दीपक खरेल

दीपक खरेल। काभ्रेपलान्चोकको खरेलथोकमा बि.सं.०३२ सालमा जन्मेका खरेलले प्राथमिक शिक्षा गाउँबाट र स्नातकोत्तर सम्मको अध्ययन काठमाडौँबाट पुरा गरे। खरेलले काठमाडौँमा बोर्डिंग स्कूल संचालन गर्दा ३३% बिद्यार्थीहरुलाई नि:शुल्क पढाएको बताउछन्। सामाजिक र शैक्षिक रुपमा पनि राम्रो छबि बनाएका खरेल थप अध्ययनका लागि आज भन्दा १६ बर्ष अगाडि यूरोप छिरेका थिए। सन् २००३ देखि स्पेनमा बसोबास गर्दै आएका उनले नेपाली भाषा संस्कृतिको बिकास एवं स्पेनिस समुदाय बीच, नेपालीपन पु-याउनको लागि योगदान दिदै आएका छन्। स्पेनमा एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेका खरेलले संस्थापक कोषाध्यक्षको पदमा रही काम गरिसकेका छन्। पूर्ब अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रही काम गरि सकेका खरेल, स्पेनको सामाजिक कार्यमा सधै सक्रिय नै देखिन्छन्।

उनले दशौ हजार नेपालीहरु बसोबास गर्ने स्पेनमा राजदूताबास स्थापना हुन नसकेको परिपेक्षमा, एनआरएन र नेपाल सरकारको जिम्मेबारी ठाउँमा पुगेर स्पेनका नेपालीहरुको मागलाई पुरा गर्न आफ्नो तहबाट दबाब सृजना गर्दै पटक पटक नेपालमा नै डेलिगेसन गै स्पैनमा दूताबास स्थापना गर्न ठूलो भूमिका खेलेको स्थानिय नेपालीहरु बताउछन्।

आईसीसी सदस्यको भूमिकामा रहेकै बेला स्पेनमा राजदूताबासको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदा,राष्ट्रपति,प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुसँगको भेटबार्तामा पनि सहभागी बने।

स्पेनको बार्सिलोनामा सम्पन्न एनआरएनको ऐतिहासिक सातौ यूरोपेली क्षेत्रिय बैठक तथा पाँचौ महिला सम्मेलन सम्पन्न गर्न खरेलले ठूलो योगदान दिए। एनआरएन वृत्तबाट नै बार्सिलोनाको यूरोपियन क्षेत्रिय सम्मेलन निकै सफल रुपमा मानिदै आएको छ।

रोजगार वा अध्ययनको सिलसिलामा मोटो रकम तिरेर यूरोप छिरेका नेपाली युवाहरुको अबस्था नाजुक रहेको बताउँदै उनले हरेक देशमा झेल्नु पर्ने समस्याहरु बारे सबैलाई अवगत हुनु पर्नेमा जोड दिएका छन्।

आर्थिक मन्दीको मार खेपेका यूरोपेली मुलुकहरुमा नेपालीहरुको समस्या खाडीका नेपालीहरुको भन्दा कम नरहेको बताउँदै आफूले भोगेका पिडाहरु बाहिर ल्याउन नसक्दा, नामले मात्र यूरोप रहेको बताएका छन्। लाखौ ऋण गरेर यूरोप छिर्ने गैर आबासीयहरुको भविष्य बारे एनआरएन चिन्तित हुनु पर्नेमा खरेलले जोड दिएका छन्।

दीपक खरेल भन्छन् ”भित्रि ब्यथा बोकेर बसेका हजारौ नेपालीहरु यूरोपमा छन्, बाध्यताले लुकेर काम गर्नु पर्ने अवस्था छ,उनीहरुलाई कसरी बैधानिक तवरबाट काम दिलाउन सकिन्छ यो बारे राम्रो ज्ञान दिन सकेमा पनि केहि धैर्यता र हौसला मिल्न सक्छ।”

मेरो धरहरा, म बनाउँछु’ भन्ने मूल नाराका साथ सरकारले सञ्चालन गरेको अभियानमा सहकार्य जनाउदै दीपक खरेल र नुतन सेढाई खरेलले आफ्नो छोरा निर्देश कृष्ण खरेलको पास्नीको उपलक्ष्यमा ३१ हजार १ सय १ रुपैयाँ सहयोग गरेका थिए ।

सन २०१६ मा पर्यटन बोर्डले स्पेनमा लागि पहिलो पर्यटनदूतको रुपमा खरेललाई नियुक्त गरेको थियो। पर्यटनदूतको जिम्मेवारी पाए पछि खरेलले नेपालको पर्यटन प्रबर्द्धन बिभिन्न प्रकारका उल्लेख्निय काम गरेका छन । जस मध्ये स्पेनका सडकमा गुड्ने लोकल बसहरुमा नेपाल झल्किने तस्बिरहरु टांसि नेपाल भ्रमणको लागि निम्तो दिएको संसार भरबाट प्रसंशा भएको थियो।
सन २०१५ मा काभ्रे जिल्लाको खरेलथोक सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा दीपक खरेलकै नेतृत्वमा पक्की भान्सा घर बनाइएको थियो।
निस्वार्थ भाबनाले सामजिक सेवा गर्ने खरेललाई एन आर एन लागयत अन्य संस्थाहरुले बेलामा नै चिनुन र उनको सामाजिक भाबनाको कदर सबैले गरुन। भविष्यमा खरेललाई सम्मान मिलोस भन्दै हार्दिक शुभकामना सहित।

तपाईंहरूकै-

नवराज पोखरेल

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*