शेष घलेको संघर्षको कथा

काठमाडौँ, २८ असोज– धनाढ्य अष्ट्रेलियनको सूचीमा शेष घलेको नाम पनि अग्रपंक्तिमा आउँछ । सन् २०१३ मा उनी अष्ट्रेलियन धनाढ्यको सूचीमा १ सय ८० औँ स्थानमा थिए । सन् २०१५ मा आएर उनी ९९ औँ स्थानमा उक्लिएका छन् । २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा परेका हुन् । यस्तो छ उनको संघर्षको कथा । उनी आफैले यसरी सुनाए आफ्नो संघर्षको कथा ।

मेलबर्नको चौकाचौधमा पनि उनले रमाइलो घले वस्ती नाङी बिर्सेका छैनन् । बर्सेनि धनाढ्य अष्ट्रेलियनमा सूचीकृत हुँदा पनि गाउँबेसी, रोपाई, भेंडीगोठका कुरा ताजै छन् । लमजुङको रमाइलो घले वस्तीमा २०१४ सालमा सामान्य किसान परिवारमा उनी जन्मिए ।

दुई छोरामा जेठो उनी, एक दिदी दुई बहिनी । ‘बुवा पात्रोसम्म हेर्न सक्ने साक्षर तर शिक्षामा एकदम सचेत,’ उनी भन्छन्, ‘छोराछोरीलाई पढ्न प्रेरित गर्ने ।’ ४० घर धूरीको सानो गाउँमा रहेको प्राइमरी स्कुलमा ७ वर्षको उमेरमा भर्ना भएका थिए । बज्यै ९हजुरआमा० उनलाई डो¥याउदै स्कुल लिएर जान्थिन । बज्यै फर्केपछि उनी फर्किन्थे । ‘बज्यै लट्ठी टेक्दै घरतिर फर्किदा म उहाँले नदेख्ने गरी पछिपछि फर्किरहेको हुन्थें,’ उनी सम्झिन्छन् । एकदिन घरमा यो कुरा थाहा भयो । अब बज्यै, नातिको कक्षा नसिद्धिउन्जेल स्कुलमै धर्ना कस्न थाल्नु भयो । अनि उनको पढ्ने बानी बस्यो । बानी पर्न मात्र गाह्रो भएको थियो, परेपछि उनी पढाईमा रत्तिए । कक्षामा फस्र्ट, सेकेण्ड हुन थाले ।

गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि मिडिल स्कुल पढ्न टाढा जानुपथ्र्यो । तर सानै भएकाले आमा उनलाई टाढा पठाउन तयार हुनु भएन । तर एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । त्यसपछि सात कक्षा पढ्न टाढाको दूराडाँडा जाने भए । दूराडाँडा जान घर छाडेको दिन उनी अहिलेपनि घरीघरी सम्झिन्छन् । ‘कतै नगएको म घर छाडेर टाढा जान पर्दा ग्वाँ–ग्वाँ रोएको थिएँ,’ उनी सम्झिन्छन्, ‘घर देखुन्जेल फर्कि फर्कि हेर्दै दूराडाँडातिर लागियो ।’ घले नै घलेले बनेको उनको गाउँ । आफ्नै भाषा र संस्कृति । बाहुनबहुल मिश्रीत वस्तीको दूराडाँडामा  सुरुमा ‘एडजस्ट’ हुन गाह्रो प¥यो उनलाई । दूराडाँडामा उनी भर्ना भएको स्कुल २००९ सालमै हाइस्कुल भइसकेको थियो । गाउँमा एमए पास गरेका एक से एक थिए । उनी नेपाली पनि प्रष्ट बोल्न नजान्ने । ‘विदेश नगएको नेपाली एकैचोटी विकसित देशमा पुगे जस्तो भएको थियो,’ उनी भन्छन् । क्रमशः घुलमिल हुदै गएँ, नेपाली भाषमा पकड दह्रो हुदै गयो । संस्कृति बुझ्दै गएँ । पढाईमा उनी सुरुदेखि नै राम्रा थिए । तर उनीभन्दा अव्वल साथीहरु पनि थिए । तर ति गाउँतिरै हराए–बरालिए ।

‘तिनको बुवाआमा मेरा जस्तै पढाईमा सचेत भइदिएका भए धेरै उन्नती गर्ने थिए भन्ने उनलाई लाग्छ । दूराडाँडामा शेषसहित ४–५ जना डेरा लिएर बस्थे । खानको लागि चामल, दाल, नून, तेल घरबाटै आउथ्यो । आफै पकाएर खानुपथ्र्यो । वर्षा, जाडोको छुट्टीमा एकदिन पुरै हिंडेर घर आउँथे । वर्षे छुट्टीमा रोपाईमा सघाउँथे । रोपाई पहाडको गाउँको जीवन शैली अन्यत्रभन्दा फरक खालको हुन्छ । डाँडामा घर हुन्छ, बेसीमा खेती । वर्षा लागेपछि रोपाई गर्न सबैजना खेतमा जान्छन् । गोठमै बसोवास हुन्छ । भदौ लागेपछि गाउँ फर्किने तिहारपछि फेरी बेसी जाडोमा न्यानो हुने भएकाले बेसीमा बास । गर्मी सुरु भएपछि गाउँ अनि वर्षायाममा फेरी बेसी । वर्षायाममा छुट्टी हुने भएकाले दुई महिनाजति रोपाईमा व्यस्त हुन्थे । अरु बेलामा घाँस दाउरा गर्न स्वेच्छिक थियो । मन लागे गयो, नलागे कर हुन्नथ्यो । बाल्यकालमा गाउँमा यस्तै ढुंगा हानेर खेल्थे । ‘गुच्चा पनि बजार नजिकका भुराभुरीले मात्र खेल्न पाउँथे,’ उनी भन्दै थिए, ‘हाम्रो गाउँतिर गुच्चा किन्न पाइन्थेन ।’  तर अलि ठूलो भएपछि भलिबल खेलेको उनलाई याद छ ।

२०३० सालमा दूराडाँडाबाट एसएलसी दिनेमा उनी पनि थिए । स्कुल राम्रो भएपनि फस्र्ट डिभिजन कसैले ल्याउन सकेको थिएन । तर त्यही वर्ष उनीसहित तीनजनाले फस्र्ट डिभिजनमा पास गर्दा जिल्लामै हल्लीखल्ली भएको थियो । तर एसएलसी पास भएकै वर्ष कलेज जान पाएनन्, छिमेकी गाउँमा पढाउन थाले । सानैमा घर छाडेर पढ्न गएकाले आफ्नो संस्कृतिका कुरा धेरै थाहा थिएन । ‘मैंले एक वर्ष गाउमा पढाउँदा रोदीघर लगायतका आफना संस्कृति बुझने मौका पाएँ,’ अहिले सम्झिदा उनलाई त्यो  एक वर्ष खेर गएन, बरु उपलब्धीमुलक भयो भन्ने लाग्छ । स्कुलमा नाटक गर्ने, कविता गीत रचना गर्ने जस्ता सिर्जनात्मक काममा पनि उत्तिकै सक्रिय थिए । तर उनीसँगै फस्र्ट डिभिजनमा पास भएका दुई साथी कलेज पढ्न सहर गइसकेका थिए । यसैले उनी पनि अर्को वर्ष पढ्न काठमाडौं हान्निए ।

एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ । पढ्नमा अव्वल उनले पुल्चोक इन्जिनियरिङमा नाम निकाले । कलेजमा पनि छात्रवृत्ति भेटाएपछि होस्टेलमा बस्न पाए । त्यतिबेला तत्कालिन सोभियत संघमा इन्जिनियरिङ पढ्ने मौका पाइन्थ्यो । सोभियत संघमा इन्जिनियरिङलाई अर्जुन दृष्टि बनाएर उनी मेहनत गर्न थाले । प्रमाणपत्र पास गरेपछि लामोसाँघु–जिरी सडक निर्माण परियोजनामा एक वर्ष जागिर खाएका थिए, उनले । २० वर्षकै उमेरमा छिमेकी गाउँकी जमुनासँग विहे भयो

छात्रवृत्ति पाएपछि १९७९ मा उनी तत्कालिन सोभियत संघ पुगेका थिए । पढ्दा पढ्दै दूर्घटनामा खुट्टा भाँच्चिएर १८ महिना अस्पतालमा गुजार्न परेपछि उनलाई इन्जिनियरिङ सिध्याउन ७ वर्षभन्दा बढी लाग्यो । ‘खुट्टा ठिक नभएको देख्दा खुट्टा काटिन्छ कि जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘डिप्रेसनपनि भएको थियो ।’ हाइवे इन्जिनियर बनेर १९८७ मा स्वदेश फिरेका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले । सबै कुरा ठिकठाक चलिरहेको थियो । जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक–सचिव पनि हुनसक्थे । तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो । एभरेष्ट होटलमा एजुकेशन फेयर हेर्न उनी गएका थिए । अष्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो । मेलबर्नको ठूलो तस्वीर टाँगिएको थियो । जोडेको जग्गा जमिन बेचेर उनले मेलवर्न जान आवेदन गरे।

मेलबर्नमा उनी साताको सातै दिन काम गर्थे,  कलेजमा पनि नियमित विद्यार्थी  थिए । एमबिए गरेपछि अलि राम्रै काम पाए । तैपनि उनी थप कमाईका लागि फलफूल टिप्न टाढासम्म पुग्थे । सन १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरुलाई परमानेन्ट रेसिडेन्ट दिने योजना ल्यायो । उनी सजिलै पिआर भइहाले । दिनरात मेहनत गरिरहेका उनले सन २००२ मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायीको सिंढी उक्लिन थालेको उनी बताउँछन ।

http://dcnepal.com/

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*