रूसमा नेपाली संसदीय प्रमण्डलको हार्दिक स्वागत

कृष्णप्रकाश श्रेष्ठ,

मास्को, नोभेम्बर २०१६ । रूस महासंघको संघीय सभाको संघीय परिषदको निमन्त्रणामा नेपालको व्यवस्थापिका–संसदकी सम्माननीय सभामुखश्रीमतीओनसारी घर्ती मगरको नेतृत्वमा नौसदस्यीय नेपाली प्रनिनिधिमण्डल मास्को आइरहेको छ । रूसको औपचारिक भ्रमणमा मास्को आइरहेको नेपाली प्रतिनिधिमण्डलकी नेतृ, सम्माननीय सभामुखओनसारी घर्ती मगरलाई रूसको संघीय परिषदकीअध्यक्षभालेन्टिना इभानोभ्नामात्भिएन्कोले रूसको संघीय परिषदको भवनको प्रवेशकक्षमैपूmलको गुच्छाद्वाराहार्दिक स्वागत गरेकीथिइन ।नेपाली प्रतिनिधिमण्डलका सबैसदस्यहरूसंग छोटो भलाकुसारीपश्चात् विशिष्ट अतिथिबाट आनन्तुकपुस्तिकामाहस्ताक्षरपश्चात् माथिल्लो तलाको वार्ताकक्षमादुईपक्षीयऔपचारिक वार्ता सम्पन्नभयो ।
उक्तवार्तामा नेपाली पक्षबाट नेपालको व्यवस्थापिका संसदकी सभामुख सम्माननीयओनसारी घर्ती मगर, रूसका लागिकार्यवाहक नेपाली राजदूतश्रीमतीयीन्दरा गोहिवार अर्याल, सांसदहरू श्री सकलदेव सतिहार, श्री नरेश खरेल, सुश्री अञ्जनाचौधरी, डा.शिवजीयादव, श्री आएन्द्र सुन्दर नेम्बाङ्ग, संसद सचिवालयमहासचिवश्री मनोहरप्रसाद भट्टराई, संसद अधिकृत श्री सोमबहादुर थापा, सभामुखकीनिजी सचिव सुश्री लालकुमारी पुन, राजदूतावासका सहकारी श्री राधारमण दुबे तथाअनुवादक डा. मणिराजपोखरेल एवै रूस पक्षबाट रूस महासंघको संघीय परिषदकीअध्यक्षभालेपन्टना इभानोभ्नामात्भिएन्को, संघीय परिषदअन्तर्गत अन्तर्राष्ट्रिय मामिलसम्बन्धी समितिकाअध्यक्ष कोन्स्तान्तिन कोसाचेभ, आर्थिक नीतिसम्बन्धी समितिकाप्रथमउपाध्यक्ष, एशियालीतथाअफ्रिकेली राष्ट्रहरूका संसदहरूसंग सहयोगसम्बन्धीकार्यदलका सदस्य सेर्गेइ कालाश्निकोभ, क्रिमिया गणतन्त्रका प्रतिनिधि सेर्गेइ त्सेकोभ, सेभास्तोपोल नगरकीप्रनिनिधिओल्गातिमोफेएभा, संघीय परिषदकाअध्यक्षका सहायकनिकोलाइपारुजिन, परराष्ट्र मन्त्रालयको द्वितीयएशियाविभागकाउपप्रमुखदानिलागानिचतथाअनुवादक कृष्णप्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो ।
सौहार्दपूर्ण वार्ताको क्रममा रूसको संघीय परिषदकीअध्यक्षभालेन्टिना मात्भिएन्कोले रूस तथा नेपालबीच दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएकै वर्ष नेपालको संसदीय प्रमण्डलको रूसमाआधिकारिक यात्राभ्रमणको विशेष महत्व छ भन्दै लामो समयको राजनैतिक वादविवादपछि आपसी सहमतिको आधारमा शान्तिपूर्ण ढंगले पोहोर साल नेपालको संविधानपारित हुनु देशको सार्वभौमिकता र स्वतन्त्रविकासको लागिआधारशिलास्वरूपहुने अभिव्यक्तिदिंदै सन् २०१० मा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र नेपालकातत्कालीनप्रधानमन्त्रीबीच सेन्ट–पिटर्सबुर्गमा भेटवार्ता, दुवै देशकाकार्यकारिणी निकायकापदाधिकारीहरू तथा सर्वोच्च अदालतकाउच्चपदाधिकारीहरूबीच भ्रमणको आदानप्रदानलगायत रूस र नेपालबीच राजनैतिक क्षेत्रमासम्बन्धको सक्रियविकास भइरहेको भएतापनिआर्थिकएवं व्यापारिक क्षेत्रमा सम्भावनाअनुरूप सम्बन्धविकासको स्तरनिकै न्यून रहेको तथ्यतर्पm ध्यानाकर्षण गराउनु भएकोथियो र नेपालको जलविद्युत् क्षमताको २ प्रतिशतमात्रउपयोग भइरहेको तर्पm अंगुलीनिर्देश गर्दै भारत र चीनजस्तो विशाल देशहरूको बीचमाअवस्थित नेपालले यस सम्भावनाको व्यापकउपयोग गरी दुवैतर्पmविद्युत् शक्तिको आपूर्तिमा योगदान पु¥याएरलाभान्वितहुन सक्ने स्थितिको चर्चा गरिएको थियो ।
नेपालको व्यवस्थापिका–संसदकी सभामुखश्रीमतीओनसारी घर्ती मगरले रूस भ्रमणको निमन्त्रणाका लागिहार्दिक धन्यवाद ज्ञापन गर्दै नेपालको नयाँ संविधानको कार्यान्वयनलगायत देशको विभिन्न राजनैतिकएवं आर्थिक अवस्थाबारे संक्षेपमाजानकारी दिनुहुँदै रूसजस्तो विशाल देशसंग नेपालको सुमधुर सम्बन्ध रहिआएको र भविष्यकादिनहरूमादुई देशबीचको पारस्परिक सम्बन्धअझ प्रगाढ हुँदै जाने विश्वास व्यक्तगर्नुभयो ।
रूसले नेपाललाई भरपर्दो पुरानो मित्र ठानेको स्मरण गराउँदै भालेन्टिना मात्भिएन्कोले दुईपक्षीय सम्बन्ध सदैव नै पारस्परिक सम्मानमाआधारित रहेको जनाउनुका साथै यस भ्रमणले ‘हाम्रो अन्तरसंसदीय सहकार्यमामात्रनभई रूस–नेपाल सम्बन्धकासम्पूर्ण क्षेत्रहरूको विकासमा समेत प्रेरणा प्रदानगर्नेछ’ भन्नुभयो ।
आफ्नो तर्पmबाट श्रीमतीओनसारी घर्ती मगरले आर्थिक, शैक्षिकतथा सांस्कृतिक क्षेत्रमा रूससितको सम्बन्धलाई नेपालले उच्चमूल्यांकनगर्दैआएको जनाउनुहुँदै ‘दुवै देशका संसद र सरकारहरूबीच सम्बन्धदरिलो हुँदै जानेछ’ भन्ने विश्वास व्यक्तगर्नुभयो ।
भालेन्टिना मात्भिएन्कोले सन् २०१५ को अप्रिल–मेईमहिनामा नेपालले भोग्नुपरेको दैवीप्रकोपका परिणामहरूको निराकरणमा योगदान पु¥याउन रूसको तर्पmबाटतत्कालै तत्परताजनाइएको उल्लेख गर्नुहुँदै रूसको असाधारण स्थिति मन्त्रालयकाकार्यकर्ताहरूले राहतकार्यमा सक्रियभागलिएको र रूसको चिकित्सक टोलीले मात्र ६०० भन्दा बढी भूकम्पपीडितहरूको उपचार गरेको सम्झना गराउनुभएको थियो भने नेपालको व्यवस्थापिका–संसदकी सभामुखले यस सहयोगकालागिहार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो । संक्षेपमाभन्ने हो भने भालेन्टिना मात्भिएन्कोको निष्कर्षानुसार ‘नेपालको संसदकी सभामुखको भ्रमणले दुई पक्षीय सम्बन्धविकासलाई उत्प्रेरित गर्नेछ’ ।
नेपालको व्यवस्थापिका–संंसदकी सभामुखश्रीमतीओनसारी घर्ती मगरले नेपालमापूर्व सोभियत संघ तथा रूस महासंघबाट स्नातक बनेका दक्षविशेषज्ञहरू देशविकासकोविभिन्न क्षेत्रमाकार्यरत रहेको जनाउनुका साथै भालेन्टिना मात्भिएन्कोलाई अनुकूल समयमा नेपालको औपचारिक भ्रमणका लागिनिम्त्याउनुभएको थियो र सो निम्तो सहर्ष स्वीकार पनिगरिएको थियो ।
वार्ताको क्रममा संघीय परिषदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाअध्यक्ष कोन्स्तान्तिन कोसाचेभले नेपालको जलविद्युत् क्षमताको उपयोगकालागि सहयोगको सम्भाव्यताबारे जोड दिनुभएको थियो भने संघीय परिषदको आर्थिक नीतिविषयक समितिकाप्रथमउपाध्यक्ष सेर्गइ कालाश्निकोभले रूस–नेपाल सहयोगतथा मैत्री समाजको तत्परतामा एक महिनाअघि मात्र काठमाडौंमा रूसी महाकविपुश्किनको प्रतिमा स्थापनाबारे चर्चा गर्दै दुई देशबीचजनस्तरमा मैत्रीसम्बन्धविकासको ठूलो महत्व छ भनीजोड दिनुभएको थियो ।
औपचारिक वार्ताको समाप्तिपश्चात् स्मृति–उपहारहरूको आदानप्रदानगरियो । नेपाल पक्षबाट प्रदानगरिएको स्मृति–उपहारमायुवा छविचित्रकार इभान कोजोरेजोभद्वारा खिंचिएका नेपालकामनोरम रंगीन दृश्यहरूले सिंगारिएको दागेस्तानीमहाकवि रासुलहाम्जातोभको नेपालविषयकदुई काव्य (‘जीवित देवीकुमारी’ तथा ‘जीवचक्र’) को यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट गरिएको नेपालीअनुवादसहित ‘दुई देवताप्रति’शीर्षकमाप्रकाशितत्रिभाषिक (आभार, रूसी र नेपाली) चित्र–पुस्तकलगायत नेपालीकलाकृतिपनि नेपाली संसदीय प्रतिनिधिमण्डलको तर्पmबाट रूस महासंघको संघीय परिषदकीअध्यक्षभालेन्टिना मात्भिएन्कोलाई उपहारस्वरूपप्रदानगरिएको थियो ।
नेपाली संसदीय प्रतिनिधिमण्डल मास्को आइपुगेको पहिलो दिन नै रूस महासंघस्थित नेपाली राजदूतावास परिवार तथागैरआवासीय नेपाली संघ रूसको तर्पmबाट नेपाली राजदूतावासको सभाकक्षमासभामुख सम्माननीयओनसारी घर्ती मगर र उहाँको साथमाआएका नेपालीअतिथिहरूको हार्दिक स्वागतगरिएको थियो । त्यसै वेलाआयोजनागरिएको अन्तरक्रियाकार्यक्रममापारस्परिक चिनापर्ची सम्पन्नगरिनुका साथै गैरआवासीय नेपालीहरूले सामनागर्नुृपरिरहेका समस्याहरूबारे पनि संघका केन्द्रीथमहासचिव डा. बद्री के.सी.बाट अवगत गराइएको थियो र नेपाली संसदीय प्रतिनिधिमण्डलको सम्मानमाआयोजितप्रीतिभोजको अवसरमापनिअनौपचारिक वातावरणमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदकाअध्यक्षदीनानाथ राजभण्डारीबाट विदेशमा स्थाथी रूपले बसोवास गर्ने अनुमतिलिंदाआइपर्ने कठिनाईहरूको निराकरणका लागि छिमेकीतथामित्रराष्ट्रहरूको अनुभवआधारबन्न सक्ने सभ्भावनातर्पm अंगूलीनिर्देश गर्नुका साथै रूस र नेपालबीचव्यापार प्रबर्धनकालागि बैंङ्किङ्ग समस्याको समाधानआवश्यकभएको तर्पm पनिजोड दिइएको थियो । रूसमाबसोवास गरिरहेका नेपालीहरूको तर्पmबाट नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई नेपाल र रूसबीच सम्बन्धविकासमा कोसेढुङ्गासमान रहेको रूस भ्रमणको सम्झनास्वरूप स्मृति–उपहार पनिप्रदानगरिएको थियो ।
नेपाली संसदीय प्रतिनिधिमण्डलको तर्पmबाट मास्कोस्थित नेपाली राजदूतावासमाआयोजितप्रीतिभोजमा रूसको संधीय परिषद (बु¥यातिया गणराज्यकाप्रतिनिधिआर्नोल्ड तुलोहोनोभ), परराष्ट्रमन्त्रालय (नेपालकालागिपूर्वराजदूत सेर्गेइ भृलिच्किन) तथा रूस–नेपाल सहयोग तथा मैत्री समाज (अन्तरिक्षयात्रीभ्लादिमिर जानिबेकोभ, अध्यक्षमिखाइल नेक्रासोभ, मानार्थ अध्यक्षअलेक्सान्द्र सोलोभेभ, कार्यकारी सचिवबोरिस भेर्शिनिन) आदिकापदाधिकारीहरूका साथै गैरआवासीय नेपाली संघ रूस एवं रुसमाबसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संघसंस्थाकाप्रतिनिधिहरूको पनि समुपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ रूसका प्रतिनिधिहरूले नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई रूसको राजधानीमास्को तथा रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गका दर्शनीय स्थलहरूको दृश्यावोकन गराएकाथिए ।
फोटो सौजन्य – गैरआवासीय नेपाली संघ रूस,
दिनाङ्क  २५ नोभेम्बर २०१६
मास्को, रूस महासंघ ।

http://www.council.gov.ru/events/news/73948/

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*