एकराज गिरी

एकराज गिरी । बाग्लुंग जिल्लाको पैयुँपाटा बलेवामा जन्मेका गिरीले आफ्नो पढाई त्रिभुवन मा.बि. (हाल उच्च मा.बि.) बाग्लुंगबाट शुरु गरेका थिए। अर्थशास्त्र र अंग्रेजी साहित्यमा बि.ए.पास गरि काठमाडौंको त्रि-चन्द्र क्याम्पसमा सोसिओलोजिमा एम.ए. अध्ययनकै समयमा Student Visa मा उनी सन् २००१ मा बेल्जियम आएका गिरी २००४ मा नेपाल फर्की सन् २००५ मा वोर्क परमिट लिई नेपालबाट स्पेन आएका हुन्। पढाईमा अब्बल रहेका गिरी शिक्षा, साहित्य, कला र खेलकूदमा स्कूल, गाउँ, जिल्ला, राष्ट्रिय स्तरमा सयौं पुरस्कार जित्नुका साथै अध्ययनका लागि युरोप आउनु पहिला नेपालमा राजनिती र समाज सेवामा सक्रिय थिए।

लामो समयसम्म बार्सिलोनामा बसेका गिरी अहिले एक ब्यबसायीको रुपमा स्पेनकै म्याड्रिडमा आफ्नो परिवार सहित बस्छन्। बिगत एक दशकदेखि स्पेनमा बसेर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका एकराज गिरीलाई बर्षेनी १५ हजार भन्दा बढि पर्यटकहरु नेपाल पुग्ने स्पेनको राजधानी “म्याड्रिड क्षेत्र लगायत समग्र स्पेनबाट नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि” भन्दै हालै नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ। नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि नयाँ जिम्मेबारी पाएको कुरा उनले बताएका छन्।

एकराज गिरी भन्छन् – “स्पेनबाट नेपालको पर्यटन विकासमा अझ थप प्रभावकारी कार्यक्रमहरु हुन सकोस् भन्ने अपेक्षा बोर्डले राखेको छ। त्यसैले अझ बढि स्पेनिस पर्यटकहरुलाई नेपाल भित्रने बाताबरणका लागि हामी एनआरएन, संघ-संस्था तथा कन्सुलर कार्यालयसँग मिलेर काम गर्नेछौ।”

युरोपका एनआरएनहरु बीच लोकप्रिय बनेका गिरी सन् २०१३ – २०१५ कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष समेत बनेका थिए। स्पेनको नेपाली समुदायमा सक्रिय गिरीले एनआरएनएको आईसीसी सदस्यको कार्यकाल पनि सफलताका साथ सम्पन्न गरेका छन। उनले एनआरएनए स्पेनको संस्थापक महासचिव, सल्लाहकार, JSS स्पेनको अध्यक्ष, NRNA ICC विधान मस्यौदा समितिको सदस्य, परोपकारी तथा मानव कल्याण समिति युरोपको संयोजक जस्ता पदहरु र एनआरएनए अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेबारी निभाएका छन।

स्पेनमा रहेका नेपालीका हरेक समस्याहरुका समाधान गर्ने एकराज गिरीले राजदुताबासको स्थापना, भूकम्प पिडित राहत संकलन लगायत बिभिन्न कार्यमा अग्रस्थानमा छन्। उनी २०१४/१५ वर्ष व्यक्तित्व युरोपका उत्कृष्ट सामाजिक अभियन्ताका रुपमा मानिन्छन। उनले नेपालमा विनाशकारी भूकम्प जाँदा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए। करिव सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका थियो। स्पेनबासी नेपाली समुदाय,संघ सस्थाहरुले आँफूलाई पूर्ण रुपमा साथ दिएको कुरा उनीले खुशीका साथ बताए। स्मरण रहोस, स्पेनमा राजदुतावास स्थापना गर्ने सहकार्यमा उनले खेलेको भूमिका प्रसंसनिय छ।

धुर्मुस-सुन्तलीको ‘नमुना नेपाल’ अवधारणाका लागि एकराज गिरीले एक लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए। धुर्मुस-सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा तयार हुने ‘नमुना नेपाल’को अवधारणा अगाडि सारे लगत्तै गिरीले सहयोग घोषणा गरेका कुरा गर्वका साथ हामी सम्झन सक्छौं। उनले हिमाल, पहाड र तराईलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने ‘नमूना नेपाल’ को प्रस्तावित भिडियो हेरे पछि मन छोयो, जग्गा उपलब्ध भई योजनाको शिलान्यास हुने दिन १ लाख रुपैयाँ सहयोग गर्ने प्रण गरेका थिए।

कपिलवस्तु भारतमा पर्छ र शान्तिका अग्रदुत गौतम वुद्ध भारत मै जन्मेका हुन भनेर विश्व समाजलाई भ्रममा पार्ने खेतीलाई जरैदेखि समाप्त पार्ने उद्देश्यले स्पेनमा कपिलवस्तु दिवस अभियान समिति स्पेनको गठन कार्यमा पनि उनको सहभागितालाई बिर्सन सकिदैन।

धादिङ् जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएको श्री मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे पक्की भबन बनाउने काममा एकराज गिरीको ठूलो हात रहेको छ। यसका साथै फूटबलकालागि सपनाको देश मानिने स्पेनमा एकराज गिरीकै पहलमा नेपालीहरुले मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न गरेका छन्।

हालै भएको निर्बाचनमा एकराज गिरी एनआरएनएको यूरोप उपसंयोजक पदमा बिजयी भएका छन्। सफलताको हार्दिक शुभकामना सहित –

तपाईहरुकै –

नवराज पोखरेल

रोमानिया

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*