रोमानियामा रात्रि क्लबमा आगलागी भएको घटनालाई लिएर देशभरी प्रदर्शन, प्रधानमन्त्रीद्वारा राजीनामा

Imagini pentru ponta

बुखारेस्ट, रोमानिया– रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टा नेतृत्वको सरकारले बुधबार राजीनामा गरेको छ ।पोन्टासहित उहाँका मन्त्रीमण्डलका सदस्यले रात्रि क्लबमा आगलागी भएको घटनालाई लिएर यहाँका जनताले देशभरी प्रदर्शन गरेपछि पोन्टा नेतृत्वको सरकारले राजीनामा दिएको हो ।रात्रि क्लबमा आगलागी हुँदा करिब ३० जना मृत्यु भएको थियो भने २०० भन्दा बढी आगलागीमा डढेर घाइते भएका थिए ।

“मैले मेरो सरकारको जनादेशलाई अर्को सरकार गठनका लागि बाटो खुला गरिदिन जनतालाई सुम्पिएको छु,” प्रधानमन्त्री पोन्टाले भन्नुभयो ।मेरो सरकारले नयाँ सरकार गठनका लागि प्रदर्शनकारीको माग अनुसार राजीनामा दिएको छ, आशा छ यसपछि देशमा देखिएका हिंसात्मक गतिविधि नियन्त्रण हुनेछन्, पोन्टाले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ ।

यद्यपि प्रधानमन्त्री पोन्टाले आफ्नो सरकारले अर्को नयाँ सरकार गठन नहुँदासम्म सम्पूर्ण जिम्मेवारी सम्हाली रहने पनि वक्तव्यमा बताइएको छ ।यससँगै अब रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले नयाँ सरकारका प्रधानमन्त्रीको नाम सिफारिस गर्नु हुनेछ ।

यदि दुई पटकसम्म आह्वान गर्दा पनि कसैको नाम नआएमा संसदीय निर्वाचनको आह्वान हुनेछ ।गएको शुक्रबार राति एक नयाँ गीती एल्बम विमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए ।क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । सो एल्बम विमोचनको लागि करिब १ हजार व्यक्तिको सहभागिता रहेको थियो ।

Imagini pentru clubul colectiv    Imagini pentru incendiu in club bucuresti

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*