सन् २०१४ का १९ सम्झनाहरु

अर्जुनप्रसाद मैनाली,

न्युयोर्क : रगत दान गर्न शारीरिक रुपमा स्वास्थ्य हुनुका साथै सुद्द आचरण भएको हुनु पर्दछ । रगत दान गर्नेलाई शरीरमा कुनै नोक्सानी नहोस र रगत पाउनेले पनि रगतको माध्यमबाट कुनै रोग नसरोस भन्ने कुरामा बिशेष ध्यान दिइन्छ ।

मैले, बर्ष २०१४ को अबधिमा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसंग ६ पटक होल ब्लड र न्युयोर्कमा १३ पटक प्लेट्लेट्स सहित १९ पटकमा ८,४१० एम एल रगत दान गरेको छु । यो साधारण नेपालीहरुले गर्ने गरेकोभन्दा ४ गुणाबढी हो । यहाँ मैले अरु भन्दा धेरै गरें भन्न खोजेको होइन । यत्तिका रगत दान गर्न सकिदो रहेछ भन्दै अन्यलाई कम से कम १ पटक मात्र भए पनि रगत दान गर्न आब्हान गर्न खोजेको हुँ । उपरोक्त कार्यले अरुलाई पनि रक्तदान गरि असाहयको जीवन बचाउन थप प्रेरणा यसले दिनेछ भन्ने विश्वास लिएको छु ।

नेपाली रक्तदाताहरुलाई हौशला प्रदान गर्न जुन १३ मा न्यु योर्क देखि सिड्नी गएर रगतदान गर्दैछु ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*