लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्ज न टापुमा बसेर संसार डो¥याउने बाटो कोर्छ ।

लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्जन टापुमा बसेर संसार डो¥याउने बाटो कोर्छ ।

– बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’

सन् २०१५ अक्टोवर, नोभेम्वर र डिसेम्वर महिनाभर नेपाली साहित्य आकाशभर एउटा चर्चाले निकै महत्व पायो । त्यो हो वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को नियात्रा कृति नमेटिएका चित्रहरूले ‘अन्तर्राष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार, २०१५’ पाउन सफल भएको प्रसङ्ग । अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाले सन् २०१३ र २०१४ मा विश्वभरबाट प्रकाशित पुस्तकहरूमध्येबाट पुडासैनीको नियात्रा कृतिलाई सर्वोत्कृष्ठ ठह¥यायो र उहाँलाई अमेरिकाको वासिङ्टन डी.सी.मा नोभेम्वर २१ गते एक भव्य समारोहबीच पुरस्कृत र सम्मानित पनि ग¥यो ।

अनेसास अमेरिकाद्वारा गठित ६ वटा उपसमितिको छुट्टाछुट्टै मूल्याङ्कन र साधारण सभाको निर्णयमा पुडासैनीको नियात्राकृतिले १५०० अमेरिकी डलर र आजीवन सदस्यता वापत थप १०० डलर पनि प्राप्त गरेको थियो । पुडासैनीको नियात्रा सङ्ग्रह नमेटिएका चित्रहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभर विक्री वितरण गर्ने जानकारी अनेसास अमेरिकाले एक विज्ञप्तिमा जनाएको छ भने उक्त अङ्ग्रेजी अनुवाद पुस्तकको विक्रीबाट प्राप्त हुने लेखकस्वको पचास प्रतिशत रकम अनेसास अमेरिकालाई नै दिने घोषणा पनि पुरस्कार ग्रहण गर्दानै लेखकले बताइसक्नु भएको छ ।

अहिलेसम्म कुनै विवादमा नआएको ‘अन्तर्राष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार’ पाउन सफल वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ ले पुरस्कार ग्रहण गरेर नेपाल फर्कनु भएको दोस्रो दिन २०७२ मङ्सिर १८ गते नै साहित्यकार बिमला दाहालले उहाँसँग एउटा गहन वार्ता गर्नुभयो ।

विक्रम सम्वत् २०१९ साल जेठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मनु भएका पुडासैनी स्पष्ट वक्ता र हँसिलो स्वभावको हुनुहुन्छ । उहाँका आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, यात्राका प्रेमिल तरङ्गहरू, समयको सहीछाप, मायालु हुम्ला, पहाड र प्रेम, नमेटिएका चित्रहरू र सिमानाका रङ्ग ः सिमानाका तरङ्ग जस्ता कृतिहरू नेपाली साहित्य भण्डारमा अब्बल दर्जाको छाप छोडिरहेछन् । देशका ७२ जिल्लाहरू र संसारका दुई दर्जनभन्दा बढी मुलुकहरूको भ्रमण गरिसक्नु भएको पुडासैनी ‘घुम्दै लेख्दै’ गर्न जन्मनु भएको हो कि जस्तो पनि लाग्दछ । महालेखा परीक्षकको कार्यालयको निर्देशक पदमा कार्यरत रहेता पनि उहाँमा पदीय घमण्ड पटक्कै पाइदैन । प्रस्तुत छ वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’सँग साहित्यकार विमला दाहालले गर्नुभएको कुराकानीको सार सङ्क्षेप— सम्पादक ।

प्रश्न १ : भर्खरै ‘अन्तर्राष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार, २०१५’ लिएर अमेरिकाबाट स्वदेश फर्कनु भएको छ । पुरस्कार पाउनु अघि र पछि कस्ता तरङ्गहरू फैलिए मनमा ?

उत्तर : स्रष्टाको लागि पुरस्कार खुसीको विषय हुनसक्तछ, तर, पुरस्कारकै लागि भनेर सिर्जना गर्नेहरू नगन्य मात्रामा हुन्छन् । मैले कहिल्यै पनि पुरस्कारको लागि भनेर लेखिन । पुरस्कार पाएपछि भने मनमा अझ बढी तुलबुल र अझ बढि जाँगरिलो बन्नु स्वाभाविक नै हो । पुरस्कारले लेखकलाई सामाजिक पहिचान र लेखनमा उर्जा दिन्छ नै ।

लेखन स्रष्टाको धर्म हो । स्रष्टा स्वयं उत्प्रेरित बनेर सिर्जना रच्दछ । उसले रचेका सिर्जना मन पराएर समाजमा उसको सम्मान गरियो र पुरस्कृत गरियो भने स्रष्टालाई आफ्नो बाटोमा बायुपङ्खी घोडाझैँ अघि बढ्ने आँट पलाउँछ । कुपात्रमा सम्मान वा पुरस्कार प¥यो भने समाजमा अझ विकृति फैलन्छ, भ्रष्टहरू स्रष्टाको पगरी गुथ्न थाल्दछन् र बास्तविक स्रष्टाहरू टुलुटुलु हेरेर आफ्नो सिर्जनाकर्ममा लागिरहन्छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाले सन् २०१३ र २०१४ मा विश्वभरबाट प्रकाशित पुस्तकहरू मध्येबाट ‘सर्वोत्कृष्ठ पुस्तक पुरस्कार २०१५’ प्रदान गर्दैछ भन्ने जानकारी मैले मुहार चित्र (फेस बुक) को भित्तोबाट थाहा पाएँ । त्यो प्रतियोगितामा सहभागी हुन मेरो नियात्रा कृति नमेटिएका चित्रहरू पनि अमेरिका पठाएँ, गत वर्ष ।

सन् २०१५ को सेप्टेम्वर ३० तारिखमा फेरी त्यही फेसबुकको भित्तोबाट मेरो पुस्तकले ‘अन्तर्राष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार’ प्राप्त गर्न सफल भएको जानकारी पाउँदा मन जून जस्तै उज्यालो बन्यो । आजसम्म कुनै विवादमा नपरेको त्यो पुरस्कार आफ्नो कृतिले पाउने थाहा पाउँदा अझ उर्जा मिल्यो मलाई । पछि निम्ता प्राप्त भयो । म , मेरी पत्नी पार्वती र छोरा प्रवेश अमेरिकाको वासिङ्टन स्थित टाइसन कर्नरमा रहेको मेरियाट होटलमा पुगेर भव्य समारोहबीच पुरस्कार र सम्मान ग्रहण ग¥यौँ ।

‘सर्वोत्कृष्ठ पुरस्कार, २०१५’ पाएपछि विश्वका धेरै देशहरूबाट चिनेका र नचिनेका मित्रहरूले बधाई र शुभकामनाहरू दिइरहनु भयो । राम्रो कृति रच्न सकियो भने त्यसको प्रतिफल राम्रै पाइदोरहेछ भन्ने पनि लाग्यो । अझै नवीन शैली र विषयका कृतिहरू रच्नु पर्छ भन्ने जिम्मेवारी थपिएजस्तो पनि लागिरहेछ ।

प्रश्न नं. २ : कति मान्छेहरू त तपाईंको सफलतामा ठुस्सिएर भित्रभित्रै जले पनि होलान् नि ?

उत्तर : हो, कतिपय आफन्त भनाउँदाहरूको मेरो यो पुरस्कारले निद्रा हरायो । के पायो, कस्तो पुरस्कार र सम्मान पायो, के कस्ता कृति प्रकाशित ग¥यो भनेर क्षण क्षणमा समाचार र फेसबुकमा ध्यान पु¥याइरहेको तर मसँग भेट्दा केही पनि थाहा नपाएजस्तो गर्ने आफन्तहरू धेरै भेटेको छु मैले ।

पद र पैसा भएपछि बुद्धि पनि पलाउँछ भन्नेहरूले मेरा कृतिहरू लुकि लुकि पढ्ने तर भेटमा मेरो बारेमा केही थाहा नपाएजस्तो गर्नेहरू पनि धेरै देखेको छु मैले । मेरो तेजोबध गर्न आफ्ना हनुमान र गणेशहरूलाई साहित्यकारको पगरी गुथाउन तम्सनेहरू पनि देखेको छु मैले । एकथरी मेरो अघिल्तिर प्रशंसाको भकारी नै तेस्र्याउँछन् र पछिल्तिर खुँडा र खुकुरीले मेरा सिर्जनाहरू छ्याकछ्याक पार्न रमाउँछन् । तिनीहरू सबै देखेर खुसी लाग्छ मलाई ।

कम से कम तिनीहरूले मेरो रखबारी त गरिरहेछन् । तिनीहरूको मप्रतिको रुष्टता, पीडा, द्वेष र द्वेध चरित्रको कारण म सजग रूपमा सिर्जनाकर्ममा लाग्न सक्तछु । नकारात्मक दृष्टिकोण राखेरै किन नहोस् हर्दम मेरो चासोमै दिमाग खर्चने ति विचराहरू पनि मेरा आफन्त र मित्रहरू नै हुन् नि बहिनी ।

प्रश्न नं. ३ तपाईं काठमाडौँको जितपुरफेदीमा जन्मनु भयो र त्यहीँ बालककाल बिताउनु भयो । अहिले ग्वङ्गःबुँ, नयाँबसपार्कमा बस्दै सरकारी सेवा र साहित्यकर्ममा लागिरहनु भएको छ । भोलि कता पुग्नु हुन्छ होला ? बसोवासको त केही ठेगान हुँदोरहेनछ हगि ?

उत्तर : जीवन भनेकै अनिश्चयी क्षणहरूको गति रहेछ । हामीहरू जीवन व्यवस्थित बनाउने लोभमा योजनाहरू त बनाइ टोपल्छौ तर योजना मुताविक त कहाँ चल्छ र जीवन ? जिन्दगीमा अनेकौँ स्थिति र परिस्थितिहरूको सामना गर्न एकै ठाउँमा बसिरहन पाइदोरहेनछ । आगतमा कहाँ पुग्नुपर्छ, कोसँग भेट्नुपर्छ, कोसँग छुट्टिनुपर्छ त्यो कसैलाई थाहा हुँदोरहेछ । पाइला जहाँ टेकियो त्यही पो रहेछ जिन्दगी, आँखाले जे देख्न पाइयो, त्यही पो रहेछ जिन्दगी । अनिश्चयमा बाँच्न पाएर नै रमाइलो बन्दोरहेछ जिन्दगी । तपाईंले भन्नु भएँ झैँ मेरो जन्मस्थल जितपुरफेदीमा मेरो बाल र युवा वय बित्यो । युवा अवस्थाको अन्त्यतिर ग्वङ्गःबुँमा बस्न आइपुगे । जीवन डो¥याउने क्रममा हरेक वर्ष देशभित्रका र देशबाहिरका अनेकौ स्थलको दर्शन गर्ने मौका मिलेको छ । निश्चय गर्न खोज्दा खोज्दै अनिश्चयमै भइरहेछन् ती सबै । मेरो जिन्दगीमा आगामी समय कति बाँकी छ, त्यो मलाई थाहा छैन । बाँकी समयमा कहाँ बास बस्न पुग्न जिन्दगी त्यो पनि थाहा छैन । त्यही थाहा नभएर वर्तमानमा रमाइरहेछ जिन्दगी ।

प्रश्न नं. ४ : साथीहरू पनि फेरिइरहन्छन् हो ?

उत्तर : साथीहरू पनि समय र परिस्थिति अनुसार भेटिने र छुट्टिने रहेछन् । समय र स्वार्थ मिल्नेजेल मात्र नजिक बन्दारहेछन् साथीहरू । समय र स्वार्थ बाझिएपछि टिक्दा रहेनछन् । समयले कुन साथी ल्याइदिन्छ र कुन साथीलाई बिदाइ गर्छ, त्यो भन्न कठिन हुँदोरहेछ ।

प्रश्न नं. ५ : तर, तपाईंका त धेरै साथीहरू देखिन्छन् । धेरै प्रशंसकहरू भेटिन्छन् । यसको रहस्य चाहिँ के होला ?

उत्तर : बहिनी, म हरेक समय र हरेक मान्छेलाई महŒव दिने मान्छे हुँ । हरेक मान्छेमा प्रतिभा र अथाह सागर छ भन्ने दृष्टिकोण राखेर सबैलाई उच्च महŒवको व्यवहार गर्छु र सबैलाई उसको क्षमता उजागर गर्दै अघि बढ्न हौसला थप्छु । म सबैसँग सकारात्मक भएकोले मैले धेरै मित्रहरू कमाएको हुनुपर्छ । फेरी मित्रताको निरन्तरता होस् भन्ने पक्षमा म बढी नै सजग पनि छु ।

प्रश्न नं. ६ : नेपालका धेरै समालोचक र समीक्षकसँग तपाईंको संगत छ । तिनीहरू कस्ता लाग्दछन् ?

उत्तर : नेपालका धेरैजसो समालोचक र समीक्षक भनिएकाहरू वास्तविक समालोचक र समीक्षकहरू नै होइनन् । उनीहरूमा कि त नजानेरै जाने भन्ने दम्भ छ, कि आफ्नै राग अलापेर अरूको खिसिट्युरी गर्नमै समय खर्चिरहन्छन् । आपूm मात्र ज्ञाता अरू आफ्ना समकालिनहरू क्षमताहिन छन् भन्नेमा समय खर्चिन पनि उनीहरू उत्साहित छन् । कृतिको मूल्याङ्कनमा भन्दा व्यक्तिसँगको सम्बन्ध प्रकाश पार्नमा उनीहरूको मूल्याङ्कन केन्द्रित भइरहेको पाइन्छ । विश्वविद्यालयको कक्षाहरूमा पढाउन तयार गरिएका नोटहरूलाई समालोचना र समीक्षा भन्ठानेर दोहो¥याइरहनेहरू पनि कम छैनन् । केही यस्ता समीक्षक समालोचकहरू छन् जो अरूको भजन र पत्रम पुष्पम्को वास्ता गर्दैनन् र अध्ययनको निचोडको कुरा लेख्छन्, सञ्चारमाध्यम र समाज तिनीहरूको गुणवत्तालाई वास्तै गर्दैनन् ।

प्रश्न नं. ७ : तपाईंलाई आफ्ना सिर्जनाहरू अरूकासँग जोडिएजस्तो लाग्दछ ?

उत्तर : संसारमा यति धेरै मान्छेहरू छन् तर मेरो अनुहार, विचार र परिस्थिति सबैभन्दा फरक छ । त्यसैले मैले लेख्ने सिर्जनाहरू पनि अरूको भन्दा फरक हुनुपर्दछ । अरूको आग्रहमा मैले लेखेको वा नलेखेको होइन, मेरै खुसीमा लेखिएको हो । मैले लेख्नुको अर्थ जीवन र जगत्का नौला रहस्यहरू उधिनेर जीवन र जगत्लाई नयाँ प्रदेशमा सुगम ढङ्गले प्रवेश गराउनु पनि हो । मैले अरूले देखाएको भन्दा फरक र सुगम बाटो देखाउनु पर्छ भन्ने पनि मेरो अभिप्राय हो । त्यसको लागि अरूसँग नजोडिएका फरक सिर्जनाहरू गर्ने अभियानमा म छु ।

प्रश्न नं. ८ : लेख्नुमा आनन्द छ कि पीडा ?

उत्तर : जीवन र जगत्का अनेकौँ सिर्जनाबाट लेखकले आनन्द प्राप्त गर्दछ । त्यो जोखिम र सङ्कट लेखक आफैले निम्त्याएको हुनाले उ हरेक पीडाहरूमा पनि आनन्दकै अनुभूति गरिरहेको हुन्छ । कवि रोवर्ट फ्रस्टले ‘करले कोही कवि हुँदैन’ भनेझैँ र लेखक ग्याब्रियल गार्सिया मार्खेजले ‘लेखक डुब्दै गरेको जहाजको नाविक जस्तै हो’ भनेझैँ प्रसव पीडा भोगेर नयाँ अनुहार जन्माउँछ लेखकले ।

समाज लेखकको मर्म बुझ्दैन । आफ्नै लहर र लहैलहैमा पछि लागेर हिँडिरहोस् लेखक भन्ठान्छ समाजले । तर, लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्जन टापुमा बसेर संसार डो¥याउने बाटोको रूपरेखा कोर्छ ।

प्रश्न नं. ९ : तपाईं यतिखेर लेखनको शिखर चढ्दैहुनुहुन्छ । एउटा आरोही चुली चढ्दैछ, शिखर नजिक पुग्दैछ, शिखरमा पुगेपछि के गर्छ ?

उत्तर : शिखर चढ्नेहरू प्रायः ओर्लन्छन् । शिखर चढिसकेपछि ओर्लेर चुपचाप बस्नुको कुनै अर्थ छैन । संसारमा शृङ्खलाहरूको अभाव पनि त छैन । एउटा शिखर चढेपछि फेरि अर्को शिखर चढ्नु लेखकीय र मानवीय सार्थकता हो । एउटा शिखर चढेर तृप्त हुने पक्षमा छैन म । शिखर चढ्दा चढ्दै र शिखरमा पुगेपछि नयाँ शिखरहरू चढ्ने बाटाहरूमा अघि बढिहाल्नुपर्छ भन्ने पक्षमा छु म । चढ्न जान्नेको लागि एउटै मात्र अन्तिम गन्तव्य र एउटै मात्र शिखर छैन संसारमा ।

प्रश्न नं. १० : यता केहीवर्षदेखि तपाईंका निबन्ध र नियात्राहरूको शुरुमा ‘सूत्रवाक्य’ प्रयोग भएको हामी पाउँछौ, त्यसो किन गर्नुभएको होला ?

उत्तर : कुनै न कुनै सूत्रमै झुण्डिएर अघि बढिरहेछ जीवन । विचार, दर्शन र संस्कृति जे भन्नुहोस् त्यो पनि कुनै न कुनै सूत्र नै हो । मान्छेको शरीरमा पनि प्राण एउटा सूत्रको रूपमा रहेको छ र मेरुदण्डले एउटा सूत्रको रूपमा ठडिएर हिँड्न मद्धत गरिरहेछ । मान्छेको अनुहार र व्यवहार पहिलो सूत्र हो मान्छेको आंकलन गर्ने । सूत्र सार पनि हो । सारबाट विस्तारमा लाग्दा संसार बुझ्न सजिलो हुन्छ भनेर मेरा निबन्ध र नियात्राहरू सूत्रवाक्यबाट शुरु गर्ने गरेको हुँ ।

प्रश्न नं. ११ : प्रेम गर्न सजिलो छ तर टिकाइरहन गाह्रो छ भन्छन् नि, साँचो हो यो कुरा ?

उत्तर : प्रेम आपसी समझदारी हो, विश्वास हो र समर्पण पनि हो । प्रेम गर्न त्यति सजिलो छैन, जत्ति मान्छेहरू भन्दछन् । आपसी भावना मिलेपछि, दुवै पक्षका शर्तहरू दुवैलाई मान्य भएपछि र एकको अर्को प्रति निःस्वार्थ ढङ्गको अनुरण बढेपछि प्रेम हुने हो । धेरैकुरा बुझेपछि र धेरै कुरामा भर विश्वास बढेपछि मात्र प्रेम गरिने भएकोले कयौँ अप्ठ्यारा चरणहरू पार गरेपछि प्रेम गरिन्छ । सानो असमझदारीले, सानो अविश्वासले र सानो दरारले प्रेम चकनाचुर हुन पनि बेर लाग्दैन । एउटी आमाले कयौँ कष्ट सहेर बच्चा जन्माउँछे, हुर्काउँछे । एउटा प्रेमि वा प्रेमिकाले अनेकौँ उल्झन सहेर प्रेमलाई अघि बढाउँछन् । प्रेम नहुने हो भने संसार अघि बढ्दैन । प्रेम छ र त संसारका जस्तोसुकै पीडाहरू पनि गौण बन्छ र प्रेमकै सहारामा अघि बढ्छ मान्छे । प्रेम नहुँदो हो त संसारमा सकारात्मक परिवर्तन भन्नेनै हुँदैनथ्यो । संसारमा राम्रो रीत भन्नेनै चल्दैनथ्यो ।

प्रश्न नं. १२ : लेख्नु भनेर सोच्नु भएको बेलामा लेख्न पाउनु भएन भने के हुन्छ ?

उत्तर : शुरु शुरुमा रहरमा लेखिन्थ्यो । अचेलभरि लेखन एउटा मीठो लत बनिरहेछ, नशा पिउनेको लत जस्तो । जतिसुकै पीडाका कुराहरू लेख्दा पनि लेख्नुमा आनन्द छ । लेख्छु सोचेको बेला अवरोध आइपरे भने एउटा छटपटी चल्छ मनमा, प्रसव वेदनामा छपटाएकी महिला जस्तो । हाम्रो जस्तो देशमा लेखकले स्वतन्त्र बनेर लेखनलाई पेशा बनाउन पाउने अवस्था छैन । ज्यूँने क्रममा अनेकौँ भागमा बाँडिएर थोरै समय मात्र पाइन्छ लेखनको लागि । लेखकले चाहेपछि जे पनि सजिलै लेखिहाल्छ भन्ने सोच्छ समाज । लेखकका कृति पढ्छ तर त्यो कृति तयार गर्न लेखकले त्याग्न परेको रगत पसिनाको मूल्य बुझ्दैन समाज । लेख्ने मुटु बनायो विवाह, ब्रतबन्ध, पास्नी, भोजभत्तेर, रामरउस वा गफ र गथांसाको पछि पछि लागिरहोस् लेखक भन्ने चाहना राख्छ समाज । लेखकको ख्यातीमा आह्रिसले ग्रस्त हुन्छन् शासक र प्रशासकहरू । लेखक एक किसिमको अनुत्पादक काम ठान्नेहरू रेष्टुरेण्टमा रक्सीको प्याला समाएर लेखकको बदख्वाई गर्नेहरू पनि कम छैन समाजमा । लेखकको कृतिलाई बक्र अर्थ लगाएर लेखकलाई खाल्टोमा हाल्न हाकिमको चाकडीमा जुट्ने कर्मचारीहरू पनि प्रशस्तै छन् यो देशमा । लेख्ने सोच बनाएको बेला तगारो उभियो भने घनघोर ऐठन उब्जिन्छ । रातको निद्रा एकातिर पन्छाएर भएपनि लेख्छु म र हलुका पार्छु मन ।

प्रश्न नं. १३ : चलचित्र कत्तिको हेर्नुहुन्छ ?

उत्तर : मन हुँदाहुँदै पनि चलचित्र त्यति धेरै हेर्न भ्याउँदिन । समयलाई बेग्लै ढङ्गले परिभाषित गर्ने अभिप्रायले निर्माण गरिएका चलचित्रहरू प्रायः हेर्छु । पछिल्लो समयमा ‘ओ माइ गड’ नामको हिन्दी चलचित्र हेरेको थिएँ । हलमा गएर चलचित्र नहेरेको त वर्षौ भइसक्यो ।

प्रश्न नं. १४ : तपाईंको पहिलो पुस्तक ‘आफन्तका अनुहारहरू’ ले रगतको भन्दा भावनात्मक नाता ठूलो हुन्छ भन्ने सन्देश दिएको छ । तपाईंको सफलतामा तपाईंका आफन्तहरू कस्तो प्रतिकृया दिन्छन् ?

उत्तर : हो साँच्चै, सम्बन्ध भन्ने कुरा रगतले भन्दा भावनाले नजिक बनाउने रहेछ । मैले माथि नै एउटा प्रश्नको उत्तरमा भनेझैँ मेरो सफलताको चर्चा हुन थालेपछि एकथरि मेरा आफन्तहरू केही पनि थाहा नपाएझैँ मौन बस्छन्, एकथरी कसरी त्यो सफलतालाई बक्र अर्थमा समाजमा प्रचार गर्ने भनेर अघि बढ्दछन् । अर्काथरी भने खुसीले रमाउँछन् र हृदय खोलेर खुसी छर्छन् । एकथरिको लागि भने मेरा सफलता निको नहुने बालतोड घाउ सावित भैदिन्छ ।

प्रश्न नं. १५ : सोक्रेटिशले भनेका छन्— तिमीले असल पत्नी पाए खुशी हुनेछौ, खराब पत्नी पाए दार्शनिक । तपाईं खुसी हुनुहुन्छ कि दार्शनिक बन्दै ?

उत्तर : पार्वती मेरी जीवनसाथी हुन् उनी रुप्से झरना जस्तो कञ्चन र क्षणमै खुसी हुने र क्षणमै रिसाउने बच्चा जस्ती छिन् । घरपरिवार, म र छोराछोरीको खुसीको लागि असाध्यै खटिरहने बानी छ उनमा । मेरा हर रचनाका पहिलो पाठक र पहिलो समीक्षक पनि उनै हुन् । अनेकौँ दुःख र झण्झट सहेर मलाई लेख्ने समय र परिस्थिति मिलाइदिन्छिन् पारुले । सधैँ खुसी दिइरहने र सधैँ माया दिइरहने तिनको बानीले मलाई अझसम्म दार्शनिक बन्ने अवसर दिएकै छैनन् ।

प्रश्न नं. १६ : सपीङ गर्दा खुब बार्गेनिङ गर्नुहुन्छ भन्ने सुनिन्छ नि ?

उत्तर : मेरो अध्ययनको विषय व्यापार र व्यवस्थापन हो । देशमा ठीक ढङ्गले आम्दानी गरिए नगरिएको र सही ढङ्गले खर्च गरिए नगरिएको हेर्ने लेखापरीक्षण मेरो पेशा हो । सीमित स्रोतको माध्यमबाट असीमित आवश्यकताहरू पुरा गरेर अत्युच्च उपलब्धी हाँसिल गर्नुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रो जस्तो देशमा बस्तुको मूल्य निर्धारणमा खास आधारहरू पनि अपनाइएका हुँदैनन् । जसले जति मूल्य असुले पनि त्यसको कतैबाट नियन्त्रण छैन । गलत मूल्यमा उपभोक्तालाई सामान बेच्नु भनेको सरकार, व्यापारी र राजनीतिज्ञहरूमा नालायकीपनले हावी पाउनु हो । हो, त्यही गफलत र काला चलखेलहरूलाई दुरुत्साहन गर्न सपिङ गर्दा म अलि बढि नै बार्गेनिङ गर्छु ।

प्रश्न नं. १७ : इराकी तानाशाह सद्धाम हुसेन र लिबियाका शासक मौउमार गद्धाफी नमारिएका भए संसार के हुन्थ्यो होला ?

उत्तर : हत्या कसैको पनि समाधान होइन । कसैलाई कोही खराब लाग्दैमा उ सबैको लागि खराबनै हुन सक्तैन । मान्छे भन्दा ठूलो विचार हो । विचार बढिरह्यो भने मान्छे सिद्धाउनुको अर्थ छैन । सद्धाम हुसेन र गद्धाफी व्यक्ति हुन् । तिनीहरूलाई मारेर शरीर सिद्धाइयो तर उनीहरूका विचारहरू अझैपनि फैलिरहेछ । बिचारलाई निस्तेज पार्न बिचारनै चाहिन्छ । उनीहरूलाई बाँच्न दिएको भए अझ सजगता, सक्षमता र सम्वृद्धि बढ्न सक्तथ्यो संसारमा । संसार सुन्दर पार्न सुन मात्र भएर पुग्दैन फलाम र ढुङ्गाहरू पनि चाहिन्छ । संसारमा खेर जाने चिज केही पनि सृष्टि भएकै छैन प्रकृतिमा । त्यसैले पनि सद्धाम हुसेन र गद्धाफीको मृत्युदण्ड संसार उज्यालो पार्ने सङ्केत होइन । तिनीहरूलाई मारिएपछि त्यस क्षेत्रमा फैलिएको बितण्डा झन् भयानक बनेको छ ।

प्रश्न नं. १८ : एउटा स्रष्टा भनेको द्रष्टा पनि हो । स्रष्टाले सत्य पत्ता लगाउँनु पर्छ र त्यसलाई प्रकाश पार्नु पनि पर्दछ । तपाईं कुशल चिन्तक र दार्शनिक पनि हुनुहुन्छ । तपाईंको ‘धर्मको ह्याङ्ओभर’ नामको दर्शन विधाको कृति प्रकाशित हुँदैछ भन्ने चर्चा पनि चलिरहेछ । तपाईंको विचारमा परमात्माको अस्तित्व छ कि छैन होला ?

उत्तर : कयौँ मान्छेहरू परमात्मा छ भन्दछन् । काली, देवी, कृष्ण, राम, विष्णु, शिव, भूतप्रेत सबै परमात्माको अंश हो भन्नेहरू पनि छन् । सारा संसारलाई परमात्माको निवास मानेर परमात्मा आफै सर्वव्यापी, सर्वशक्तिमान र त्रिकालदर्शी हुन्छ भन्नेहरू अनेक शास्त्रहरू लेखिरहेछन् । वास्तवमा परमात्मा काल्पनिक कुरा बाहेक केही होइन । हरेक चिजको पछाडि कारण र कर्ता हुन्छ नै । परमात्माले संसारको सृष्टि गरे भन्ने हो भने परमात्माको सृष्टि वा रचना कसले गरेको हो त्यसको जवाफ कसैसँग छैन । यदि संसार आफ्नो रचयिता बिना अस्तित्वमा आउन सक्तैन भने परमात्मा कसरी अस्तित्वमा आउँछ ? परमात्मा स्वयंलाई पूर्ण मानिन्छ । उसलाई के अपूर्णता भएर यो संसार बनायो त्यसको जवाफ पनि छैन ।

यो संसार सूक्ष्म प्रोटोन समूह र अमिवाका छोटोछोटो टुक्राको परिणाम हो भन्ने पुष्टि भइसकेको छ । भूगर्भशास्त्र –जिओलोजी) को भनाई अनुसार करोडौ वर्ष पूर्व जमिन तातो र तरल थियो । कुनै प्राकृतिक ग्यासको कारण पृथ्वीको तातो वाफ बनेर उड्यो र पृथ्वीको तरलता समाप्त भयो । पृथ्वीमा शीतलता छाएपछि मानव जीवनको प्रारम्भ भयो । परमात्मालाई सर्वशक्तिमान र बुद्धिमान भनिन्छ तर भूकम्प, वर्षा र मौसमका कारण कयौँ विपत्ति आउँदा परमात्मा किन केही गर्न सक्तैन ? यदि परमात्मा बुद्धिमान र विवेकी हो र उसले सबै काम गर्छ भने किन पानीनै पानी भरिएको समुद्रमा फेरी पानी पर्छ ? समुद्रको पानी बाफ बन्छ, बाफ चिशिएर पानी पर्छ भन्ने तथ्य किन लुकाइन्छ परमात्मा भनेर ? बिजुली चम्किनु प्राकृतिक कारणले हो । तर केही मान्छेहरू परमात्माले त्यसो गरेको भन्छन् । बिजुली चम्किदा कयौँको ज्यान जान सक्छ, कयौँको घरबार ध्वस्त हुनसक्छ ।

परमात्मा छ भन्ने हो भने किन यस्तो नकाम गर्छ उसले ? चेरापुँजीका जनता बढी वर्षाले आक्रान्त छन्, मरुभूमिका जनता पानी प्यूँन नपाएर मरिरहेछन् । संसारका पालक परमात्मा हो भने किन त्यस्तो भइरहेछ ? परमात्मा सर्वशक्तिमान हो भने रोग किन लाग्छ मान्छेलाई ? किन पशु र मान्छेको रचना गरियो र हिंस्रक जनावरद्वारा मान्छे मारियो ? परमात्मा मन्दिर, मस्जिद र चर्चहरूमा बस्दछ भनिन्छ तर किन त्यही हुन्छ लुट ? किन त्यहीँ हुन्छ चोरी र व्यभिचार ? किन धर्मको नाममा लडाईँ झगडा गरेर मारिन्छन् बर्षेनी कयौँ मान्छे ? परमात्मा संसारका पालक भन्दछन् भन्नेहरू । तर, किन आफ्नै बच्चाहरूमाथि निर्दयी व्यवहार गरिन्छ र त्यसैले परमात्मा छैन र परमात्माको कारण केही हुने पनि होइन । प्रकृति आफैँले निरन्तर सृष्टि र विनासको क्रम चलाइरहन्छ, त्यसैले लाभ र हानी व्यहोरिरहेछन् प्राणीहरूले । त्यसबाहेक अदृश्य परमेश्वरको कुनै अस्तित्व छैन संसारमा ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*