यमा निरन्तरता र सफलताका लागि महेन्द्र लम्साललाई हाम्रो हार्दिक शुभकामना सहित।

तपाईंहरूकै-
नवराज पोखरेल

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*