नबिन थपलिया

नबिन थपलिया । संखुवासभा जिल्लाको खॉदबारीमा  परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म भएको हो। २०४६ सालमा स्कूल सके पछि उनले उच्च शिक्षाको शुरुवात काठमाण्डौको नेपाल ल क्याम्पसबाट शुरू गरे। त्यसैताका उनले केहि समय क्यासिनोमा  क्रुपियरको जागिर पनि गरे। राजनीति र साहित्यमा धेरै रुचि राख्ने नबिन थपलियाले कलिलो उमेरदेखि  नै आफ्ना बुबा पछि जेठो दाजु पूर्णकालिन राजनीतिमा हुदै गर्दा संगठनिक आवद्ता तहगत रुपमा परिमार्जित गर्ने अवसर पाए। बिएल सम्मको आफ्नो अध्ययन सकेपछि केहि बर्ष नेपालमा नै अवसरहरुको खोजी गरि  सन् २००० मा स्वीडेन पुगी यहाँका उतार चडाबहरुमा सामेल हुने क्रममा बिजिनेस कोर्ष गरि केहि बर्ष उनले नेपाली ह्ययान्डीक्राफ्ट, नेपाली कागजका उत्पादनहरु तथा नेपाली हर्वल आदि सामानको बिक्रि गर्ने क्रममा स्वीडेनमा उनले एक सुन्दर नेपाली दोकान खोले।

उनको ईच्छा यतिमा मात्र सिमित रहेन। उनले स्वीडेनका प्रमुख शहरहरुका प्रदर्शनीहरुमा नेपाली सामानको स्टल राख्दै नेपालीपन र नेपाली सरसामानको धेरै प्रचार प्रसार गर्न सफल भए। यसै क्रममा नबिन थपलियाले सन् २००७ देखि पसललाई घरमा सिमित गरि संपर्कका आधारमा कारोबार गर्दै लिडल स्भारिया कोबेमा जागिर शुरु गरेका थिए।

स्वीडेनका नागरिकहरुलाई नेपालको परिचय दिई आफ्नो मातृभूमिको प्रचार प्रसारमा संलग्नता रहेका नबिन थपलियालाई हालै नेपाल सरकार पर्यटन बोर्डले  स्वीडेनकालागि  पर्यटनदूत नियुक्त गरेको छ। स्वीडेनमा बसोबास गर्ने नेपालीहरुकालागि यो ज्यादै गौरबको कुरा हो।

सांगठनिक रुपमा उनलाई सुखद संयोग  परेको  भन्न पनि सकिन्छ। जनसंपर्क समिति स्वीडेन, एनआरएनए स्वीडेनको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पनि उनलाई मिल्यो।  दुई पटक एनआरएनएको अध्यक्षको रुपमा र आइसिसि  सदस्यको भूमिका  केहि समय अगाडि निवर्तमान भएको कुरा नबिन थपलिया खुशीका साथ सुनाउछन।

भिजिट नेपाल यूरोप २०१७  सफल पार्ने कोशिसहरु जारि नै छन। पर्यटन बोर्ड, नेपाली राजदूताबास, सहकर्मीहरु तथा स्विडेनवासी नेपाली दाजुभाई दिदी बहिनीका साथ र सहयोगमा नेपाल र नेपालको पर्यटनलाई प्रबर्धन हेतु  विशेष कार्यक्रम अझै ल्याइने कुरामा थपलिया बिश्वस्त छन।

स्विडेनमै हुर्किरहेका आफ्ना दुई छोराहरुलाई नबिन थपलियाले नेपालीपन, भाषा र सस्कृतिको ज्ञान दिलाउदै “घरमा नेपालीमा बोल्ने बानी बसालौं, भाषा रहे हाम्रो अस्तित्व रहन्छ” भन्ने नारालाई अगाडि बढाएका छन।

अन्त्यमा, नबिन थपलियाको उत्तरोत्तर सफलताकोलागि हार्दिक शुभकामना सहित –

तपाईहरूकै –

नवराज पोखरेल
रोमानिया

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*