बिनोद भट्टराई

बिनोद भट्टराई। सामान्य कृषक परिवारमा  मोरङको केराबारी ७ मा अक्षय तृतीयाकादिन जन्मेका बिनोद हाल कतारमा बसोबास गर्दछन। सामाजिक गतिबिधि र भ्रमणमा रुचि राख्ने भट्टराईका बाबु र आमाको नाम एकै (दुर्गाप्रसाद र दुर्गादेबी) भएकोमा आफूलाई भाग्यमानी ठान्दछन।

उनले स्थानिय विद्यालयहरु मुगु प्रा.बि., सार्वजनिक नि.मा.बि. र मच्छिन्द्र मा.बि. केराबारीबाट विद्यालय स्तरको शिक्षा आर्जन गरेका थिए। सुकुना बहुमुखि क्याम्पस, इन्द्रपुर मोरङबाट प्रविणता प्रमाणपत्र, सानोठिमी क्याम्पसबाट स्नातक एवं महेन्द्ररत्न ताहाचलबाट स्नातकोत्तर गरेका भट्टराईले पोखरा पर्यटन तालिम केन्द्रबाट ट्राभल एजेन्सी व्यवस्थापन, IATA ईण्डियाबाट IATA तालिमका साथै अन्य व्यवसायिक र सामाजिक तालिमहरु प्राप्त गरेका छन।

सन् २००० देखि २००८ सम्म नेपालका विभिन्न ट्राभल्स एजेन्सीमा र २००८ देखि कतारमा सोहि क्षेत्रमा रोजगारी गर्दै आएका बिनोद आफ्ना दुई बच्चाहरू सम्पदा र सपन्नप्रति ज्यादै गर्वका साथ बाबुको भरिपूर्ण स्नेह र प्रेम दिन सकेकोमा खुशी मान्दछन्।

उनी सामाजिक क्षेत्रमा विद्यार्थीकालमा स्थानिय संघ संगठनहरु मार्फत तथा अनौपचारिक रुपमा विभिन्न सामाजिक कार्यहरुमा संलग्न थिए। क्याम्पसमा युथ रेडक्रस सर्कल संचालन गरे। सन् २००० मा काठमाडौ प्रवेश गरे पश्चात लियो क्लबहरु मार्फत क्रियाशिल रहे।

सन् २००५–०६ मा लियो डिस्ट्रिक काउन्सिल ३२५ बीको काउन्सिल सेक्रेटरी, २००६–०७ मा लियो क्लब अफ काठमाडौ बिशालबजारको अध्यक्ष हुनुका साथै २००७–२००९ मा डिस्ट्रिक सल्लाहकार रूपमा कार्यरत रहेका बिनोद भट्टराईले २००८ मा कतार आएपछि मोरङ सुनसरी सेवा समाज र एनआरएनए एनसीसी मार्फत सामाजिक  तथा संस्थागत गतिविधिहरुमा सहभागि भए।

सन् २०१० मा मोसुको सहसचिव, २०१० मा सचिव, २०१२ मा अध्यक्ष र २०१३ देखि निरन्तर सल्लाहकार रहेका भट्टराई कतारमा बसोबास गर्ने नेपाली समाजमा नेपालीहरुका हितकालागि सधै अग्रपक्तिमा रहेका एक व्यक्ति हुन्। उनले एनआरएनएमा २०११–१३ मा सचिव, २०१३–१५ मा महासचिव, २०१५–१७ मा आइसीसी सदस्य तथा पोलिसि एण्ड प्रोसिड्यूर कमिटिका सदस्य भई सबै कार्यकालहरु सफलताका साथ सम्पन्न गरेका छन ।

२०१४ मा विश्वका विभिन्न देशमा रहेका नेपाली रक्तदाताहरुलाई समन्वय गर्ने उद्देश्यका साथ स्थापित अर्को संस्था इन्टर नेशनल नेप्लीज ब्लड डोर्नसको संस्थापक र दोश्रो कार्यकाल २०१६–१८ मा भट्टराईले कोषाध्यक्षको पद सम्हाल्दै आएका छन।

सामूहिक लगानीको अवधारणा बमोजिम वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका बिशेष गरी मोरङ र सुनसरी जिल्लाका एनआरएनहरुले स्थापना गएका कम्पनी ट्रेड भिजन इन्भेष्टमेन्ट प्रा. लि.को बोर्ड सदस्य हुदै २०१६ सेप्टेम्बर देखि अध्यक्षको कार्यभारलाई काँधमा राखि अगाडि बढी रहका बिनोद भट्टराईलाई भविष्यमा पनि प्रगति र उन्नतिको लागि हार्दिक शुभकामना सहित –

तपाईहरुकै –

नवराज पोखरेल

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*