न्युयोर्क कि साहित्यकार ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ प्राज्ञ सरुभक्त द्धारा विम ोचन

विजय थापा

विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार ,गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को बिमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् ।

नेपालमा पुगेको दिन देखि ज्ञवालीलाई अहिले भ्याई नभ्याई भएको छ l संचार माध्यममा जताततै छाएकी छिन् l उक्त विमोचन कार्यक्रममा वोल्दै प्राज्ञ सरुभत्तले ज्ञवालीले परदेशमा रहेता पनि नेपाली साहीत्यको विकासमा खेलेको भुमिकाको प्रशंशा गरेका थिए ।

साहित्य सृजनाको लागी सर्जकहरु विदेशी भुमीमा रहेता पनि साहित्य सृजना कहिले नरोकीने सरुभक्तले बताए l उनले मन्तब्य कै क्रममा ज्ञवाली बाट उत्कृष्ट कृतिहरुको आफुले अपेक्षा गरेको र ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ एउटा उत्कृष्ट कृति रहेको वताए ।

सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा विशेष अतिथि भुमि सुधार मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा रहेका थिए

सप्त समालोचक जगनाथ रेग्मीले कृति माथि समिक्षा गर्दै शकुन ज्ञवालीको कविता सग्रह ‘तिमी र म’ मार्फत आफ्ना भावहरु अभिव्यक्त गर्न सक्षम रहेकी र प्रबासी सम्पुर्ण नेपालीहरुको भावना वोलेको सुख दुःख वोलेको वताउदै समालोचक रेग्मीले यस कृति मार्फत शकुन ज्ञवालीले आफुलाई सशक्त कविको रुपमा उभियाकी वताए ।

कवियत्री शकुन ज्ञवालीले आफुलाई साहीत्य श्रीजनामा लाग्न प्रेरणा दिने पोखरालाई कहिलै भुल्न नसक्ने वताउदै प्रबासमा बसे पनि सिर्जना ले गर्दा देशमा यति माया र सम्मान पाईदो रहेछ भनि हर्ष व्यक्त गरिन l

सगुनले मन्तब्य कै क्रममा आफ्ना हरेक सृजनामा साथ दिने पति विमल सापकोटा, कार्यक्रमको तारतम्य मिलाईदिने बुवाआमा ,सासु ससुरा प्रति आफु नतमस्तक रहेको वताउदै कविता संग्रह ‘तिमी र म’ एक पटक पढ्न पाठकलाई आग्रह गर्दै प्रतिक्रिया मागिन l

विमोचन कार्यक्रममा अलिमिया लोक वाङ्गमय प्रतिष्ठानका अध्यक्ष हनिफ मिया, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादु शाह ‘बाबा’ स्वतन्त्र पत्रकार महासघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद वास्तोला, लगाएतले कृति माथि बोल्दै शुभकामना दिएका थिए l

कविता संग्रह ‘तिमी र म’ मा विभिन्न ६२ वटा कविता सग्रह समावेश गरीएको छ । कार्यक्रममा सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानले कविता संग्रह ‘तिमी र म’ की लेखीका कवियत्री शकुन ज्ञवालीलार्इ सम्मान समेत गरेकाे थियो ।

लेखिका को पुरा नाम शकुन्तला ज्ञवाली भएता पनि साहित्यिक नाम शकुन ज्ञवाली रहेको छ । ग्वाँदी गुल्मीमा जन्मेकी ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरीरहेकी छन् । अन्तर्रासष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाकी महासचिव रहेकी उनी थुप्रै साहीत्यकि सघं सस्थाहरुमा आवद्द रहेकी छन् । उनको यो कृति अगाडी पालुवा र मन्जरी (कविता सग्रह) लोक दोहोरी गीत, तीज गीत, लगाएत एक दर्जन एल्वमहरु प्रकाशित भइसकेका छन् । उनको बादलभित्र जून लुक्दा (गजल सग्रह) आफ्नै सेरोफेरो (गीति सग्रह) प्रकाशोन्मुख कृतिहरु रहेका छन् ।

सकुनले पोखरेलीहरुले निकै सम्मान गरेकोमा खुशी व्यक्त गर्दै प्राज्ञ सरुभक्त बाट सम्मान पत्र थाप्नु आफ्नो लागि निकै उत्प्रेरणा मुलक भएको बताईन l सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको उक्त विमोचन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पदमराज ढकालले स्वागत मन्तव्य तथा कार्यक्रम सन्चालन प्रतिष्ठानका सचिव अभिमन्यु विक्रम राणाले गरेका थिए ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*