चन्द्रबहादुर डाँगीको शव नेपाल ल्याउन किन ढिलाई ?

काठमाडौँ., २२ भदौ– केहीदिन अघि उपचारको क्रममा मृत्यु भएका विश्वकै होचा ब्यक्ति नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भयो । सामाजिक सञ्जालमा खुबै चर्चा पायो । जीवनमा थुप्रै आरोह–अवरोह पार गरिसकेका उनी बिरामी थिए र उपचारार्थ अमेरिका पुगेका थिए । तर विश्वमै नेपालको नाम चिनाएर मर्ने उनलाई हामीले सम्मान गर्नूपर्दछ । उनको जीवनको कहानी अनौठो छ । जीवनका ७३ वर्ष व्यतित गर्दासम्म आफ्नो अस्वाभाविक होचोपनाका कारण अनेकन सास्ति भोगे चन्द्रबहादुर डाँगीले । तर अन्तिम तीन वर्ष होचोपना उनका लागि वरदानजस्तै भइदियो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वकै होचा व्यक्तिको रुपमा नाम लेखाएपछि चन्द्रबहादुरका दिन फेरिएका थिए । तर उनले लामो समय यो सुखानुभुति गर्न पाएनन् । ७६ वर्षको उमेरमा गत शुक्रबार चन्द्रबहादुरको जीवनमा सदाको लागि ग्रहण लाग्यो ।

‘यहाँ त औधि रमाइलो छ । खाइएको छ, बसिएको छ,’ अमेरिकाबाट डाँगीले १० दिनअघि थानेश्वर गुरागाईंलाई नेपालमा फोन गरेर भनेका थिए, ‘अब दशैंमा फर्किन्छु, अनि बेस्मारी बात मारौंला ।’

विश्वकै सबैभन्दा होचा व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाएपछि डाँगी देश–विदेशका कार्यक्रममा लगातार व्यस्त थिए ।

करिब तीन वर्षको अन्तरालमा उनले इटली, अष्ट्रेलिया, जापान, मलेशिया, यूके, रोमानिया, फिजी र अमेरिकन समाओ गरी आठवटा देशहरु भ्रमण गर्न भ्याए ।

परिवारको आर्थिक सहारा

विदेश घुम्दा डाँगीको आम्दानी पनि राम्रो भयोे । डाँगीका विदेश भ्रमणहरुको व्यवस्थापन र संयोजन गर्दै आएका गुरागाईका अनुसार तीन वर्षमा गरेका विदेश भ्रमणबाट अनुमानित ४० लाख कमाइ भयो ।

चन्द्रबहादुरको कमाइले उनको परिवारका डेढ दर्जन सदस्यहरु पालिएका थिए । दाङको तुल्सीपुरमा एक टुक्रा घडेरी पनि किनिसकेका थिए उनले ।

निकट भविष्यमा त्यहीँ घर ठड्याउने योजनासहित पैसाको जोगाड भइरहेको थियो । हाल उनको घर दाङको अति विकट पुरान्धारा गाविस–९ रिमखोलामा रहेको छ ।

विदेशमा आयोजना हुने विभिन्न मेला एवम् प्रदर्शनीमा उनलाई शो(पिसका रुपमा राखिन्थ्यो । आगन्तुकहरु टिकट काटेर उनलाई हेर्थे र बोकेर फोटो खिच्थे । उनलाई देखाएर आयोजकले पनि राम्रै फाइदा लिन्थे ।

उनको पछिल्लो भ्रमण फिजी र अमेरिकन सामोआमा संयुक्तरुपमा आयोजना हुने कार्यक्रमका सन्दर्भमा भएको थियो । म्याजिक सर्कस अफ सामोआका रिङमास्टर तुपाई बु्रनो लोयाले उनलाई ६ महिनाका लागि त्यता लगेका थिए । दुबैतर्फ गरी ५ महिनाको २० हजार डलरमा सम्झौता भएको थियो ।

फिजीको कार्यक्रम सकेर उनलाई अमेरिकन आइल्याण्डमा ल्याइएको थियो । उक्त सर्कसमा डाँगीले गर्नुपर्ने अरु केही थिएन । बसिदिए पुग्थ्यो । आगन्तुकहरुले उनलाई हेर्थे, जिस्क्याउँथे र बोकेर फोटो खिच्थे । डाँगी पनि दंग पर्थे ।

६ महिनाको करार अवधिमा ५ महिना बितिसकेको थियो । एक महिनापछि नेपाल फर्किने तयारीमा रहेका डाँगीलाई निमोनिया भएपछि अस्पताल भर्ना गरियो । अस्पतालको आइसीयूमा राखिएका उनको गत गत शुक्रबार मृत्यु भयो ।

७६ वर्षीय डाँगीको उचाइ २१.५ इन्च थियो । अविवाहित डाँगी भन्थे, ‘आफू होचो छु, पछि बच्चा पनि यस्तै होलान् भनेर बिहे नगरेको ।’

पाँच कक्षा पास गरेका उनी नाचगान गर्न र मादल बजाउन सौखिन थिए । थुप्रै देश घुमिसक्दा पनि उनी एक शब्द अंग्रेजी बोल्दैनथे । होचो व्यक्तिका रुपमा विश्व रेडर्कधारी चन्द्रबहादुर डाँगीको शव नेपाल ल्याउने विषयमा परराष्ट्र मन्त्रालय उदासीन देखिएको छ ।

अमेरिकामा शुक्रबार निधन भएका डाँगीको उपचार गर्दा लागेको खर्च अस्पताललाई तिर्न बाँकी रहेकाले परिवारका सदस्यले उनको शब बुझ्न पाएका छैनन् । अस्पताल विदा भएकाले पैसा तिर्न नपाएको आयोजकको भनाइ छ ।

परराष्ट्रका मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले डाँगीको शवको विषयमा केही पनि जानकारी नरहेको बताए । ‘कहाँ छ अहिले उनको शव रु’ अनलाइनखबरकर्मीलाई पोखरेलले उल्टै प्रतिप्रश्न गरे ।

अमेरिकन समाओमा नेपाली कुटनीतिक नियोगको उपस्थिति छैन भने अमेरिकी दूतावासले पनि यसमा कुनै चासो लिएको छैन ।

बिल उठ्यो १७ हजार डलर20150126_165346_resized

१० दिनसम्म अमेरिकन सामोआको पागो पागोमा अवस्थित लिन्डोन बि जोन्सन ट्रपिकल मेडिकल सेन्टरमा राखिएका डाँगीको १७ हजार डलर बिल उठेको छ ।

तर, शनिबारदेखि अस्पताल लगातार तीन दिन बन्द भएकाले बिल तिर्न सकिएको छैन । अस्पतालको बिल तिर्न आयोजक तयार रहेको त्यहाँ रहेका डाँगीका भतिजा दोलखबहादुरलाई उधृत गर्दै थानेश्वर गुरागाईले बताए ।

डाँगीलाई पाँच महिना काम गरेवापतको पैसा आयोजकले भुक्तानी गर्न बाँकी छ । तर, आयोजकले अहिलेसम्म धोका दिने नियत नदेखाएको आफन्तको भनाइ छ । डाँगी अस्पताल गएपछि आयोजकका प्रतिनिधि दिनदिनै अस्पताल गएर उनको हेरविचार गरिहेका थिए ।

रिङ मास्टर ब्रुनीले डाँगीको निधनबाट सर्कस परिवार भावविह्वल बनेको प्रतिक्रिया दिएका छन् । सर्कसका सदस्यहरुले डाँगीलाई ‘प्रिन्स चन्द्र’ भन्ने गर्थे ।

आयोजकले तत्कालै बिल तिरेको खण्डमा मंगलबार ९यहाँको बुधबार० उनको शव अस्पतालले दिनेछ । शवलाई नेपालमा कसरी ल्याउने भन्ने विषयमा चाहिँ अन्योल नै छ ।

अमेरिकन सामोआ भन्ने स्थान एउटा टापु हो, जुन अमेरिकाभन्दा बाहिर पर्छ । त्यहाँको राष्ट्रपति पनि बाराक ओबामा नै भए पनि यो एक स्वतन्त्र क्षेत्र हो ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*