बिमल बाबु उपाध्याय

बिमल बाबु उपाध्याय । उनको जन्म २०४१ सालमा बाग्लुङ्ग नगरपालिका – ४, रातमाटामा भएको थियो। एस. एल. सि. सम्मको अध्ययन स्थानिय निजि विद्यालयबाट पुरा गरि आई. एस्सि. पढ्ने क्रममा काठमाडौँको माईतिघर स्थित सेन्ट जेभियर्स कलेजमा भर्ना भए।
बिमल बाबुले स्कूले जीवनमा जुनियर रेडक्रस सर्कलमा  कृयाशिल रहि काम गरे। कक्षा ९ मा उनले “शिक्षाको अधिकार आधारभूत मानव अधिकार” भन्ने शीर्षकमा एमनेष्टी ईन्टरनेशनल नेपालले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका  थिए।

सानै उमेरदेखि सामान्य ज्ञान, समाजसेवा र राजनितिमा अभिरुची राख्ने बिमल बाबु यति तिखो युवक थिए कि उनले आई. एस्सि.को अध्ययन पश्चात आफैले पढेको हाई स्कूलमा गणित र बिज्ञान बिषयहरु पढाउथे।

सन २००३ को अन्ततिर सरकारी छात्रबृत्तिमा एमबिबिएस अध्ययन गर्ने मौका मिलेको भए पनि आँखाको समस्याले गर्दा सो मौका गुमेको कुरा संझना मात्र गर्दा पनि असह्य हुन्छ उनलाई। लगत्तै २००४ मा बिमल बाबुले काठ्माण्डौ विश्वविद्यालयको बायोटेक्नोलोजी संकायमा स्विट्जरलैण्ड स्थित ह्यप्पी हाउस फाउन्डेसनको छात्रबृत्तिमा स्नातक तहको अध्ययन शुरु गरे।

काठ्माण्डौ विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको सभापति तथा काठ्माण्डौ विश्वविद्यालयकै सिनेट सदस्य रहि सन् २००८ मा प्रथम स्थान हासिल गरि स्नातक तहको उपाधि बिमल बाबुले लिए। लगत्तै हिमालयन स्न्याक्स एण्ड नूडल्स प्रा. लि. मा गुणस्तर अधिकृतको रूपमा १ बर्ष नोकरी पनि खाए।

सन २०१० मा स्नातकोत्तर शिक्षा अध्ययनका लागि यूरोपको प्रख्यात छात्रबृत्ती Erasmus Mundus अन्तर्गत फिन्ल्याण्डबाट बिमल बाबुले यूरोपको यात्रा प्रारम्भ गर्छन्। फिन्ल्याण्ड, स्विडेन र पोर्तुगलबाट जम्मा दुईवटा स्नातकोत्तर उपाधी हासिल गरे। सन २०१३ देखि लक्जेम्बर्गमा विद्याबारिधि तथा ‌बंशाणुगत मधुमेह सम्बन्धी बिबिध आयाममा अनुसन्धानरत रहेका बिमल बाबु पहिला नेपाली हुन् भन्दा हामीलाई गर्व छ। हालसम्म तिनवटा खोजपत्र प्रकाशित र दुईवटा प्रकाशोन्मुख छन ।

पढाईको कारण गैर-आवासीय नेपाली संघको अभियानमा शुरुमै सकृय भएर लाग्न नपाए पनि २०१५-१७ को कार्यकालका लागि राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गको महासचिब भएर कृयाशिल रहदै गर्दा पुन: २०१७-१९ को लागि पनि महासचिबकै जिम्मेवारी सम्हालेका बिमल बाबु एनआरएन कै कृयाकलापहरु मार्फत विभिन्न सामाजिक कार्यहरुमा सहभागी छन। विश्वशान्तिका प्रणेता गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रवर्धन र प्रचार प्रसार अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानमा पनि उनको ठूलो हात रहेको छ।

बिमल बाबु उपाध्याय मेरो व्यक्तिगत अनुरोधलाई स्वीकार गर्दै स्वयंसेबकको रुपमा चौतारीको एड्मिनको रुपमा पनि संलग्न छन्, बिमल भाई तिमीलाई भविष्यमा हार्दिक सफलताको शुभकामना सहित –

तपाईहरुकै –

नवराज पोखरेल

रोमानिया

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*