विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित

२०७२ कार्तिक ११ गते । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ ।बुधबार व्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ३ सय २७ मत पाउनुभयो । यसैगरी, कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाउनुभयो ।औपचारिक रुपमा भने मतपरिणाम घोषणा गर्न बाँकी छ ।सत्तारुढ दलका सांसद भण्डारीका पक्षमा भएका कारण उहाँ निर्वाचित हुने पक्कापक्की नै थियो ।नेपालको महिला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । उहाँ जननेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*