एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित ,कस्ले बाजी मार्यो नामावली सहित

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । अन्तिम अवस्थामा टीबी कार्कीले उम्मेदवारी छोडे पछि अध्यक्षमा भट्टसँगै जमुना गुरुङ पनि प्रतिस्पर्धामा थिइन् । २००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक गुट यसरी समुहको आधारमा चुनाव भएको हो । संघको उपाध्यक्षमा जर्मनीका कुमार पन्त र बेलायतका कुल आचार्य निर्वाचित भएका छन् l

महिला उपाध्यक्षमा रसिया निवासी सपिला राजभण्डारी निर्वाचित भएकी छिन् भने यस्तै महासचिवमा डा बद्रि केसी,सचिवमा ओमानका डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा पुन :निर्वाचित भएका छन् l सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएका छन् l

युवा संयोजकमा जापानका सुदन थापा बिजयी भएका छन् भने महिला संयोजकमा रजनी प्रधान निर्वाचित भएकी छिन् l यसै गरि युरोप क्षेत्रीय उप सयोजकमा गोविन्द गोविन्द गौतम र एकराज गिरि निर्वाचित भएका छन् l

युरोप क्षेत्रीय उप संयोजकमा ६ जना उम्मेदवार मध्ये शिव बरुवाल बिजयी भएका छन् भने युरोप क्षेत्रीय महिला संयोजकमा संगीता मरहट्ठा बिजयी भएकी छिन् l अमेरिकाको क्षेत्रीय संयोजकमा गौरीराज जोशी बिजयी भएका छन् l यसै गरि क्षेत्रीय उप संयोजकमा नविन शेरचन तथा क्षेत्रीय महिला संयोजकमा संगीता लम्साल शिवाकोटी निर्बिरोध निर्वाचित भएकी छिन् l

अमेरिका बाट खगेन्द्र जिसी ,सोनाम लामा तथा रबिना थापा को उम्मेदवारी उपाध्यक्षमा परेकोले सबै जना उप बिजेता बनेका छन l ओशिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी बिजयी भएका छन् भने ओशिनिया क्षेत्रीय उप संयोजकमा गोपाल कंडेल र प्रविण गुरुङ बिजयी भएका छन् l क्षेत्रीय उप संयोजकमा युवा राज कुमार बस्नेत बिजयी भएका छन् l

एसिया प्रशान्त क्षेत्रीय संयोजकमा किरण बिक्रम थापा बिजयी भएका छन् भने एसिया प्रशान्त क्षेत्रीय उप संयोजकमा पारस मणि पोख्रेल र बिनोद कुँवर बिजयी भएका छन् l यसै गरि एसिया प्रशान्त क्षेत्रीय महिला उप संयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ बिजयी भएकी छिन् l अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् भने उप संयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् l

जम्मा १ हजार ५४ मत खसेको थियो भने बिजयी हुने अधिकांश भट्ट समुहका थिए l शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो ।

२० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भट्ट एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यष भएर काम गरिसकेका छन् । जापानमा रेष्टुरेन्ट व्यवसायमा सफल मानिएका भट्टको २ सय ९० वटा चमेना गृह (रेष्टुरेन्ट )रहेका छन् । जसबाट वार्षिक ३५ अर्बको कारोबार हुने गरेको छ । व्यवसायिक समुह टिबिआईका अध्यक्ष रहेका भट्टको नेपालमा पनि उद्योग,संचार,कलेज लगायतका क्षेत्रमा लगानी रहेको छ।

गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय थिए । जापानमा एनआरएनको समन्वयन समिति गठन देखि जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष हुँदै भट्ट अध्यक्ष बन्न सफल भएका हुन्l

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*