शिव सापकोटा

शिव सापकोटा ।  बाग्लुङ नगरपालिका ६ तिनतलेमा विसं २०३९ सालमा जन्मेका सापकोटा अहिले  अष्ट्रियाको भियनामा बसोबास गर्दछन। गैर आवासीय नेपाली संघ अष्ट्रियाको १७-१९ आइसिसि समेत रहेका सापकोटा अस अघि संघको प्रबक्ता थिए। उनी देश तथा बिदेशमा बिभिन्न सामाजिक कार्यहरूमा सधै कृयाशिल छन्।  उनले २००५ मा बिद्यार्थीको रुपमा आफ्नो वैदेशिक यात्रा सुरु गरेका थिए।

संसारका नेपालीहरुको माझमा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कमा आबद्द रहेर नेपालमा शिक्षा र स्वास्थ्यमा बिभिन्न काम गरि सकेका सापकोटाले धौलागिरी बीरेन्द्र माध्यमिक बिद्यालयबाट प्रबेशिका र धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङबाट स्नातक उत्तीर्ण गरेका छन्। यसका अतिरिक्स्त सापकोटाले ईजरायलबाट Agricultural Sciences Technology मा उच्च शिक्षाको हासिल गरे।

सन २०१२ मा परोपकारी संस्था संस्थाले शीव सापकोटालाई हेल्प नेपाल नेटवर्क अष्ट्रियाको अध्यक्षमा चयन गरेको थियो। त्यसैताकादेखि समाज सेवामा सदा अग्रसर रहने सापकोटा एनआरएनए अष्ट्रियाको पछिल्लो निर्बाचनमा अष्ट्रियाको तर्फबाट आजसम्मकै धेरै मत (७० प्रतिशत) पाएर  निर्बाचित भएका छन। बागलुङमा हुँदादेखिने व्यवसायमा लागेका सापकोटा अहिले अष्ट्रियामा रेस्टुरेन्ट ब्यबसाय गर्दछन।

शीव सापकोटाजीलाई भविष्यमा पनि प्रगति र उन्नतिको लागि हार्दिक शुभकामना सहित –

तपाईहरुकै –

नवराज पोखरेल

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*