स्वास्थ्य/मनोरञ्जन

३ दिनमा पर्व’को करोड कुल (ग्रस) कमाई 

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार फिल्मले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो । बलियो वर्ड अफ माउथका कारण फिल्मले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण फिल्मलाई फाइदा मिलेको निर्माता गिरीले जानकारी […]

“कमलेको बिहे’को गीत सार्बजनिक 

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

नेपाली चलचित्र  ‘कमलेको बिहे’को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो। लोकलयमा निर्माण भएको ‘टाकान टुकुन’ बोलको गीतमा राजनराज सिवाकोटी ,शिखर सन्तोष तथा बाबुल गिरि को रहेको छ l आलेख ,कथा तथा सम्बाद महेश दवाडीको रहेको छ l राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले […]

गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो चर्चा परिचर्चामा

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

नेपाली सांगितिक जगतमा एकदमै चर्चित यूवा गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ l यूटुवमा अपलोड गरेको दुई दिनमै १ लाख ७० हजारभन्दा बढी दर्शकले भिडियो हेरी सकेका छन । यो गीतले खरेललाई पुनः एक पटक चर्चाको शिखरमा पुर्याएको छ । डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार […]

सम्भावना बोकेकी अस्मिता अभिनयमा जम्दै

Posted on in नरापो न्यूज, रोमानिया, स्वास्थ्य/मनोरञ्जन | 0 comments

फागुन ५ –कैलालि जिल्लाको लम्की मा २०५३ सालमा जन्मिएकी अस्मिता लामिछाने पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्सौ देखि मोडलिङ् र अभिनय क्षेत्रमा संघर्सरत मोडल हुन। केही स्टेज कार्यक्रममा डान्स गर्दा गर्दै पछिल्लो समयमा थुप्रै म्यूजिक भिडियो तथा थियटरको नाटकबाट थुप्रै दर्शकको मन जितेर आफुलाइ एब्बल कलाकार को उपनाम पाउन सफल अस्मिता फोटो सुटमा पनि सक्रिय […]

राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाऊ

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

प्रेमबहादुर शाही, आज देश, राष्ट्रियता र स्वाभिमानको अगाडि गम्भीर संकटमा उम्भीएको छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता कुण्ठित हुदैँ देशको अतित्व नै समाप्त हुने खतरा बढ्दै गएको छ । देशमा नेपालको संविधान वि.स.२०७२ घोषणा भयो, र त्यसको कायान्वयन भएको छैन । संविधान घोषणा भएको भोलिपल्टै विपक्षहरुले संविधानलाई जलाउने काम गरे । संविधानका विरोधीहरुले देशभित्र […]

न्युयोर्कको संचार माध्यमले महिलाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

न्यूयोर्क । सन् २००७ देखि अमेरिकामा प्रकाशित विश्वसन्देश साप्ताहिकले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । विश्वसन्देशले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अमेरिकामा बसोबास गर्दै आएकी नेपाली मूलकी प्राशा तुलाधरको फोक्सो प्रत्यारोपणका लागि झण्डै दुई सय दाताहरुबाट संकलित रकम र प्रकाशनको तर्फबाट १ […]

विश्व कीर्तिमानी किसोरी सुन्दरी रोमी घिमिरे

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

विजय थापा ,वाशिंगटन डिसी अहिलेका किशोर तथा किशोरीहरु मध्ये कै उदाउदो कलाकारको नाम लिनु पर्दा ‘मिस टिन -२०१४’ (किसोरी सुन्दरी २०१४ ) रोमी घिमिरेको नाम नलिदा अन्याय नै जस्तो हुन्छ l उनि सानै देखि प्रतिभाशाली हुनुको साथै सिर्जनशील एवं मेहनती थिइन् l बहु प्रतिभाशाली रोमी बिस्तारै सफलताको शिखरको खुड्किलो चढ्दै छिन् l किसोरी सुन्दरी २०१४ […]

अमेरिकामा घर किन्न पत्नीका गर गहना बेच्नु नपर्ने

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

विजय थापा ,वाशिंगटन डिसी , अमेरिकामा बसोबास गर्ने नेपाली मुलका मानिसले केवल घर नै किन्न को लागि जति सुकै बिखर्ची भए पनि धर्मपत्नीका गर गहना बेची घर खरिद गर्दैनन् l नेपालमा बडो दुखले बर्षौ लगाएर आफ्नी श्रीमतीलाई किनी दिएको गर गहना नाथे घर नै किन्न को लागि पुरुष बॆईमान हुदैनन् l बरु आफ्नो थाप्लोमा पशुपति […]

अमेरिका बोलाएका श्रीमानलेनै धोका दिए पछि (म्युजिक भिडियोमा)

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

न्यूयोर्क, अमेरिकामा रहेका नेपालीको पारिवारीक माया प्रेमका बारेमा म्युजिक भिडियो तयार पारिएको छ । चर्चित लोक गायक बिमल डांगीको शब्द र लय तथा श्रीयसी चेम्जोगंको स्वर रहेको सधै तिमीलाई भन्ने गितलाई अमेरिकामा रहेका एक परिवारको सत्य घटनालाई आधार मानेर म्युजिक भिडियो तयार पारिएको छ । बिन्दबासीनी म्युजिकको प्रस्तुती रहेको सधै तिमीलाई चर्चित युवा निर्देशक शुरेस […]

राहत अभियानमा सकृय हुँदै सोलिडारिटी इन्टरनेशनल, थप अभियान सन्चालनको तयारीमा

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल एवम भुटानको सहकार्यमा आठ जिल्लामा चौध वटा भुकम्प राहत अभियान सम्पन्न गरेको छ । सिन्धुपाल्चोकको सिपापोखरेबाट अभियानको सुरुवात गरेको संस्थाले सिन्धुपाल्चोकको तउथली, भोटेचौर, काठमाडौंको थानकोट, काभ्रेको भिन्दाल, भक्तपुरको सिरुटार, ललितपुरको डुकुछाप, ठुला दुर्लुङ, गोर्खाको लग्ङ्दी, नुवाकोटको कुमारी, चौगडा, तलेखु […]

एचडिएनपीको रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

विजय थापा ,वाशिंगटन डिसी अमेरिकामा मुलत घरबार बिहिन तथा अशक्तलाई खाना खुवाउने तथा अन्य सहयोग गर्ने मुख्य उद्देस्य रहेको संस्था एचडिएनपीले टेक्सासको डलसको आर्लिंगटनमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l उक्त रक्तदान कार्यक्रममा त्रैमासिक रुपमा संचालनमा भै रहने कार्यक्रम अन्तर्गत रगतदानको आयोजना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियका संस्थापक देवी आचार्यले […]

अमेरिकामा घरबार बिहिन तथा अशक्तलाई खुवाउने संस्था एचडिएनपीले भूकम्प पिडितको लागि रक्तदान कार्यक्रम

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

विजय थापा ,वाशिंगटन डिसी, विनाशकारी भुकम्पका कारण घाईते भएकाहरूको स्वास्थ्य उपचारमा सहयोग पुराउने उदेश्यले एचडिएनपी (हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल,नेपाल )तथा काठमाडौँको त्रिभुवन बिमान स्थलको प्रवेस द्वारमा संचालनमा रहेको मेरीडिएन सुईट होटलको संयूक्त आयोजनामा वैशाख ४ गते सोमबार रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l उक्त रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रगत दान […]

भूकम्प के हो ? भूकम्पको भविष्यबाणी हुँदैन : नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

-डा. दीपकराज भाट भूकम्प के हो ? भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई […]

सन् २०१४ का १९ सम्झनाहरु

Posted on in नरापो न्यूज, रोमानिया, स्वास्थ्य/मनोरञ्जन | 0 comments

अर्जुनप्रसाद मैनाली, न्युयोर्क : रगत दान गर्न शारीरिक रुपमा स्वास्थ्य हुनुका साथै सुद्द आचरण भएको हुनु पर्दछ । रगत दान गर्नेलाई शरीरमा कुनै नोक्सानी नहोस र रगत पाउनेले पनि रगतको माध्यमबाट कुनै रोग नसरोस भन्ने कुरामा बिशेष ध्यान दिइन्छ । मैले, बर्ष २०१४ को अबधिमा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसंग ६ पटक […]

नेपालमा सडक दुर्घटना हुनुका मुख्य कारणहरू

Posted on in स्वास्थ्य/मनोरञ्जन | 0 comments

मकर श्रेष्ठ, काठमाडौ, नेपालमा सबैभन्दा सहज र सुलभ मार्ग सडक हो । तर यही मार्ग मानिसको ज्यान मार्ने मुख्य कारक तत्त्व बनेको छ । लगातार भइरहेका के-के हुन् ? र, यसमा कसको दोष छ ?नेपाल प्रहरीले तीन वर्षयता गरेको अनुसन्धानअनुसार चालकको लापरबाही, यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, सडकको अवस्था, मापसे, चौपाया, यान्त्रिक गडबडी, ओभरलोड, मौसमको […]