शुक्रराज न्यौपाने

शुक्रराज न्यौपाने । कास्की जिल्लाको पोखरा लेखनाथ महानगर पालिका वडा न ६ बैदाममा पिता नेत्रपाणी न्यौपाने र माता विष्णुमाया न्यौपानेको कोखबाट परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म भएको हो। सानै उमेरदेखि समाजसेवा र राजनीति लगाव भएका न्यौपानेले पोखराको जनप्रिय बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा बि ए सम्मको अध्ययन गरेका छन्।

सानै उमेरमा ताल बराही उच्च मा बि को व्यवस्थापन समिति, पोखरा साईवर एसोसिएसनका संस्थापक एवं पूर्व उपाध्यक्ष रहेर कार्य अनुभव बटुल्दै पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा पर्यटन व्यवसायमा संग्लन हुँदै न्यौपाने हाल आयरल्याण्डको कोर्क शहरमा श्रीमती, छोरी र छोराका साथ विगत १४ वर्षदेखि बसोबास गर्दै आएका छन्।

आयरल्याण्डमा विभिन्न पेशा , व्यवसाय का साथै समाजसेवामा संग्लन उनी गैरआवसीय नेपाली संघ आयरल्याण्डका संस्थापक एवं बर्तमान संरक्षक हुन।

सन् २००९-२०११ सम्म गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षको रुपमा काम गर्दै गैरआवसीय नेपाली अभियानलाई अगाडि बढाउने क्रममा आयरल्याण्डका विभिन्न शहर जस्तै लीमरीक, कोर्कहरुमा सामाजिक संस्था गठन गर्न अभिप्रेरित गर्दै सामाजिक भावनाको विकासमा ठूलो भूमिका खेलेका छन्।

गैर आवासीय नेपाली संघ आयरल्याण्डको कार्यकारी भूमिका सकेर अबिभाबकको भूमिकामा रहदै गर्दा सन २०१५ मा न्यौपानेलेे नेपाली जन सम्पर्क समिति आयरल्यान्डको स्थापना गरी संस्थापक अध्यक्षको रुपमा कार्य गरिरहेका छन् ।

संसारका सबै बिकसित मुलुकहरुको प्रगति पनि बिभिन्न उतारचडाबका बीच कुशल राजनीतिक माध्यमबाट नै भएको हुदा नेपालमा पनि स्वस्थ्य राजनीतिक संस्कार विकास गर्नु आजको टड्कारो आवश्यकता रहेको बताउछन् ।

साथै बिदेशमा रहेर गरिने कुनै पनि सामाजिक एवं राजनीतिक कार्यहरु व्यक्तिगत लाभ हानीका आधारमा नभै स्वच्छ समाजको लागि हुन पर्नेमा जोड दिदै आफू सधै सत्यको पक्षमा लाग्ने प्रण गर्छन्।

शुक्रराज न्यौपानेजीलाई भविष्यमा पनि सफलता मिलोस भन्दै हार्दिक शुभकामना सहित –

तपाईहरूकै –
नवराज पोखरेल

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*