अमेरिकामा नेपालीले देउसी भैलो खेल्दै भाईटिका यसरी मनाए (बिशेष तस्बिरहरु सहित )

 
विजय थापा
 
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको तिहारको पाँचौ एवम अन्तिम दिन भाईटिका मनाएका छन् l अमेरिकामा अब दुई पुस्ते र तीन पुस्ते परिवार पनि भेला हुने भएकोले नेपाल जस्तै गरि भाईटीका मनाएका छन् l
 
आज अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यस बर्ष को तिहारलाई बिदा गरेका छन् l 
 
यस पटक भाईटीका शनिबार बिदा भएको र मध्यान्ह ११ बजेर ५५ मिनेटको साइत देखि रातिको समय सम्म दिनभर भाइटीका लगाएका छन् lअमेरिकामा जन्मेका बालबालिका,पहिलो पुस्ता ,बिद्यार्थी ,अमेरिका विभिन्न कारण बाट आएका कलाकार ,साहित्यकार ,पत्रकार ,पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार ,कुकुर तिहारको साथै भाईटीका समेत मनाएका छन् l
 
नेपाल जस्तै सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई नेपाल जस्तै भाईटीका मनाएका छन् l 
 
दिदीबहिनीहरुले दाजुभाइको यश र ऐश्वर्य ,दिर्घायु कामना समेत गरेका छन् l अमेरिकामा नेपाल जस्तै प्रसस्त फूलहरु पाइने हुनाले मखमली फूल तथा सयपत्री फूल तथा अन्य फूलमाला आफ्ना दाजुभाईलाई लगाई भाई टिका मनाएका छन् l 
 
अधिकांशको घरमा सेल रोटीको साथै आफ्ना दिदिबहिनीलाई दक्षिणा समेत दिएका छन् l यसको साथै लक्ष्मीपूजा देखि नै देउसी भैलो,तास तथा कौडा समेत खेली यस बर्षको सम्पूर्ण चाड पर्वलाई बिदा गरेका छन् l

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*