रूसमा नेपालविद्याका संस्थापक मिनाएभप्रति समर्पित सम्मेलन

कृष्णप्रकाश श्रेष्ठ

मास्को, २७ जनवरी २०१६ (बुधवार) । रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्ष नेपालको राष्ट्रिय झण्डा र दृश्यचित्रहरूका साथै मञ्चपछिल्तिर रूसी प्राच्यविद इभान मिनाएभको ठूलो फोटो—पोष्टर टाँगेर सिंगारिएको थियो । त्यहाँ रूस विज्ञान प्रज्ञा–प्रतिष्ठान प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रको तत्वावधानमा रूसमा नेपालविद्याका जन्मदाता, रूसीहरूमध्ये पहिलो भएर १४० वर्षअघि नेपालको भूमिमा पदार्पण गर्ने प्रकाण्ड रूसी विद्वान् इभान पाभ्लोभिच मिनाएभको १७५–रौं जन्मजयन्ती तथा उनको निर्वाणको १२५–सौं वार्षिकीको सन्दर्भमा रूस नेपालविद्या केन्द्र (कृष्णप्रकाश श्रेष्ठ) को संयोजकत्वमा वैज्ञानिक–साहित्यिक सम्मेलनको आयोजना गरिएको थियो । नेपाली राजदूतावास परिवार, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्, विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा रूस–नेपाल सहयोग तथा मैत्री समाज, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) लगायतको सक्रियतामा सम्पन्न वैज्ञानिक–साहित्यिक सम्मेलनमा उपरोक्त सबै सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूका साथै विभिन्न अनुसन्धान संस्थानहरूमा कार्यरत वैज्ञानिक कार्यकर्ताहरू र नेपाली विज्ञ डा. कुमार कार्की, डा. ध्र्रुवदास उलक, रूस आप्रवासी संघका उपाध्यक्ष रवीन्द्र भट्टराई, नेपाल खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, ओडेस्सा (युक्रेन) बाट सन्तोष के.सी. समेत नेपालीहरूका अतिरिक्त सगरमाथा विजय गर्ने पहिला रूसी पर्वतारोही एडुआर्ड मिस्लोभ्स्की तथा भ्लादिमिर शाताएभसहित रूस पर्वतारोही संघ, हिउँदमा समेत बरफिलो चीसो पानीमा डुबुल्की लगाउने पौडीबाजहरूको ‘जलब्याघ्र क्लब’ का प्रशिक्षक सेर्गेइ माक्सिमोभ, मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दारोभा आदि विभिन्न व्यक्तित्वहरूको पनि समुपस्थिति थियो ।
अध्यक्षमण्डलमा नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला, भारतवर्ष अनुसन्धानकेन्द्रकी प्रमुख ताच्याना शाउम्यान, गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष जीबा लामिछाने, रूस–नेपाल सहयोग तथा मैत्री समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभ, रूस लेखक संघ मास्को नगर संगठनका उपाध्यक्ष भ्लादिमिर सिल्किनबाट आसन ग्रहण गरिएपछि सम्मेलनको संयोजकको हैसियतले मलाई सभाकक्षमा उपस्थित सबैको परिचय दिंदै हार्दिक स्वागत गर्ने सौभाग्य प्राप्त भएको थियो ।
खैज्ञानिक–साहित्यिक सम्मेलन सञ्चालन गर्दै ताच्याना शाउम्यानले रूसमा नेपालको इतिहास (इल्या रेद्को), भूगोल (दिमित्री कोस्तिन्स्की), अर्थतन्त्र (गेन्नाडी याकोभ्लेभ), भाषा (निकोलाइ कोरोल्योभ), साहित्य (ल्युदमिला आगानिना), संस्कृति (एभेलिना गानेभ्स्काया), नृवंशविज्ञान (अलेक्सान्द्र लेदकोभ) आदि नेपालको विभिन्न क्षेत्रको अध्ययन गर्ने दिवंगत नेपालविदरहरुको स्मरण गर्नुका साथै नेपाली राजदूतावासमा वेलावेलामा आयोजना गरिने यस प्रकारको सम्मेलनमा रूसमा नेपालविद्याको अतीत र वर्तमानबारे विचारको आदनप्रदानबाट लेखसंकलन र पुस्तकको प्रकाशन हुँदै आइरहेको र भविष्यमा पनि सिर्जनात्मक उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।
रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष पूरा हुने सन्दर्भमा नेपालको अध्ययनमा संलग्न विद्वान्हरूको सम्मेलन आयोजना गरिनु निकै सान्दर्भिक भएको चर्चा गर्दै रूसमा नेपालबारे जानकारी दिने कार्यमा संलग्न सबै विद्वान् तथा सामाजिक कार्यकर्ताहरूलाई नेपाली राजदूतावासमा स्वागत गर्न पाइएकोमा हर्ष प्रकट गर्नुहुँदै सम्मेलनको सफलताको कामना गर्नुभयो ।
रूस–नेपाल सहयोग तथा मैत्री समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभको मन्तव्यमा मैत्री समाजका क्रियाशील सदस्य रहेका कतिपय सोभियत नेपालविद्हरूसंग व्यक्तिगत रूपमा परिचित हुने मौका पाइएको सम्झना गर्दै यस प्रकारको वैज्ञानिक सम्मेलन वेला वेलामा भइरहनु जरुरी छ भनी जोड दिइएको थियो ।
गैरआवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषद्का पूर्वअध्यक्ष श्री जीवा लामिछानेले आप्mनो मन्तव्यमा संसारका ७१ देशहरूमा रहेका ४० लाख नेपालीहरूलाई एकबद्ध पार्ने यस संस्थाको एउटा उद्देश्य सांस्कृतिक आदानप्रदानमा योगदान पु¥याउनु पनि हो भन्नुहुँदै आफ्नो अस्तित्वको १२ वर्षभित्र यस संस्थाबाट गरिएका सिर्जनात्मक कार्यहरूको संक्षेपमा जानकारी दिनुभएको थियो । स्मरण रहोस्, हालै उहाँको संयोजकत्वमा गैरआवासीय नेपाली संघ तथा नेपाल प्रज्ञा–प्रतिष्ठानबीच सहकार्यको फलस्वरूप ‘नेपाली डायस्पोराका कविता’ शीर्षकमा द्विभाषिक (नेपाली–अंग्रेजी) कवितासङ्ग्रह (सन् २०१५) प्रकाशित भएको छ ।
प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रकी विदुषी ताच्याना जागोरोदनिकोभाले सम्मेलनको मुख्य कार्यपत्र पेश गर्दै इभान मिनाएभको जन्मथलो ताम्बोभ नगरमा उनले ष्शिा हासिल गरेको विमनेजियम (कलेज) मा उनको मुखाकृतिअङ्कित शिलापत्र राखिएको र जर्मनीमा संस्कृत, पाली आदि पुर्वेली भाषाको अध्ययन गरी सेन्टपिटर्सबुर्ग विश्वविद्यालयमा तुलनात्मक भाषाविज्ञानको प्राध्यापकको रुपमा कार्यरत रही भारत, नेपाल, श्रलिङ्का, बर्मा (म्यानमार) आदि देशहरूको अध्ययाभ्रमणको क्रममा कुमाउनी दन्त्यकथाहरुको संकलन गर्नुका साथै काठमाडौं उपत्यकाको यात्राकालमा नेवारी (नेपालभाषा) को शब्दकोष समेत तैयार पारेको जस्ता रोचक बर्णनसहित विख्यात रूसी प्राच्यविदको व्यक्तित्व र कृतित्वबारे संक्षेपमा प्रकाश पारेकी थिइन् । स्मरण रहोस्, इभान मिनाएभले जङ्गबहादुरको प्रधानमन्त्रित्वकाल (सन् १८१७) मा नेपालको यात्रा गरेर फर्केपछि रुसका पत्रपत्रिकाहरुमा नेपालबारे यात्रावर्णन, नेवारी गीत र कथाको अनुवाद, बौद्धग्रन्थहरुको अनुवाद प्रकशित गरी रूसमा नेपालविद्याको जग हालेका थिए ।
सम्मेलनमा साहित्यसम्बन्धी दोस्रो चरणको शुभारम्भ गर्दै रूस लेखक संघ मास्को नगर संगठनका उपाध्यक्ष भ्लादिमिर सिल्किनले रूसी भाषामा अनूदित नेपालको ‘राष्ट्रगान’ को पाठ गरेका थिए भने मास्कोकी कवयित्री ल्युदमिला आभ्देएभा तथा रियाजान नगरबाट सम्मेलनमा भाग लिन आएकी कवयित्री ल्युदमिला साल्तिकोभाले मिनाएभसम्बन्धी स्वरचित र अनूदित कविताहरू पाठ गरेका थिए । रूसी भाषामा पढिएको यसै पंक्तिकारको मिनाएभसम्बन्धी ‘समर्पण’ कविता नेपाली पाठकवृन्दका निम्ति यहाँ तल प्रस्तुत गर्न चाहन्छु । रूसमा प्राच्यविद्याका एक स्तम्भ थिए उनी,
गरे नेपालको यात्रा सम्बन्ध–सेतु नै बनी ।।
पाभ्लोभिच बन्यो पितृनाम, मिनाएभ थर ।
इभान उनको नाम, रूस हो उनको घर ।।
विश्वविख्यात अध्येता बुद्धदर्शनका उनी,
विज्ञ संस्कृत, पालीका, बोल्थे हिन्दी, कुमाउनी ।।
पाण्डुलिपि बनाएथे नेवारी शब्दकोषको,
अनुवाद गरे, लेखे ग्रन्थ नै बुद्धधर्मको ।।
पुगे रूसीहरूमध्ये पैले नेपालभूमिमा ।
हाले नेपालविद्याको जग फर्केर रूसमा ।।
पत्रिकाहरुमा रूसी प्रकाशित गरे कृति,
बताए देशवासीमा सच्चा नेपालको स्थिति ।।
कृष्णप्रकाश श्रेष्ठ
सम्मेलनको तेस्रो चरणमा हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघ र विश्व नेपाली साहित्य महासंघ रूस शाखाको संयुक्त प्रयासबाट भानुभक्त आचार्यको २००–यौं जन्मजयन्ती समारोहप्रति समर्पित ७ पुस्तकहरूमध्ये द्विभाषिक (नेपाली र रूसी) पुस्तक ‘लोकको गख्ँ हित् भनी’ र ‘स्वर्गद्वारीको पुल’ का साथै डा. ऋषिकान्त मण्डलको प्रकाशन सहयोगमा रूसी भाषामा प्रकाशित मैथिली साहित्यका हस्ती गोनु झाको ‘कथाकुथुङ्ग्री’ र श्री उत्सवकुमार अमात्यको प्रकाशन सहयोगमा नेपाली भाषामा प्रकाशित कृष्णणप्रकाश श्रेष्ठरचित लेखसङ्ग्रह ‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर’ शीर्षकका पुस्तकहरुको लोकार्पण पहिले नै भइसकेकाले सम्मेलनमा नेपाली भाषामा रूसी विद्वान्–विदुषीहरूको लेखनीबाट निसृत नेपालविषयक प्राज्ञिक लेखसङ्ग्रह ‘रूसमा नेपालको बिम्ब’ (साहित्यानुरागी नेपालीहरुको सहयोगमा प्रकाशित) र नेपालबारे भानुभक्तदेखि आजसम्मका नेपाली कविहरुका कविताहरुको संकलन ‘काव्यमय नेपाल’ (प्रकाशन सहयोग डा. उपेन्द्र महतो) र रूसी भाषामा भानुप्रति समर्पित लेख र काव्य सङ्ग्रह ‘नेपाली वाङ्मयका भानु’ (प्रकाशन सहयोग श्री गोविन्दप्रसाद गौतम) को लोकार्पण गरिएको थियो ।
सम्मेलनको चौथो चरणमा गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष दीनानाथ राजभण्डारीले रुसमा बसोवास गरिरहेका नेपालीहरूको साझा संस्थाको क्रियाकलापबारे चर्चा गर्र्नुका साथै साहित्यको माध्यमबाट रूस र नेपालका जनताहरूबीच मैत्री सम्बन्ध र सद्भावनाको विकासमा योगदान पु¥याउने उद्देश्यले यस संस्थाद्वारा ‘देवकोटा र पुश्किन’ शीर्षकअन्तर्गत मूल र अनुवादसहित ‘मुनामदन’ र जिप्सी’ द्विभाषिक काव्यकृति (सन् २०११) तथा रुसी भाषामा ‘मित्रता र सहयोगको गाँठो’ (सन् २००६) ग्रन्थ प्रकाशित गरिएको उल्लेख गर्नुभयो ।
तत्पश्चात् रूसमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोहप्रति समर्पित पुस्तक प्रकाशनमा सहयोग गर्ने महानुभावहरूको सम्मान गर्ने कार्यक्रमअन्तर्गत् प्रकाशन सहयोगीहरू डा. ऋषिकान्त मण्डल, डा. उपेन्द्र महतो श्री उत्सवकुमार अमात्य, तथा श्री गोविन्दप्रसाद गौतमलाई सम्मानपत्र प्रदान गरियो भने रूसी भाषामा नेपालविषयक पुक्तकहरूका लेखकहरूको सम्मान गर्ने क्रममा नेपालको संगीत, नाट्य तथा संस्कृतिकी वरिष्ठ अध्येता, राजकीय कला–अनुसन्धान संस्थानमा कार्यरत विदुषी ताच्याना मोरोजोभा, ‘ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक’ शीर्षकको ग्रन्थका सहलेखक, इतिहासविद् सेर्गेइ मुर्तुजालिएभ, नेपालको ३ पल्ट यात्रा गर्ने दानेस्तानी कवि रासुल हाम्जातोभका नेपालविषयक दुई काव्यकृति ‘जीवित देवी कुमारी’ तथा ‘जीवनचक्र’ समावेश गरिएको ‘दुई देवताप्रति’ शीर्षकमा त्रिभाषिक (आभार, रूसी तथा नेपाली अनुवादसहित) भव्य सचित्र ग्रन्थ प्रकाशित गर्ने एभ्गेनी कोजोरेजोभ तथा नेपालको अध्ययनका साथै सम्मेलनहरूको आयोजना र पुस्तकहरूको प्रकाशन समेत गर्ने प्राच्यविद्या संस्थान अन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना शाउम्यानलाई राजदूत–दम्पति डा. रविमोहन सापकोटा कोपिला र डा. सुलोचना सापकोटाबाट खादा ओढाई नेपाली टोपी समेत लगाइदिएर गैरआवासीय नेपाली संघ रसिया (अध्यक्ष दीनानाथ राजभण्डारी) तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखा (अध्यक्ष श्री गोविन्दप्रसाद गौतम) को तर्पmबाट सम्मानपत्र प्रदान गरिएको थियो भने सम्मानपत्रको पाठ यी दुवै संस्थाका महासचिव डा. मनमूर्ति भुर्तेलले पढेर सुनाउनुभएको थियो ।
सम्मेलनको पाँचौं चरणमा रूसमा नेपालविद्याको अतीत र वर्तमानबारे अन्तरक्रियाका साथै नेपालविषयक कार्यपत्रहरूको सारसंक्षेप प्रस्तुत गर्ने कार्यक्रम चाहिं समयाभावका कारणले सम्पन्न गर्न सकिएन । विभिन्न रसियाली तथा नेपाली विद्वानहरूबाट तयार पारिएका कार्यपत्रहरू संकलन गरेर लेखसङ्ग्रहको रूपमा प्रकाशनार्थ तैयार पार्ने र प्राच्यविद्या संस्थानमै भविष्यमा नेपालविद्याको स्थितिबारे विचारविमर्श कार्यक्रम सम्पन्न गर्ने निर्णयका साथ वैज्ञानिक–साहित्यिक सम्मेलनको समापन गरियो ।
नेपाली राजदूत–दम्पतिको तर्पmबाट सम्मेलनका सहभागीहरूको सम्मानमा नेपाली परिकारहरूसहितको सन्धाभोजको आयोजना गरिएको थियो ।
रूसमा नेपालविद्याका संस्थापक इभान मिनाएभको मातृभाषामा नै संचालित सम्मेलनमा अनुवादकको भूमिका निर्वाह गर्ने रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, सम्मेलनका लागि इभान मिनाएभको पोष्टर–फोटो तयार पार्ने महासचिव बोरिस भेर्शिनिन, सम्मानपत्र तैयारीको साथै सम्मेलनको व्यवस्थापनसम्बन्धी कार्यमा योगदान पु¥याउने गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका संयुक्त महासचिव डा. मनमूर्ति भुर्तेल, सम्मेलनस्थल उपलब्ध गराउने र सम्मेलनका पाहुनाहरूको आतिथ्य–सत्कार गर्ने नेपाली राजदूतावास परिवार, सम्मेलनका सहभागी रूसी पाहुनाहरूका लागि मीठो नेपाली परिकारहरू तयार पार्ने रवीन्द्रका साथै हिउँ–वर्षाको कारणले हिउँ पग्लिएको हिलो र चिप्लोको समेत पर्वाह नगरी सहर्ष निम्तो स्वीकार गरेर सम्मेलनमा भाग लिने सबै सहभागीहरूप्रति संयोजकको तर्पmबाट हार्दिक कृतज्ञता व्यक्त नर्न चाहन्छु । फोटो सौजन्य : मारिना श्रेष्ठ
दिनाङ्क : २८ जनवरी २०१६ ।
मास्को, रूस महासंघ ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*