शालिक राम डुम्रे

शालिक राम डुम्रे l स्याङ्जा जिल्लाको वालिगं नगरपालिका १४ मा स्थायी घर भएका डुम्रे आफ्ना बाबुको जागिरको सिलसिलामा भारतको देहरादूनमा विसं २०२७ सालमा जन्मेका थिएl

उनले माध्यमिक स्तर सम्मको शिक्षा देहरादूनमा सकी उच्च शिक्षाका लागि त्रिभुवन बहुमुखी  क्याम्पस पाल्पामा भर्ना भएl सोही क्याम्पसबाट कानूनमा स्नातकोत्तर तह पास गरी २०५४ को स्थानीय चुनावमा साविक थुमपोखरा गाविस (हाल वालिगं नगर पालिका) मा वडा अध्यक्षमा निर्वाचित भई विभिन्न सामाजिक कार्यका साथ राष्ट्रको सेवा गरेका छन्l  

डुम्रे बिध्यार्थी भिषा लिएर सन् २००२ मार्चमा मानव अधिकार सम्बन्धि अध्ययनका लागि डेनमार्क आएका थिएl अध्ययन पश्च्यात उनी जर्मनीको भ्रमण गर्दै सन् २००४ मा स्पेन पुगेl त्यसैताका देखि स्पेनको बार्सेलोनामा आफ्नो परिवार सहित एकमा व्यवसायमा संलग्न रहेका शालिक राम डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनको निवर्तवान अध्यक्ष साथै विभिन्न सामाजिक संघ संस्थामा आबध्य र अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजको केन्द्रीय उपाध्यक्ष पनि हुन्l

स्पेनको नेपाली समाजमा परिचित डुम्रेले नेपालमा विनासकारी भूकम्प जाँदा राहत संकलन गर्नुका  साथै स्पेनमा दूतावास स्थापनाकालागि नेपाली जनसम्पर्क समितिको अध्यक्षको हैसियतले पटक पटक डेलिगेसनमा सहभागी भई प्रमुख भूमिका निभाएका छन्l  

NRNA को टाक्सफोर्स नेपालमा लगानी उपसमितिमा सदस्य रही काम गरेका डुम्रे आफूलाई स्पेनको बार्सेलोना जस्तो सुन्दर शहरमा बसोबास गरि आफ्ना छोराछोरीलाई हुर्काउदै आएकोमा खुशीको आभासले भरिपूर्ण छन्l उनका जेठा छोरा कुशल स्पेनबाटै Telecommunication मा  ईन्जिनियर भई अहिले Master गर्दैछन् भने कान्छा छोरा गोकर्ण स्पेनको तेश्रो डिभिजनको फूटबल क्लबका खेलाडी हुन्l गोकर्णलाई नेपालको राष्ट्रिय फूटबल टीमले Under 19 टीममा समेत समाबेश गरेको थियोl डुम्रेकी छोरी डाक्टर पढ्दैछिन्l   

हामी सबैको बधाई छ – छोराछोरीहरूलाई ! नानी हो – बिदेशमा हुर्किएका भएपनि नेपालको नाम राख ! शालिक राम डुम्रेलाई मात्र होईन, हामीलाई गर्व छ!   

बिदेशमा बसेता पनि आफ्नो मन सधै नेपालमाथि नै रहेको हुँदा सदा नेपाल र नेपालीका हितकालागि काम गर्ने कुरामा उनी विश्वस्त छनl अर्को कुरा, नेपाल र नेपालीहरुको हितका लागि गरिने कुनै पनि कार्यकलापहरु नेपालमै बसेर गर्नुपर्छ पर्दछ भन्ने बाध्यता पनि छैन र बिदेशमा बसेर पनि उत्तिकै काम गर्न सकिने उनको धारणा छl

शालिक राम डुम्रेलाई भविष्यमा सफलता मिलोस भन्दै हार्दिक शुभकामना सहित –

तपाईहरूकै –

नवराज पोखरेल  

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*