शेष घले पुन: एनआरएनए अध्यक्षमा निर्वाचित

shesh

गैर-आवाशीय नेपाली संघको केन्द्रीय अध्यक्षमा पुन: शेष घले बिजयी भएका छन | काठमांडूमा यहि अक्टोबर १४-१७ सम्म भईरहेको बिश्वसम्मेलन मार्फत निर्वाचन मा बिजयी हासिल गरेका हुन | बिहिबार सोल्टी होटेलमा भएको निर्वाचनमा प्रतिद्वन्दी टि.बि कार्की लाइ ६०१ मतान्तरले जित हातपारेका हुन |

यसै गरि उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१२ मत पाएका छन् । महासचिवमा वद्री केसी निर्वाचित भए । उनले ५५५ पाएका छन् । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९३) मत सहित निर्वाचित भएका छन् ।यस्तै युवा संयोजकमा विजय पोखरेल,उपसंयोजकमा लोकराज शर्मा, महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधानले बिजय हासिल गरेका हुन ।

क्षेत्रीय संयोजकमा अमेरिकामा सेनाम लामा,उपसंयोजक आङ छिरिग शेर्पा, एसिया प्यासिफक किरण विक्रम थापा,संयोजक र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ आएका छन |

——————————————————————————-

गैरआवासीय नेपाली संघ (एनआरएन) को सातौं विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शेष घलेलाई अध्यक्षमा विजयी बनाएको छ । नेतृत्व चयनका लागि विहीबार काठमाण्डौँको सोल्टी होटलमा सम्पन्न निर्वाचनमा शेष घले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रत्यासीका लागि यसअघि टि.बी. कार्की र रतन झाले उम्मेरवारी पेश गरेका थिए । तर अन्तिम समयमा आएर रतन झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । झाले अध्यक्षका उम्मेदवार शेष घलेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसपछि टि.बी कार्की र घलेबीच भएको भोटिङमा घले बिजयी भएका हुन् । नेपालमै बनेको बिद्युतीय मेसिनमार्फत गरिएको मतदानको परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार घलेले ८ सय ६७ मत प्राप्त गरेका छन् । कार्कीले भने २ सय ६७ मत प्राप्त गरेका छन् ।

एनआरएनमा एकता र समझदारी कायम राख्न नेतृत्व निर्विरोध चयन गर्नुपर्ने पूर्व अध्यक्षहरुको पहललाई स्वीकार्दै झाले उम्मेदवारी फिर्ता गरेको बताएका थिए । सन् २०१३ मा भएको गैर आवासीय नेपाली संघको निर्वाचनमा ५ सय १० मत प्राप्त गरेर विजयी भएका थिए । उनको कार्यकाल निकै सफल मानिन्छ । घले अष्ट्रेलिया निवासी हु्न् ।

दुई उपाध्यक्षमा भवन भट्ट र कुमार प्रसाद पन्त बिजयी भएका छन् । भट्टले ५ सय ३८ र पन्तले ५ सय १३ मत पाए । त्यस्तै महासचिबमा बद्री केसी ५ सय ५५ मतका साथ विजयी भए । कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सचिवमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएको समितिले जनाएको छ । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९३) निर्वाचित भएका छन् । एनआरएनएको २२ पदका लागि ५९ जनाको उमेद्वारी परेको थियो । अगामि दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।

युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् ।

अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*