राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाऊ

प्रेमबहादुर शाही,
आज देश, राष्ट्रियता र स्वाभिमानको अगाडि गम्भीर संकटमा उम्भीएको छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता कुण्ठित हुदैँ देशको अतित्व नै समाप्त हुने खतरा बढ्दै गएको छ । देशमा नेपालको संविधान वि.स.२०७२ घोषणा भयो, र त्यसको कायान्वयन भएको छैन । संविधान घोषणा भएको भोलिपल्टै विपक्षहरुले संविधानलाई जलाउने काम गरे । संविधानका विरोधीहरुले देशभित्र मात्र नभएर विदेशबाट पनि आन्दोदललाई साथ दिईरेको छन । देशमा संक्रमण काल कायमै रहेको छ । आन्दोलनको सिलसिला अन्र्तगतर देशमा अनेकौं बाहाना–बाजी गरि जातीय राज्य, आत्मनिर्णयको अधिकार र स्वायत्त एक मधेश, एक प्रदेश, बहुराष्ट्रवाद, जातीय अधिकार, जन्मको आधारमा नागरिकता, जनसंख्यालको आधारमा निर्वाचन क्षेत्र, आन्तरिक तथा बाह्य हस्तपेक्षक आदिका कारण नेपाललीको पहिचान नै समाप्त गर्ने तर्फ अझ भन्दाुपर्दा कसैको निर्देशितमा देशमा केही समुह परिचालित भईरहेका छन । आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गराउनको लागि स्वदेशी मात्र नभएर विदेशीको गुहार माग्ने समेतको काम भईरहेको छ ।

आज देश एकात्मक शासनभित्र केही प्रान्तहरु बनाएर राज्य पुर्नःसंचारना गर्न अवको दिनमा “फलामको चिउँरा चपाउँनु सरह हुने छ ।” उदाहरण कै रुपमा लिने हो भन,े हिजो वेलायत र इजिष्टको उपनिवेशिक शानसभित्र रहेको सुडान सन १९६० मा स्वतन्त्र भयो । त्यसपछि तत्काल सुडानको तेल विक्री आम्दानी बाँडफाँड, जातीय÷क्षेत्रीयताको सम्बन्धमा करिव २ दशक लामो द्वन्द्व भयो, त्यो समयमा विना अर्थ २० लाख जानताले ज्यान गुमाएका थिए । अहिलेपनि सुडान जस्तै नेपाल हुने पनि प्रवल संभवनाहरु पनि देखा परेको छ । नेपालको विशिष्टलाई तुलना गर्ने हो भने बहुजातीय, बहुसांस्कृतिक, भौगोलिक विविधता, बहुधार्मिक मुलकु भएको देशमा विभिन्न उत्तश्रंखक नारा दिएर सिङ्गो विशाल देशलाई चिरा÷चिरा पारिदैं छ । यस्तो अवस्थामा देशको अस्थित्व नै समाप्त हुने सम्भवना बढी भएकाले राष्ट्र, राष्ट्रियता र स्वाभिमान बचाउन सवै एक भएर लाग्नु पर्ने छ ।
इतिहास र सम्झौताको अब मुल्यांकन इतिहासमा नेपालका ससाना भुरे÷टाकुरे राज्यहरुलाई पृथ्वीनारायण शाहले जसरी एकीकरण गरी सिङ्गो विशाल नेपाल जसरी निर्माण गरेका थिए अव त्यो सिङ्गो विशाल नेपाल पनि रहने छैन । संविधान जारी भएसँगै देश संघीय लोकतान्त्रित गणतन्त्रमा गएको छ । राज्य पुर्नःसंरचना गरी “सिङ्गो विशाल एउटा नेपाल, भित्र ७ वटा गणराज्यहरुको स्थापना गरिदै छ ।” अहिलेको समयको माग र आवश्यकता भनि राजनीतिक दलहरुले पृथ्वीनारायण शाहले एउटा “स्वतन्त्र विशाल राष्ट नेपाल” को निर्माण गरेका थिए, त्यसको सहि मुल्यांकन हुन सकेन ।

नेताहरुले आफुले जसरी भएपनि चुनाव मात्र जित्ने प्रायत्नको सपना देखि चुनावी प्रचार÷प्रसारमा जादा, देशलाई जातीय राज्य बनाउने, अव हिमाल, पहाड, तराई नभई स्वयत्त एक तराई, एक पहाड हुने उद्घोष गरेका थिए, त्यसैको परिणाम अहिले देखा परेको छ । जातीयता, पहिचान, बाहुलेताको आधारमा राज्य चाहिन्छ भन्ने तत्वहरु सक्रिया बन्दै गएका छन । करिव तीन महिना वितिसक्दा पनि देश गनाग्रस्त बनेको छ । शान्तिपूर्ण भनेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । देशभर ४४ जनाको मृत्यु र करिव ४ सय घाईते भइसकेका छन । घाईतेहरु अस्पाताको शैयावाट भन्दैछन “देशमा शासन फेरियो, शासक फेरिएका छैनन्, त्यहि शासकहरुको दम्बलाई तोड्न खुट्टा नकमाउ नेपालीहरु ।” मधेसको आन्दोलनलाई साथ दिईरकेका एक जना नेता भन्छन “बरु ४४ जनाको फेरी ज्यान गए जाला, स्वयत्त एक मधेस लिएरै छोड्छौं ।” देशमा मानवता, माया, मर्मता, भाईचारा, सद्भाव, नातागोता सवै विस्तारै÷विस्तारै समाप्त हुदै गईरेहेको अवस्था छ । देशमा केही समुहहरु जातीयताको आधारमा र क्षेत्रीयताको आधारमा दंगाको स्वरुपमा देखाईरहेका छन । ती समुहलाई मलजल पुग्ने गरी आन्दोलनकारीहरुले आफ्ना माग पुरा गर्नको लागि वार्ता छलफल गर्नुपर्ने आवश्यकता भएपनि कुनै प्रक्रियामा आईरेका छैनन् । माग सम्बोधन नगरेकै कारण महिनौ÷महिनौसम्म सडकमा निस्की बन्द हडताल गरिरहेका छन । देशको अर्थतन्त्रमा ठुलो गिरावट आईरहेको छ । देशको लाखौं राजश्व गुमेको छ । विभिन्न किसिमका विकास निर्माणका कामहरु थप्प भएका छन । ब्यापार ब्यावसाय चौपट भएको छ ।

तराईमा मधेसीहरुले चलाएको आन्देलनको उचाईसम्म पु¥याउन छिमेकी देश भारसँग गुहार मागेका छन । त्यही गुहारलाई आत्मसाथ गदैं भारतले एउटा भूपरिवेष्ठित देशमा संयुक्त राष्ट्र संघको सन्धीसम्झौता भुली आफ्नो ब्यक्ति गत स्वार्थ सहित आन्दोलनकारीलाई काखमा च्यापी अघोषित नाकाबन्दी गरेको छ । नेपालको गौरवपूर्ण इतिहास बोकेको, प्राकृतिक सांस्कृतिक सम्पदाले भरीपूर्ण सुन्दुर शान्त भूमिमा अन्य देशहरुसँगै भारतले विखण्डन बनाउने प्रयत्नमा लागेको छ । जसरी वेलायती सााम्राज्यवादले भारत लगाएत विश्वको अधिकांश देशहरुलाई आफ्नो मुठ्ठीभित्र पारिरहेको समय थियो त्यसैको देखासिकि गरेर भारतले नेपालप्रति अकल्पनीय नाङ्गो हस्तक्षेपको ब्यवहार आज देखाएको छ । त्यसैले अन्य देशहरु भन्दा नेपालसँग खुला सीमा जोडिएको देश भारतबाट नेपालको राष्ट्रियता र स्वाभिमान गुम्ने सवैभन्दा ठुलो खतरा रहेको छ । भारतीय विस्तारवाद जसरी फर्दाभित्रमा लुकेर नेपालको राष्ट्रियता र स्वाभिमान समाप्त पार्ने काम मा लागेको थियो, आज त्यो सहतहमा देखा परेको छ । जसरी कालापानी, सुस्ता सहित नेपालका सीमाहरुको अतिक्रमण गर्ने, एक पक्षीयरुपमा नेपाल–भारतको सीमावती क्षेत्रमा बाँधहरु निर्माण गर्ने र पिछडिएको भूपरिवेष्ठित देशका हैसियतले नेपालले पाउनु पर्ने सेवा सुविधामा बन्चित गरिएको छ । नेपालीहरु भारतको दूतावासमा पुगी “वरु पेट्रोल चाहिन्छ भने लै जा भारत, हामी हाम्रो स्वाभिमान गुमाउदैनौंं ।” भनेका छन, देशमा पेट्रोलियम पदार्थ लगाएत अतिआश्वकीय सामाग्रीको अभाव छ ।

सिङ्गो देश अहिले चरम संकटमा परेको छ । यो समयमा नेपाललाई सहायोगी हातहरुको आवश्यक परेको छ । सरकारले भारतसँग भएको पेट्रोलियम पर्दाथको सम्झौता तोडि विश्वब्यापी नयाँ ग्लोवल टेन्डर आह्वाहको सूचना निकालेको छ । नेपालले एकपक्ष रुपमा भारतसँग भएको पेटो«लियम पदार्थको सम्झौता तोडेको छ । देशभर पेट्रोलियम पदार्थहरुको हाहाकार भएपछि हिन्दु धर्मालम्बिहरुको नजिकीदंै गरेको महानचाड दसैंमा घटस्थापनाको दिन देखि सार्वजनिक विदा दिने गृह मन्त्रालयले प्रस्ताव अघि सा¥यो, सरकारले सो प्रस्तावलाई अस्वीकार गरिरहेको छ । दसैं शुरुहुनु भन्दा अगावै आ÷आफ्नो घरमा जानकोलागि तयारी गर्नुपर्ने सरकाले उद्धी समेत जारी गरेको छ । देशमा वि.स.२०७२ असोज ३ गते जारी भएको संविधान निर्माणको विषयलाई लिएर भारतले नेपालमा लगाएको अघोषित नाका बन्दीका आफुहरु अन्यामा परेका भन्दै नेपाली जनताको अधिकारलाई हनन गरेको आरोपलगाउदै वि.स.२०७२ असोज २० गते नेपालको तर्फबाट ३३ दलिय मोर्चाले संयुक्त राष्ट्र संघका महासचिव वानकि मूनलाई उजुरी पत्र पठाएका छन । अव संयुक्त राष्ट्र संघले भारतप्रति हेर्ने दृष्टिकोण र सो सन्धीसम्झौतामा उल्लेख भएअनुसारको कारवाई भारतले पाउला की न पाउला ? कि त भारतसँग संयुक्त राष्ट्र संघ पनि घुडाँ टेक्ने छ, वा निर्णायक निर्णय गर्ने छ, त्यो भोलिको दिनले देखाउने छ । संसारका कुनै पनि देशमा एउटै बोलि बोलिने गरेको छ, “अन्यायको लागि न्याय ।” आज नेपाल र नेपाली अन्यायमा परेको छन । त्यसलाई न्याय दिलाउनका लागि सवै लाग्नु आवश्यकता रहेको छ ।

लगानीको प्रलोभनमा वास्तविकाता वाहिरिदैं –

विदेश लगानीवाट देशमा जुन प्रकारले गैरसरकारी संस्था खोलीए त्यपछि देशको स्वतन्त्रता, राष्ट्रियता स्वाभिमानी र अर्थतन्त्रका लागि गम्भीर खतरा उत्पन्न भयो । लगानीको जालो झिजादैं जसरी विदेशीहरु जासूसीहरु स्वस्फुत रुपमा नेपालको वस्तु स्थितिको अध्ययन अवलोकन गर्न पाए, त्यसपछि नेपालको वास्तविकता बाहियो । देशमा आर्थिक र राजनैतिक स्वार्थले प्रेरित भएर आफ्ना विखालु ब्याँसे स्वार्थ राखेर अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई प्रयोगमा ल्याउदै आए त्यसले प्रतिक्रियावादी, सामन्तवादी तत्वहरु जनजाती आदीवासी दलित, महिलावादी तथा आफुलाई बामपन्थी भन्ने तथा कथित क्रान्तिकारी ठुलो बृद्धीजीवीहरुलाई पनि डलरले खरिद गरिहेका छन । सीप विकास, चेतना विकास, सामाजिक सुधार तथा आर्थिक पूर्वधारार विकास गर्ने काम भनि ललाई÷भकाई देशको मामाजिक सद्भावलाई भट्काई रहेका छन । यो नै सवैभन्दा राष्ट्र, राष्ट्रियता र स्वाभीमान माथि भाइरस जस्तै बनेको छ । देशमा गैरसरकारी संस्थाको नामामा सवैभन्दा वढी लगानी गर्ने देश अमेरिका, वेलायत, इटाली, जर्मन, फ्रन्स, नेदरल्याण्ड, क्यानाडा, नर्वे, बेल्जियम, डेनमार्क, जापान, भारत चीन, ब्राजिल, स्वीडेन, बर्मुडा, कोरिया, न्यूजिल्याण्ड र अस्ट्रियाका सवै भन्दी वढी एनजीओहरु देशमा भित्रीएका छन । यीनीहरुले देशको विकास भन्दा फरक देशको वास्तविकताको विस्तृत अध्ययन अवलोक गर्ने गरेका छन । वि.स. १९५० को सन्धी तथा नेपालको जलसम्पदाय सम्बन्धी कैयौं असमान सन्धीहरुका कारण देश नै आज खतरामा परेको छ । संविधान जारी भएसँगै देशमा बढ्दै गएको अनिश्चिता र अन्यौलपूर्ण अवस्थाका कारण विदेशी हस्तक्षेप बढ्दै जाने र भोली देश फिजीकीरण हुने र देश नै असफल राष्ट्र घोषित हुने संभावना छ ।

अन्त्यमा –

देशको आन्तरिक कोलहका कारणले पनि राष्ट्र, राष्ट्रियता, स्वाभिमान ठुलो घनाघोर आँच आईरहेको छ । विदेशी घुसपैठको कारण देशमा संक्रमण काल लम्बिरहकोछ । यहि समयमा देशका सवै राष्ट्रवादी, देशभक्तहरु र आम जनताको उच्चस्तरको सतर्कता तथा एक्यवद्धताद्धारा हाम्रो अगाडि खडा भएको खतराबाट देशलाई बचाउन लाग्नु पर्ने अवस्था आएको छ । त्यो नै देशको लागि महान काम हुने छ । साथै यो अवसर परनिर्भरबाट आत्मनिर्भर बन्ने ठुलो अवसर हो, तसर्थ ब्यक्तिगत स्वार्थ भन्दा मथि उठेर राष्ट्र, राष्ट्रियता, स्वाभिमान बचाउन र देशलाई आत्मनिर्भर बनाउन सवै एकजुट हुन अति आवश्यक छ ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*